यस्ता छन् प्रतिनिधिसभा निर्वाचनका लागि सिफारिस एमाले उम्मेदवार
काठमाडौं । आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेकपा (एमाले) का शीर्ष तहका नेताहरूका नाम विभिन्न क्षेत्रबाट सर्वसम्मत र सिफारिस भएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको नाम झापा–५ र सिरहा–१ बाट सिफारिस भएको छ भने अरू नेताहरूका नाम पनि कतै सर्वसम्मत र कतै सिफारिस भएका छन् ।
एमाले नेताहरूमा वरिष्ठ नेता माधवकुमार नेपालको नाम काठमाडौं–२, रौतहट–१ र ४ बाट सिफारिस भएको छ । अर्का वरिष्ठ नेता झलनाथ खनालको नाम इलाम–१ बाट सर्वसम्मत सिफारिस भएको छ । यसैगरी, उपाध्यक्ष वामदेव गौतमको नाम बर्दिया–१ बाट सर्वसम्मत भएको छ भने प्यूठानबाट सिफारिस भएको छ । अर्का उपाध्यक्ष भीम रावलको नाम अछाम–१ र कैलाली–२ बाट सर्वसम्मत सिफारिस भएको छ । अरू उपाध्यक्षहरू युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यको नाम भने कतैबाट सिफारिस भएको छैन ।
यसैगरी, महासचिव ईश्वर पोखरेलको नाम काठमाडौं–५ बाट सर्वसम्मत भएको छ । उपमहासचिव विष्णु पौडेलको नाम रूपन्देही–२ बाट सर्वसम्मत भएको छ । अर्का उपमहासचिव घनश्याम भुसालको नाम भने रूपन्देहीको–१ र ३ नम्बर क्षेत्रबाट सिफारिस भएको छ । सचिव योगेश भट्टराईको नाम ताप्लेजुङबाट, सचिव प्रदीप ज्ञवालीको नाम गुल्मी–१, सचिव गोकर्ण विष्टको नाम गुल्मी–२ बाट सर्वसम्मत र सचिव पृथ्वीसुब्बा गुरुङको नाम लमजुङबाट संघ र प्रदेश दुवैमा सिफारिस भएको छ । अर्का सचिव भीम आचार्यको नाम भने अहिलेसम्म आएको छैन ।
यसैगरी, स्थायी समिति सदस्यहरूमा सुरेन्द्र पाण्डेको चितवन–१ बाट र सुवासचन्द्र नेम्वाङको नाम इलाम–१ बाट सर्वसम्मत भएको छ । अर्का स्थायी समिति सदस्य छविलाल विश्वकर्माको रूपन्देही–१ बाट र किरण गुरुङको नाम लमजुङको प्रदेशसभामा सिफारिस भएको छ । स्थायी समिति सदस्यहरू मुकुन्द न्यौपाने, शंकर पोखरेल, सत्यनारायण मण्डल, केन्द्रीय अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहरा, केन्द्रीय लेखापरीक्षण आयोगका अध्यक्ष डा. पुष्प कँडेल, केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष सोमनाथ प्यासी र केन्द्रीय सल्लाहकार परिषद्को अध्यक्ष केशव बडालको नाम अहिलेसम्म कतैबाट सिफारिस भएको छैन ।
८० भन्दा बढी स्थानमा सर्वसमम्त
अहिलेसम्म ८० भन्दा बढी निर्वाचन क्षेत्रमा एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार सर्वसम्मत भएका छन् । यसमध्ये केहीले माओवादीलाई छाड्नुपर्ने र अधिकांश एमालेले पाउने क्षेत्रबाटै सर्वसम्मत भएको हो । एमालेका स्थायी कमिटी सदस्य र पदाधिकारीहरूमध्ये सचिव भीम आचार्य र किरण गुरुङ मात्र प्रदेशसभामा गएका छन् । प्रत्यक्षमा सिफारिस नहुनेमा उपाध्यक्ष युवराज ज्ञवाली, अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहोरा, निर्वाचन आयोगका अध्यक्ष सोमनाथ प्यासी, स्थायी कमिटी सदस्य सत्यनारायण मण्डल, मुकुन्द न्यौपाने परेका छन् ।
राजपाबाट विद्रोह गरेका हृदयेश त्रिपाठी, वृजेशकुमार गुप्ता र पशुपति दयाल मिश्रले सूर्य चिह्नबाट चुनाव लड्दै छन् । एमालेले नवलपरासी–१, कपिलवस्तु–२ मा गुप्ता र बाँके–२ मा मिश्रलाई सिट छाडेको छ । त्यस्तै, सप्तरी–४ मा अघिल्लो चुनावमा दोस्रो स्थानमा रहेका रैथाने मूलवासी पार्टीका मोहम्मद मुसलमानले सर्वसम्मत रूपमा टिकट पाएका छन् ।
हालसम्म सर्वसम्मत एमाले उम्मेदवार
प्रदेश नम्बर १
ताप्लेजुङ ः योगेश भट्टराई, पाँचथर ः वसन्त नेम्वाङ, इलाम–१ ः झलनाथ खनाल, इलाम–२ ः सुवास नेम्वाङ, झापा–१ ः गोपाल बुढाथोकी, झापा–२ ः पवित्रा खरेल, झापा–३ ः पुष्प पोखरेल, झापा–४ ः एलपी साँवा लिम्बू, झापा–५ ः केपी शर्मा ओली, धनकुटा ः राजेन्द्र राई, सोलुखुम्बु ः नन्दमणि राई, ओखलढुंगा ः यज्ञराज सुनुवार ।
प्रदेश नम्बर २
सिरहा–१ ः केपी शर्मा ओली, सप्तरी–१ ः सुमनराज प्याकुरेल, सप्तरी–२ ः रञ्जु ठाकुर, सप्तरी–३ ः ताराकान्त चौधरी, सप्तरी–४ ः मोहम्मद इस्लाम, बारा–२ ः छठुप्रसाद यादव, रौतहट–१ ः माधवकुमार नेपाल, रौतहट–२ ः शैलेन्द्र साह, रौतहट–४ ः माधव नेपाल ।
प्रदेश नम्बर ३
सिन्धुपाल्चोक–१ ः अरुण नेपाल, सिन्धुपाल्चोक–२ ः शेरबहादुर तामाङ, काभ्रेपलाञ्चोक–२ ः गोकुल बाँस्कोटा, भक्तपुर–२ ः महेश बस्नेत, ललितपुर २ ः कृष्णलाल महर्जन, काठमाडौं–२ ः माधवकुमार नेपाल, काठमाडौं–३ ः कृष्ण राई, काठमाडौं–४ ः राजन भट्टराई, काठमाडौं–५ ः ईश्वर पोखरेल, काठमाडौं–७ ः रामवीर मानन्धर, रसुवा ः जनार्दन ढकाल, धादिङ–१ ः भूमि त्रिपाठी, चितवन–१ ः सुरेन्द्र पाण्डे, चितवन–२ ः कृष्णभक्त पोखरेल, सिन्धुली–२ ः रामकृष्ण श्रेष्ठ ।
प्रदेश नम्बर ४
तनहुँ–१ ः किसान श्रेष्ठ, लम्जुङ ः पृथ्वीसुब्बा गुरुङ, कास्की–१ ः खगराज अधिकारी, कास्की–२ ः रवीन्द्र अधिकारी, मनाङ ः ट्रिपल पी गुरुङ, स्याङ्जा–२ः पद्मा अर्याल, नवलपुर–२ ः तिलक महत, बागलुङ–२ः मोहनलाल शर्मा ।
प्रदेश नम्बर ५
नवलपरासी–२ ः डा. शोभाकान्त ढकाल, रूपन्देही–२ ः विष्णु पौडेल, रूपन्देही–५ ः खिमलाल भट्टराई, पाल्पा–१ ः दलबहादुर राना मगर, गुल्मी–१ ः प्रदीप ज्ञवाली, गुल्मी–२ ः गोकर्ण विष्ट, दाङ–२ ः शंकर पोखरेल, बर्दिया–१ ः वामदेव गौतम ।
प्रदेश नम्बर ६
डोल्पा ः धनबहादुर बूढा, हुम्ला ः दल रावल, जुम्ला ः धीरेन्द्रराज गिरी, सुर्खेत–१ ः धु्रव शाही ।
