कसरी बन्यो नौ जनाको कार्यदल ?
काठमाडौं । स्थायी कमिटीको अन्तिम दिनको बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसिरहेको थियो । बैठककै बीचमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली बैठककक्षबाट जुरुक्क उठेर हिँडे । उनी माथिल्लो तलामा रहेको आफ्नो कार्यकक्षमा गए । आफ्नो कार्यकक्षमा पुगेपछि उनले अर्का अध्यक्ष पुष्पकमल दाहाललाई पनि बोलाए । खबर आएपछि दाहाल पनि ओली कै कार्यकक्षमा छिरे ।
दुई नेताबीच केही समय कुराकानी भएपछि दुवै नेता पुनः बैठस्कस्थलमा फर्किए । अध्यक्ष दाहालले सांगठनिक एकताको सबै काम गर्न एउटा कार्यदल गठन गर्ने भन्दै कार्यदलमा पाँच जनाको नाम प्रस्ताव गरे । उनले प्रस्ताव गरेकोमा रामबहादुर थापा, विष्णु पौडेल, वर्षमान पुन, योगेश भट्टराई र शंकर पोखरेलको नाम थियो । नाम सुनिसकेपछि अष्टलक्ष्मी शाक्यले ती नाममा अरू दुईजनाको नाम थप्नुपर्ने भन्दै रघुजी पन्त र वेदुराम भुसालको नाम प्रस्ताव गरिन् । यसमा वरिष्ठ नेता माधवकुमार नेपालले पनि समर्थन जनाए । त्यसपछि लेखराज भट्टले प्रादेशिक सहभागिताका पनि हेर्नुपर्ने भन्दै भीम रावलको नाम प्रस्ताव गरे भने रावलले भट्टको नाम लिए । थापा, पौडेल, पुन, भट्टराई, पोखरेल, पन्त, भुसाल र भट्ट गरी आठ जनाका नाममा सबैको सहमति भएपछि अध्यक्ष ओलीले आठ नभएर नौ सदस्यीय बनाऔं, यसमा रघुवीर महासेठको नाम थपौं भन्ने प्रस्ताव राखे । नौ जनाकै नाम बैठकले सर्वसम्मतिका साथ पारित ग¥यो ।
सम्बन्धित समाचार
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
तटीय क्षेत्रका नागरिकको दुःख : नदी तर्न डुंगाकै भर, बाढी आएर लैजाने डर
-
पासाङ ल्हामु शेर्पाको सम्मानमा चन्द्रमाको एक क्रेटर ‘ल्हामू’ नामाकरण
-
पशुपतिनाथ मन्दिर आसपास मासु, मदिरा तथा नशालु पदार्थ बिक्री र सेवन गर्न रोक
-
एमाले संकल्प यात्राको तेस्रो दिन : आज सिलगढीबाट अछामको यात्रा
Leave a Reply