युएसएआइडी प्रमुख र परराष्ट्रमन्त्रीबीच भेटवार्ता, सहयोग बढाउने प्रतिवद्धता
२४ माघ, काठमाडौं । नेपाल भ्रमणमा रहेकी अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग (युएसएआईडी) की प्रमुख सामन्था पावरले आज (मंगलबार) अपरान्ह परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालसँग भेटवार्ता गरेकी छिन् ।
परराष्ट्र मन्त्रालय सिंहदरबारमा भएको भेटमा नेपाल अमेरिकाबीचको द्विपक्षीय हितका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रीको सचिवालयले जनाएको छ । भेटमा मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) नेपाल कम्प्याक्ट सम्झौता अन्र्तगत परियोजना कार्यान्वयन, जलवायु परिवर्तन, नेपाललाई अति कम विकसित मुलुक (एलडीसी)बाट विकसित मुलुकका रुपमा स्तरउन्नति गरिएपछि प्रदान गरिने सहयोगलगायतमा छलफल भएको थियो ।
त्यस अवसरमा परराष्ट्र मन्त्री पौड्यालले अेमेरिकी सरकारले नेपाललाई गर्दै आएको सहयोगप्रति धन्यवाद दिइन् । पावरले अमेरिकी सरकारका तर्फबाट गरिने सहयोगमा थप वृद्धि गरिने प्रतिवद्धता जनाएकी थिइन् । पावर मंगलबार बिहान नेपाल आएकी हुन् । समान्था पावर सन् २०२१ को मे ३ तारिखयता युएसएआइडीकी प्रमुख छिन् । पावर सन् २०१३ देखि २०१७ सम्म अमेरिकाका तर्फबाट संयुक्त राष्ट्र संघका लागि अमेरिकी स्थायी प्रतिनिधि थिइन् ।
उनी सन् २००९ देखि २०१३ सम्म अमेरिकाको राष्ट्रिय सुरक्षा परिषद्की कर्मचारी भई राष्ट्रपतिका विशेष सहायकका रूपमा र बहुपक्षीय मामिला तथा मानव अधिकारसम्बन्धी वरिष्ठ निर्देशकका रूपमा पनि कार्यरत थिइन्। उनी पूर्व पत्रकार समेत हुन् ।
नेपाल बसाईमा पावरले प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री बिष्णु पौडेलसँग पनि भेट्ने कार्यक्रम छ । उनले आजै नागरिक समाजका केही प्रतिनिधीसंग पनि भेटवार्ता गरिन् ।
सम्बन्धित समाचार
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
- पशुपतिनाथ मन्दिर आसपास मासु, मदिरा तथा नशालु पदार्थ बिक्री र सेवन गर्न रोक
- एमाले संकल्प यात्राको तेस्रो दिन : आज सिलगढीबाट अछामको यात्रा
- नक्कली भुटानी शरणार्थी मुद्धाको आज अन्तिम फैसला हुने
- आज छठ पर्व, सूर्यको पूजा आराधना गरी मनाइँदै
- मंसिर १४ गतेदेखि एमालेले मध्यपहाडि लोकमार्ग यात्रा विशेष कार्यक्रम गर्ने
- भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
- जाजरकोट भूकम्प अपडेट : मृतकको संख्या १५४ पुग्यो
- शिक्षक रुपेश सर्राफ हत्यामा संलग्न ५ जना सार्वजनिक
- प्रधानमन्त्री प्रचण्डसहित शीर्ष नेताहरु एमालेको चियापानमा
- बारामा प्रिन्सिपलको हत्या प्रेमिकाकै ब्वाइफ्रेण्डबाट
Leave a Reply