प्रदेश नम्बर ७
कैलाली–१ ः गरिमा शाह, कैलाली–२ ः भीमबहादुर रावल, कैलाली–३ ः विमलकुमार जोशी, कैलाली–४ ः दीर्घ सोडारी, कन्चनपुर–१ ः तारा लामा, दार्चुला ः गणेशसिंह ठगुन्ना, अछाम–१ ः भीमबहादुर रावल, बाजुरा ः लालबहादुर थापा ।
एउटै जिल्लाबाट ५४ को नाम
एमाले कञ्चनपुरले आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि तीनवटा निर्वाचन क्षेत्रबाट प्रत्यक्ष र समानुपातिक गरी ५४ जनाको नाम प्रदेश कमिटीमा सिफारिस गरेको छ ।
कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा प्रत्यक्षतर्फ तारा लामा तामाङ, खेम सुवेदी र गीता जैसीको नाम प्रदेश कमिटीमा पठाइएको छ । त्यसैगरी, क्षेत्र नम्बर १ बाट प्रदेशसभाका लागि प्रदेश (क) मा लालबहादुर विक, स्थिरप्रसाद घिमिरे र पार्वती हमाल तथा प्रदेशसभा (ख) का लागि राजेन्द्रप्रसाद जोशी, अक्कल विष्ट र मर्यादा विष्टको नाम सिफारिस भएको छ ।
कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ गोविन्दप्रसाद कलौनी, नरबहादुर धामी र जानकी पन्तलाई जिल्ला कमिटीले सिफारिस गरेको छ । उक्त क्षेत्रको प्रदेशसभाका लागि (क) मा जयराज पाण्डेय, मोहनसिंह रावल र लक्ष्मी बुढा तथा (ख) मा लालबहादुर खड्का, वचनबहादुर सिंह र सीता बोहराको नाम सिफारिस गरिएको छ । त्यस्तै, निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यतर्फ प्रत्यक्षमा डा. दीपकप्रकाश भट्ट, लीलाध्वज बस्नेत र निरुदेवी पालको नाम जिल्लाले छनोट गरी प्रदेश कमिटीमा सिफारिस गरेको छ । क्षेत्र नम्बर ३ बाट प्रदेशसभाका लागि प्रत्यक्षतर्फ प्रदेशसभा (क) मा कृष्णदेव पन्त, प्रकाश रावल र विमला भट्ट तथा (ख) मा खेम भण्डारी, राजीव खड्का र पुनम चन्द (सिंह) को नाम सिफारिस गरिएको छ । यसैगरी, एमाले जुम्लाबाट १० जनाको नाम सिफारिस भएको छ । प्रदेशसभा सदस्यको प्रत्यक्ष उम्मेदवारका छनोटका लागि क्षेत्र नम्बर १ बाट तीर्थबहादुर बुढा र क्षेत्र नम्बर २ बाट पदमबहादुर रोकायाको नाम सिफारिस गरिएको छ ।
त्यस्तै, क्षेत्र नम्बर १ बाट समानुपातिक उम्मेदवार गंगा महत, आदिप्रसाद न्यौपाने र क्षेत्र नम्बर २ बाट देवु शाही र देवु गिरीको नाम सिफारिस गरिएको छ । त्यसैगरी, एक क्षेत्र रहेको संघको प्रत्यक्ष उम्मेदवारमा धीरेन्द्र गिरी र गोर्खे सार्की, समानुपातिकमा कालीबहादुर रोकाया र हिमाली खत्रीलाई उम्मेदवारका लागि सिफारिस गरिएको जनाएको छ ।
अन्यत्र पनि धमाधम सिफारिस
अधिकांश जिल्लाले प्रतिनिधिसभा र प्रदेशसभाका लागि क्षेत्रीय कमिटीबाट आएको सिफारिस प्रदेश कमिटीमा पठाइसकेका छन् । एमाले बैतडीले प्रतिनिधिसभाका लागि पूर्वअर्थ राज्यमन्त्री दामोदर भण्डारी, तत्कालीन जिविस सभापति परमानन्द भट्ट र पद्मा खत्रीको नाम सिफारिस गरेको छ ।
यस्तै प्रदेशसभाका लागि क्षेत्र नम्बर १ बाट सुरेन्द्र पाल र क्षेत्र नम्बर २ बाट जिल्ला सचिव लीलाधर भट्ट, महादेव भट्ट र सुशीला सिंहको नाम सिफारिस गरिएको छ ।
खोटाङमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेकपा (एमाले) ले जिल्लाबाट २९ जनाको नाम सिफारिस गरेको छ । प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ सांसद तथा वैकल्पिक केन्द्रीय सदस्य विशाल भट्टराई, केन्द्रीय सदस्य खगेन्द्र राई र वैकल्पिक केन्द्रीय सदस्य राजन राईको नाम सिफारिस गरिएको जिल्ला अध्यक्ष बबी चाम्लिङले जानकारी दिए । समानुपातिकतर्फ देवविक्रम राई, शुक्रबहादुर विश्वकर्मा, समरबहादुर भुजेल र मनीषा राईको नाम सिफारिस गरिएको एमालेले जनाएको छ ।
प्रदेशसभा निर्वाचनका लागि क्षेत्र नम्बर १ बाट सांसद पाँचकर्ण राई, प्रदेश सदस्य हरि पोखरेल, जिल्ला उपसचिव कुमारप्रसाद आचार्य, प्रदेश सम्पर्क कमिटी सदस्य वीरबलकाजी राई, युवा संघका केन्द्रीय उपाध्यक्ष रमेश पौडेल र पार्टीको जिल्ला सचिवालय सदस्य सनमान खड्काको नाम सिफारिस गरेको छ । समानुपातिकतर्फ कर्ण घले, देवन राई, भीम राई, निर्मला आचार्य, उपिनकुमार राई, अकिलकुमार राई र रमिला गुरुङको नाम सिफारिस गरिएको एमालेले जनाएको छ ।
प्रदेशसभा क्षेत्र नम्बर २ का लागि पूर्वसभासद् उषाकला राई, जिल्ला उपाध्यक्ष रामप्रसाद दंगाल र जिल्ला सचिवालय सदस्य जलशेर राई तथा समानुपातिकतर्फ देवीप्रसाद रेग्मी, जेनी राई, प्रभातविक्रम कटवाल, दिलकुमारी राई, सुशीला ढकाल र पूर्णकला तामाङको सिफारिस गरिएको छ ।
त्यस्तै, बाग्लुङ क्षेत्र नम्बर १ सहित प्रदेश (क) र (ख) मा पार्टी अध्यक्ष इन्द्रलाल सापकोटा, पूर्वअध्यक्ष श्रीप्रसाद शर्मा, हीराबहादुर केसी र सूर्य पाठकलाई सिफारिस गरिएको छ । यसैगरी निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका लागि मोहनलाल शर्मालाई सर्वसम्मत रूपमा उम्मेदवार बनाउने निर्णय भएको छ । २ नम्बर क्षेत्रअन्तर्गत पर्ने प्रदेश (क) मा पनि सर्वसम्मत हुन नसकेपछि आकांक्षी चारजनाको नाम केन्द्रमा सिफारिस गरिएको सचिव थापाले जानकारी दिए । सफारिस हुनेमा प्रेम खरेल, यामबहादुर श्रीष, तीर्थमणि भुसाल र रत्ना भण्डारी रहेको छ । त्यस्तै, प्रदेश (ख) बाट बडीराम अर्याल शर्मालाई सर्वसम्मत उम्मेदवार बनाउने जिल्ला कमिटीको बैठकले निर्णय गरी केन्द्रमा पठाएको छ ।
सिन्धुली (एमाले) ले प्रतिनिधिसभाका लागि क्षेत्र नम्बर १ बाट गणेशकुमार पहाडी र प्रदीप कटुवाल तथा क्षेत्र नम्बर २ बाट रामकृष्ण श्रेष्ठको नाम सिफारिस गरेको छ । प्रदेशसभातर्फ १ को (क) मा लक्ष्मण कार्की, १ (ख) मा रामकुमार कार्की तथा २ को (क) मा केशवप्रसाद देवकोटा, विनोद खड्का र पार्वती भट्टराई तथा २ को (ख) मा सूर्य पाख्रिनको नाम सिफारिस गरेको छ । एमाले ललितपुरले प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर १ बाट मधुसूदन पौडेल, श्याममाया कार्की, पुरुषोत्तम हुमागार्इं, २ का लागि कृष्णलाल महर्जन तथा ३ का लागि रघुजी पन्त, प्रमेश हमाल र सुशीला नेपालको नाम सिफारिस गरेको छ ।
त्यस्तै, मोरङमा एमाले र माओवादी केन्द्रबीच क्षेत्र बाँडफाँटसमेत भइसकेको छ । ६ क्षेत्र रहेको मोरङमा एमालेले चार र माओवादी केन्द्रले दुई क्षेत्र लिने भएका छन् । एमालेले आफ्नो भागमा परेका २, ३, ४ र ६ मा घनश्याम खतिवडा, शिवमाया तुम्बाहाम्फे, ऋषिकेश पोखरेल, भानुभक्त ढकाल, चण्डी राई, चन्द्रवीर गुरुङ, मधु राई, महेश रेग्मी, जगत थापा, बालेश्वर कामद, मीना यादव, लालबाबु पण्डित यशोदा अधिकारी र रामलाल साहको नाम सिफारिस भएको छ । संखुवासभा एमालेले प्रतिनिधिसभाको प्रत्यक्षका लागि सिर्जनकुमार श्रेष्ठ, जीवन राई, परशुमेघी गुरुङ र राजेन्द्र गौतमको नाम सिफारिस गरेको छ ।
एक मात्र निर्वाचन क्षेत्र रहेको प्रधानमन्त्री शेरबहादुर देउवाको समेत निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा एमालेले डा. तारा जोशी, गजेन्द्रबहादुर शाही, नरबहादुर विष्ट र पठानसिंह बोहराको नाम सिफारिस गरेको छ । उनीहरूलाई प्रदेशसभाका लागि पनि सिफासिस गरिएको हो । त्यस्तै, कञ्चनपुरले प्रतिनिधिसभाका लागि क्षेत्र नम्बर १ मा तारालाल तामाङ, खेम सुवेदी र गीता जैसी, क्षेत्र नम्बर २ मा गोविन्द कलौनी, नरबहादुर धामी र जानकी पन्त तथा क्षेत्र नम्बर ३ का लागि डा. दीपकप्रकाश भट्ट, लीलाध्वजु बस्नेत र निरु पालको नाम सिफारिस भएको छ ।
काभ्रेमा एमालेले प्रतिनिधिसभा निर्वाचनका लागि क्षेत्र नम्बर १ मा रामहरि सुवेदी, नारायण पाण्डे, संग्रामजित लामा र पवित्रा भुर्तेलको नाम पठाएको छ । सोही क्षेत्रबाट प्रदेशसभा १ का लागि भने इन्द्र तामाङ, जेनिश लामा, राजन भुर्तेल, मुकुन्द गौतम, ईश्वरी पौड्याल, दिलीप तामाङ, ठाकुर बाँस्कोटा, सम्झना गौतम, हरिकुमार मैनाली, दीपक गौतम, नवीना लामा र घनश्याम लामाको नाम गएको छ ।
प्रदेशसभा २ का लागि अमित लामा, कुलचन्द्र अधिकारी, केशव बडाल, कृष्णचन्द्र आचार्य, चन्द्र लामा, पूर्ण पाण्डे, विदुर हुमागाईं, विष्णुप्रसाद खनाल, रामकृष्ण हुमागाईं, राजन थापा र शेखर लामाको नाम केन्द्रमा पठाइएको छ ।
यसैगरी, क्षेत्र नम्बर ४ अन्तर्गत प्रदेशसभाका लागि बसुन्धरा हुमागाईं, कुमार थापा, कमल तिमल्सिना, हरिदेव गिरी, राधाकृष्ण बस्ताकोटी, हरिशरण दाहाल, राममाया श्रेष्ठ र कमला अधिकारीको नाम सिफारिस भएको छ ।
अछाममा प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा एमाले केन्द्रीय उपाध्यक्ष भीम रावलको नाम सर्वसम्मत रूपमा एक्लो नाम सिफारिस गरिएको छ । रावल हाल सो क्षेत्रका सांसदसमेत हुन् । प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा प्रत्यक्षतर्फ यज्ञबहादुर बोगटी, शिवप्रसाद उपाध्याय र तारा कडायतको नाम सिफारिसमा परेको छ । समानुपातिकतर्फ भने भरत साउद, चन्द्र बोहरा र दुर्गा विक सिफारिसमा परेका छन् ।
साँफेबगर नगरपालिका र चौरपाटी गाउँपालिका जोडिएको प्रदेशसभामा प्रत्यक्षबाट गोविन्दबहादुर कुँवर, मेल्लेख, बान्नीगढी–जयगढ र रामारोशन गाउँपालिका समेटिएको प्रदेशसभामा केशर साउद, जगत् रावल, लक्ष्मी उपाध्याय (भट्टराई) , मंगलसेन नगरपालिका, ढकारी गाउँपालिका र कमलबजारका केही वडा समेटिएको प्रदेश निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ बलबहादुर सोडारी, धर्मराज शाही र निर्मलाकुमारी साउदलाई सिफारिस गरिएको छ । पञ्चदेवल–विनायक नगरपालिका, तुर्माखाँद गाउँपालिका र कमलबजार नगरपालिकाका केही वडा समेटिएको प्रदेशतर्फको अर्को निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फ कटकबहादुर साउद, भीमबहादुर विष्ट, गौमती शाहीलाई सिफारिस गरिएको छ ।
गायिका ओली पनि सिफारिस
एमालेले गायिका कोमल ओलीलाई प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ । एमाले प्रतिनिधिसभा दाङ ३ नम्बर क्षेत्रीय कमिटीले गायिका ओलीको नाम पठाएको हो । तीन साताअघि मात्रै एमाले प्रवेश गरेकी ओली चर्चित लोकगायिका हुन् । राप्रपा छाडेर एमाले प्रवेश गरेकी उनले राजनीति गर्न भन्दै रेडियो नेपालको जागिर छाडेकी थिइन् ।
सम्बन्धित समाचार
- सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
- जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
- मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
- दिल्लीमा देउवाको दौडधुप
- भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्न टिकट, ग्राउण्ड ह्याण्डलिङदेखि इन्धनसम्म छुट
- नेपालबाट भारतले थप २५१ मेगावाट बिजुली किन्ने
- ३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
- तटीय क्षेत्रका नागरिकको दुःख : नदी तर्न डुंगाकै भर, बाढी आएर लैजाने डर
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
- भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
- शिक्षक रुपेश सर्राफ हत्यामा संलग्न ५ जना सार्वजनिक
Leave a Reply