काज खटाउँदा पनि रमाना दिन असफल
काठमाडौं । प्रहरी महानिरीक्षक हुनासाथ सर्वेन्द्र खनाल पाँच वर्षभन्दा बढी समय प्रधान कार्यालयमै कार्यरत अधिकृत तथा जवानहरूलाई तत्काल हटाउने निष्कर्षमा पुगेका थिए । कर्मचारीहरू बेलाबेला हेरफेर गर्दा सञ्जालमा भ्रष्टहरू झाँगिन नपाउने र सेटिङ भत्किने विश्वास गरिन्छ । त्यही भएर प्रधान कार्यालयमा रहेका त्यस्ता कर्मचारीहरूको प्रारम्भिक अभिलेख राखी सरुवा गर्ने रणनीति बनाइएको थियो । उनीहरूलाई त्यहाँबाट अन्यत्र काज खटाउने निर्णय त भयो, तर काज खटाएको ठाउँमा अझै रमाना दिने काम भएको छैन । त्यस्ता कर्मचारीहरूले १० तिरको पावर भिडाउने, अनावश्यक चलखेल गर्ने र चौतफी दबाब दिन सुरु गरेपछि निरीह भएको र ती १८ जनालाई खटाउन नसकिएको बताइएको छ ।
प्रशासन विभागअन्तर्गत भण्डार शाखाका सई एकराज भट्ट २० वर्षदेखि अनवरत रूपमा सोही शाखामा कार्यरत कर्मचारी हुन् । उनले त्यहाँ बसेरै करोडौं आर्जन गरेर काठमाडौं राम्रो अतिरिक्त आम्दानी गरेको बताइएको छ । उनले प्रहरीको लत्ताकपडा तथा अन्य बन्दोबस्तीको सामान टेन्डर आह्वान गर्ने बेलामा राम्रो आर्थिक चलखेल गर्ने गरेको पुष्टि भएको छ । उनले टेन्डरका बेला विभिन्न नमुना कपडा तथा सामानहरू उपलब्ध गराएर ठेकेदार कम्पनीबाट पैसा असुल्ने गरेको बताइएको छ । त्यस्तो बेला एक मिटर कपडाको टुक्राको नमुना लिनुपरेमा कम्तीमा १० हजार रुपैयाँ भट्टलाई बुझाउनुपर्ने पीडितहरू बताउँछन् । त्यस्तै, आन्तरिक लेखापरीक्षण शाखा आलेपमा कार्यरत सई ज्ञानबहादुर खड्काको पनि धन्दा यस्तै रहेको बताइन्छ ।
सबै कार्यालयको लेखापालको खटनपटन हुनुअघि नै सूचना दिएर चलखेलको मौका दिने काममा खड्काको सहयोगी भूमिका रहेको बताइएको छ । सरुवा हुनेवाला लेखापालको नाम टाइप गर्ने बेलामा नै खड्काले सूचना चुहावट गर्ने र आफूले मिलाइदिएको भन्दै पैसा पनि असुल्ने गरेको बताइएको छ ।
खड्काको दरबन्दी अपराध ब्युरोमा भए पनि केही प्रहरीका घुस्याहा हाकिमका आशीर्वादका कारण उनलाई आन्तरिक लेखापरीक्षण शाखाजस्तो संवेदनशील स्थानमा राखिएको बताइएको छ । विगत १० वर्षदेखि सोही स्थानमा कार्यरत उनले पनि काजको रमाना लिन नमानेको बताइन्छ ।
पछिल्लो समय आफैं विवादमा मुछिएका आईजी खनालालाई असफल बनाउन सचिवालयका कर्मचारीहरू नै लागेको बताइन्छ । पछिल्लो समय उनको सचिवालयबाटै रणनीतिक कुराहरूका साथै सरुवाबढुवाको कुरा पनि चुहावट हुन थालेको छ । प्रहरीका संवेदनशील सूचनाहरू कार्यान्वयनमा आउनुअगावै विभिन्न निकाय तथा शंकास्पद व्यक्तिहरूको हातमा पुग्ने र त्यसका आधारमा चलखेल हुन थालेपछि प्रहरी अधिकारीहरू हैरान भएका छन् । कसरी यस्तो हुन्छ भनेर अधिकारीहरूले अनुसन्धान गर्दा सूचना आईजीको सचिवालयबाटै चुहावट हुने गरेको खुलेको छ ।
एसपी दानबहादुर कार्की सचिवालयमा आएपछि यसरी सूचना पहिले नै विभिन्न व्यक्तिको हातमा पुग्न थालेको बताइएको छ । यसो गर्दा आईजी असफल हुने निश्चित रहेको जानकारहरू बताउँछन् । त्यसो त आईजीले अपेक्षा गरेअनुसार कुनै पनि काम गर्न नसकेपछि व्यावसायिक भनिएका उनको हैसियत पनि राम्ररी देखिएको भन्दै हेडक्वार्टरतिर चर्चा छ ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply