कुरै नबुझी केको रोइलो ?
सामाजिक सञ्जाल
अहिले नेपालको राजनीतिक वृत्तमा नेकपा वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधव नेपालले केही दिनअगाडि संसद्मा बोलेको विषय बढो चर्चामा छ । उक्त मन्तव्यको पूर्णपाठ सुनेर वा पढेर होइन, केही अंश सुनेर केही मान्छेहरू माधव नेपालले केपी ओली नेतृत्वको वर्तमान सरकार नै ढाल्न लागे भन्ने ढंगको डंका पिट्दै, आफ्नै सरकार ढाल्ने खेलमा सहभागी हुने नेताको रूपमा उहाँलाई चित्रित गर्दै बदनाम गराउने कोसिस गरिरहेका छन् । त्यति मात्रै नभएर चाडबाडको मुखमा शुभकामना साटासाट गर्ने हेतुले स्थाई समितिमा रहेका सहयोद्धाहरूसँग गरिएको चियापानलाई सरकार अझै खासमा केपी ओलीविरुद्धको गठबन्धन भएको जस्तो व्याख्या गरेर हेर्ने अनि पछिल्लो दिनमा गरिएको प्रदेश नेतृत्व छनोट सम्बन्धमा माधव नेपालले राखेको असन्तुष्टिस्वरूप संसद्मा बोलिएको अनि स्थायी समिति सदस्यहरूको भेला राखिएको भन्ने व्याख्या गर्ने काम पनि भएको छ ।
यद्यपि यहाँ भुलिएको सत्य के हो भने संसद्मा रहने जोसुकैले पनि आफूआबद्ध दलका साथै आफूलाई मत हाल्ने मतदातादेखि सम्पूर्ण जनताको प्रतिनिधित्व गर्नुपर्छ र त्यसो गर्दैगर्दा सदैव आफ्नै दलबाट मन्त्री भएकाहरू सम्बद्ध मन्त्रालयको विषयमा पनि बोल्नुपर्ने, आलोचना गर्नुपर्ने हुन्छ र त्यसलाई मन्त्रीहरूले चिन्तासहितको सुझावका रूपमा लिएर उठान गरिएका कुराहरूको निराकरण गर्नेतर्फ लाग्नुपर्ने हुन्छ ! संसद्मा माधव नेपालले मन्तव्यको दौरान सबैभन्दा ज्यादा चिन्ता गरेको भनेको राष्ट्रिय एकता र अखण्डतामाथि चुनौती दिँदै अभिव्यक्ति दिनेहरूप्रति कडाइ किन गरिएन भन्ने नै थियो । माधव नेपालको भनाइलाई यो वा त्यो हिसाबले अपव्याख्या गर्दै द्वन्द्ध बढाउनुभन्दा उहाँले संकेत गर्न खोजेको राष्ट्रविरोधी व्यक्ति वा समूहलाई कानुनको कठघरामा ल्याउनु उचित हुँदो हो, उहाँले संकेत गर्न खोजेको भ्रष्ट पात्र र प्रवृत्तिका विरुद्ध कडा कदम चाल्नु उचित हुँदो हो ! त्यति मात्रै होइन, संसद्मा माधव नेपालले वाचन गरको ‘लौ न मेरो देश डुब्न लाग्यो कोही जोगाइदेऊ…’ भन्ने कविता र गीतको अंशलाई समेत गलत ढंगले व्याख्या र प्रचार गर्न खोजिएको देखियो । बलात्कारका घटनाहरू बढेका छन् अर्थात् समाजमा अनैतिकता बढेको छ, एउटा घटनाको विषयलाई लिएर समग्र राजकीय निकायहरूविरुद्ध प्रहार गर्ने र कमजोर पार्ने काम हुँदै छ, लोकतान्त्रिक ढंगले निर्वाचित सरकारले संविधान ऐनकानुनअनुसार काम गर्दैगर्दा अधिनायकवादको हल्ला चलाइएको छ अनि यस्तो अवस्थाबाट देशलाइ जोगाउनुपर्दैन ? के सडकमा भइरहेका अराजकता र समाजमा देखिएका समस्याहरूतर्फ फर्केर गरिएको चिन्तालाई पनि सरकारकै विरोधका रूपमा बुझ्ने ? वनको बाघले खाओस् नखाओस् मनको बाघले खाने विषय किमार्थ ठिक होइन र हँुदैन, अहिले संसद्मा माधव नेपालले बोलेको विषयलाई सरकारविरोधी र पार्टीलाई कमजोर पार्ने कामका रूपमा बुझ्ने र व्याख्या गर्ने काम त्यही वनको होइन, मनको बाघले खाएजस्तै हो । अझै त्यसमाथि त्यही मनन्व्यको दौरान व्यक्त गरिएका सकारात्मक धारणा, सरकारले गरको कामको तारिफलाई नजरअन्दाज गर्दै चिन्तासहितको सुझावलाई अन्यथा व्याख्या गर्ने र उचाल्ने कामले केहीको सत्ता र शक्तीसँगको निकटतालाई बढाउला,, केहीको साखुल्य पल्टिने योजना पूरा होला, तर समग्रतामा त्यसले राम्रो गर्दैन । सके परिस्थिति सम्हाल्ने, एकाता र सहकार्य अनि सबैको सम्मानको अवस्था निर्माणको कारक हुन नसके पनि द्वन्द्व बढाउने र आफ्नो दुनो सोझ्याउने काम नगरेकै राम्रो होला, किनकि सत्य सधैं सत्य नै रहनेछ र त्यो सत्य के हो भने माधव नेपालका कारण उनको पार्टी कमजोर हुनुपर्नेछैन !
सम्बन्धित समाचार
-
हाई-प्रोफाइल चोरी: चोरीका गहना किनेर गलाउने न्यूरोडका व्यवसायी पक्राउ
-
बुटवलमा फुटपाथ अतिक्रमण हटाउने अभियान सुरु, डोजर चल्यो
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
-
दिल्लीमा देउवाको दौडधुप
-
भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्न टिकट, ग्राउण्ड ह्याण्डलिङदेखि इन्धनसम्म छुट
-
नेपालबाट भारतले थप २५१ मेगावाट बिजुली किन्ने
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
तटीय क्षेत्रका नागरिकको दुःख : नदी तर्न डुंगाकै भर, बाढी आएर लैजाने डर
-
फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
-
काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
Leave a Reply