बम विष्फोटमा रुसी सेनाका प्रमुख ब्लगरको मृत्यु, १६ जना घाइते

२० चैत, काठमाडौं । रुसको सेन्ट पिटर्सबर्गमा भएको बम विष्फोटमा रुसी सेनाका प्रमुख ब्लगरको ज्यान गएको छ । घटनामा १६ जना घाइते भएका छन् । विष्फोटमा रुसी सेनासँग सम्बन्धित जानकारीमा आधारित ब्लग बनाउने भ्लादेन तातारस्कीको ज्यान गएको बीबीसीले जनाएको छ ।
सेन्ट पिटर्सबर्गमा रहेको एक क्याफेमा विस्फोट भएको हो । तातारस्कीलाई रुसी सेनाको प्रमुख ब्लगर मानिन्थ्यो । उनी रुसमा लोकप्रिय थिए । रुसको गृह मन्त्रालयले उनको ज्यान गएको पुष्टि गरेको छ । उनको वास्तविक नाम मेक्सिम फोमिन रहेको जनाइएको छ । उनले युक्रेनमाथि रुसको आक्रमणको समर्थन गर्दै आएका थिए ।
युक्रेनको सीमा क्षेत्रमा उनले रिपोर्टिङ गरेका थिए भने गएको वर्ष उनले बनाएको एउटा भिडियोले निकै चर्चा बटुलेको थियो । भिडियोमा उनले आफूहरुले जोसुकैलाई हराउने दाबी गरेका थिए । रुसी सञ्चारमाध्यमका अनुसार तातारस्कीलाई उपहारमा एउटा बक्स दिइएको थियो । त्यो बक्समा विष्फोटक पदार्थ राखिएकोले विष्फोट भएको दाबी गरिएको छ ।
सामाजिक सञ्जालमा पोष्ट गरिएको भिडियोमा विष्फोट र सडकमा घाइते भएकाहरु देख्न सकिन्छ । घटना कसले गरायो भन्नेबारे अनुसन्धान थालिएको खबरमा उल्लेख छ । एजेन्सी
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
-
नेपालबाट भारतले थप २५१ मेगावाट बिजुली किन्ने
Leave a Reply