१९ बैशाख २०८०, मंगलवार ०८:०६
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
एसीसी प्रिमियर कप : सन्दीप बने सर्वोत्कृष्ट खेलाडी
१९ वैशाख, काठमाडौं । नेपालका स्पिनर सन्दीप लामिछाने एसीसी प्रिमियर लिगको सर्वोत्कृष्ट खेलाडी बनेका छन् । प्रतियोगितामा उत्कृष्ट बलिङसँगै ब्याटबाट समेत उनले नेपाललाई जिताउन योगदान दिएका थिए ।
प्रतियोगितामा सन्दीपले ५ खेल खेल्दै १३ विकेट लिएका छन् । उनी सबैभन्दा बढी विकेट लिने खेलाडीहरूको सूचीमा दोस्रो रहे । उनले कतारविरुद्धको समूहचरणको म्याचमा उत्कृष्ट ब्याटिङ गर्दै नेपाललाई जिताएका थिए ।
सर्वोत्कृष्ट ब्याट्सम्यानको उपाधि यूएईका भृत्य अरविन्दलाई दिइएको छ । उनले प्रतियोगितामा दुईवटा १५० माथिको स्कोरसहित सर्वाधिक रन बनाएका थिए । यसैगरी सर्वोत्कृष्ट बलरको उपाधि ओमानका बिलाल खानले पाएका छन् । उनले प्रतियोगितामा सर्वाधिक १७ विकेट लिएका थिए ।
सम्बन्धित समाचार
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
- कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि सुरु
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- बोलेरोले ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु
- नेकपा एसको सचिवालय बैठक बस्दै, महाधिवेशनको नयाँ मिति तय हुने
- कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन आजदेखि
- भुटानी शरणार्थी प्रकरण: टोपबहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लगि थुनामा राख्ने आदेश सदर
Leave a Reply