बम विष्फोटमा रुसी सेनाका प्रमुख ब्लगरको मृत्यु, १६ जना घाइते
२० चैत, काठमाडौं । रुसको सेन्ट पिटर्सबर्गमा भएको बम विष्फोटमा रुसी सेनाका प्रमुख ब्लगरको ज्यान गएको छ । घटनामा १६ जना घाइते भएका छन् । विष्फोटमा रुसी सेनासँग सम्बन्धित जानकारीमा आधारित ब्लग बनाउने भ्लादेन तातारस्कीको ज्यान गएको बीबीसीले जनाएको छ ।
सेन्ट पिटर्सबर्गमा रहेको एक क्याफेमा विस्फोट भएको हो । तातारस्कीलाई रुसी सेनाको प्रमुख ब्लगर मानिन्थ्यो । उनी रुसमा लोकप्रिय थिए । रुसको गृह मन्त्रालयले उनको ज्यान गएको पुष्टि गरेको छ । उनको वास्तविक नाम मेक्सिम फोमिन रहेको जनाइएको छ । उनले युक्रेनमाथि रुसको आक्रमणको समर्थन गर्दै आएका थिए ।
युक्रेनको सीमा क्षेत्रमा उनले रिपोर्टिङ गरेका थिए भने गएको वर्ष उनले बनाएको एउटा भिडियोले निकै चर्चा बटुलेको थियो । भिडियोमा उनले आफूहरुले जोसुकैलाई हराउने दाबी गरेका थिए । रुसी सञ्चारमाध्यमका अनुसार तातारस्कीलाई उपहारमा एउटा बक्स दिइएको थियो । त्यो बक्समा विष्फोटक पदार्थ राखिएकोले विष्फोट भएको दाबी गरिएको छ ।
सामाजिक सञ्जालमा पोष्ट गरिएको भिडियोमा विष्फोट र सडकमा घाइते भएकाहरु देख्न सकिन्छ । घटना कसले गरायो भन्नेबारे अनुसन्धान थालिएको खबरमा उल्लेख छ । एजेन्सी
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply