४ जेष्ठ २०८०, बिहीबार ०९:२७
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
अर्थतन्त्र सुधारका लागि वित्तीय र मौद्रिक नीतिबीच सामञ्जस्यता कायम गर्छौं : प्रधानमन्त्री
४ जेठ काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रको सुधार सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् । संसदमा बिहीबार भएको प्रश्न उत्तरमा प्रधानमन्त्री प्रचण्डले त्यसको उपाय र कदमहरु चालिएको बताए ।
अर्थतन्त्र सुधारका लागि मौद्रिक नीति र वित्तीय नीति बीच सामञ्जस्यता ल्याउन अर्थमन्त्रालय र राष्ट्र बैंकबीच लगातार छलफल भइरहेको छ, उनले भने, ‘सबै सचेत र इमान्दार पहलले रेमिट्यान्स र विदेशी विनियम सञ्चितिमा उल्लेख्य सुधार भएको छ ।
प्रधानमन्त्री प्रचण्डले सार्वजनिक सेवामा जनताले अनुभूति हुने गरी सुधार भएको दाबी गरे । सरकारले विकास निमार्ण तथा सार्वजनिक सेवा प्रवाहको अनुगमन थप शसक्त बनाएको उनले बताए । जसले राज्यप्रति जनताको विश्वास बढ्दै गएको उनले बताए । यस्तै भूकम्प पीडितको बाँकी किस्ता २०८० असार मसान्तसम्म भुक्तानी हुने उनले बताए ।
सम्बन्धित समाचार
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
- निजगढमा विष्फोट हुँदा एकको मृत्यु, पाँच घाइते
- ९ वर्षीया बालिका बलात्कार गर्ने ८६ वर्षीय वृद्धलाई जन्मकैद
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
- कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि सुरु
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- बोलेरोले ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु
- एनसेल प्रकरण छानविन गर्न समिति गठन
- पशुपतिनाथ मन्दिर आसपास मासु, मदिरा तथा नशालु पदार्थ बिक्री र सेवन गर्न रोक
Leave a Reply