भारतमा अपहरित जनकपुरधामका दुई युवाको शव भेटियो
८ माघ, जनकपुरधाम । दुई साताअघि भारतमा अपहरणमा परेका जनकपुरधामका दुई युवाको शव भेटिएको छ । १३ दिनदेखि सम्पर्कविहीन रहेका जनकपुरधाम उपमहानगरपालिका–८ का २१ वर्षीय रोहित साह र वडा नम्बर १३ का २२ वर्षीय विष्णु साहको शव भारतमा भेटिएको हो ।
मृतक दुबै जना एकै परिवारका हुन् । रोहित विष्णुलाई लिएर भारतको सितामढी जिल्लाको बेला परिहारमा नातेदारको घर गएका थिए । सोही ठाउँमा दुबै अपहरणमा परेका हुन् । भारतीय प्रहरीले भारतको सोही क्षेत्रमा दुई वटा शव फेला पारेपछि आइतबार बिहान मृतक युवकहरुको आफन्तलाई सनाखतका लागि खबर गरेको थियो । मृतक दुबै जनाको शव अहिले भारतको बेला परिहारस्थित स्थित प्रहरी कार्यालयमा राखिएको छ । शव नेपाल प्रहरीलाई बुझाउने तयारी भइरहेको छ ।
आफन्तको घर भारत पुगेका दुबै जना सम्पर्कविहीन भएको केही दिनपछि उनीहरुको परिवारलाई फिरौतीका लागि भारतीय नम्बरबाट फोन आइरहेको थियो । सुरुमा ५० लाख मागेका अपहरणकारीले पछि फिरौती रकम २० लाख मागेका थिए ।
अपहरणकारीहरुले विष्णुको आवाज रेकर्ड गरेर उनको परिवारलाई पठाएको थियो । विष्णुको पारिवारिक सदस्यहरुका अनुसार अपहरणकारीहरुले फिरौतीको रकम लिएर सर्लाहीको मलंगवा नाकामा बोलाएको थियो । तर एकाएक अपहरणकारीको मोबाइलमा सम्पर्क हुन छोडेपछि विष्णुको परिवारमा तनाव बढेको थियो ।
सम्बन्धित समाचार
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- भारतमा ९२ सांसद निलम्बित
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- पशुपतिनाथ मन्दिर आसपास मासु, मदिरा तथा नशालु पदार्थ बिक्री र सेवन गर्न रोक
- एमाले संकल्प यात्राको तेस्रो दिन : आज सिलगढीबाट अछामको यात्रा
- नक्कली भुटानी शरणार्थी मुद्धाको आज अन्तिम फैसला हुने
- आज छठ पर्व, सूर्यको पूजा आराधना गरी मनाइँदै
- मंसिर १४ गतेदेखि एमालेले मध्यपहाडि लोकमार्ग यात्रा विशेष कार्यक्रम गर्ने
- मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी
- जाजरकोट भूकम्प अपडेट : मृतकको संख्या १५४ पुग्यो
- विमानस्थलमै कुटाकुट गर्ने दुई पाइलटको लाइसेन्स निलम्बित
- पक्राउ परे रिगल
Leave a Reply