झ्याउरे लयमा समेटिएको भुइँचालो
२०७२ सालको महाविनाशकारी भूकम्प अझै पनि नेपाली जनताको मानस पटलबाट हटिसकेको छैन । वैशाख १२, १३ र २९ गते आएका भूकम्पले धेरै जन, धनको क्षति बेहोर्नु प¥यो । भूकम्पले धेरैको घरबास उठायो भने अनेक ऐतिहासिक, सांस्कृतिक र पुरातात्विक सम्पदाहरुसमेत नष्ट तुल्यायो । काठमाडौं उपत्यकालगायत देशको मध्य भूभागलाई चर्को क्षति पु¥याएको उक्त भूकम्प र त्यसपछि महिनौं दिनसम्म आइरहेको परकम्पनले धेरै दिनसम्म धेरैको मन–मस्तिष्क गिजोलिरह्यो ।
भूकम्पले धेरैलाई आँसुको पोखरीमा डुबाइ दियो । भूकम्पले पु¥याएको गहिरो र अतुलनीय क्षतिलाई विषय बनाएर सिर्जनाको संसारमा रमाउनेहरुले अनेक साहित्यिक सिर्जना गरे, चित्रशिल्पीहरुले क्यानभासमा रङ र ब्रस पोतेर भूकम्पले थोपरेको पीडालाई व्यक्त गरे । स्रष्टा मुरलीप्रसाद ढकालले भने भूकम्पलाई बेग्लै ढंगले स्मरण गरेका छन् । उनले भूकम्पको काव्यिक दस्तावेज तयार पारे र त्यसलाई नाम दिएका छन्, ‘रगत र आँसुको पोखरी’ । २०७२ को भूकम्पले थोपरेको असैह्य पीडालाई उनले काव्यको पर्दा उघारेर व्यक्त गर्न चाहेका छन् ।
नेपाली साहित्य लेखनमा झ्याउरे शैली विस्तारै लोप हुँदै गइरहेको छ । तर, ढकालले भने त्यही झ्याउरे शैलीलाई पछ्याएर भूकम्पको पीडा उघार्ने काम गरेका छन् । प्रारम्भमा उनले नेपालको प्राकृतिक, सांस्कृतिक, सामाजिक, भौगोलिक सम्पन्नतालाई उतार्न चाहेका छन् । उनी लेख्छन्, ‘भिखारी धनी कृषक मजदुर उनेको नेपाल÷शितल छायाँ तराई शिखर चुमेको नेपाल÷पसिना धारा बोकेको भारी बगेको नेपाल÷चन्द्र र सूर्य बोकेको झन्डा अटल नेपाल ।’
हरेक मानिसको कुनै पनि घटनालाई अभिव्यक्त गर्ने आ–आफ्नै शैली हुन्छन् । खासगरी, आफ्नो भोगाइलाई आफ्नै शैलीमा ढाल्ने काम हुन्छ, जोकोहीबाट । ढकालले पनि २०७२ को भूकम्पलाई आफ्नै किसिमले भोगे र त्यसलाई आफ्नै शैली पछ्याएर ढाले । भूकम्पले धर्तीलाई कसरी कम्पायमान तुल्यायो, त्यसले धर्तीको अंगप्रत्यंगमा केकस्ता तरंगहरु सिर्जना ग¥यो, यस्ता पक्षलाई उनले झ्याउरे लयमा सविस्तार बयान गरेका छन् । उनी लेख्छन्, ‘हल्लियो धर्ती, हल्लियो मुटु, सास नै रोकियो÷फाटेर धाँजा, पातालतिर, पृथ्वी ठोक्कियो÷तुवाँलो उड्यो, हावाको वेगमा ढलेर झुपडी÷हेर्दा र हेर्दै, सुन्दर बस्ती, रड्डीको टुकडी ।’
२०७२ को भूकम्पले मध्य नेपालको १४ वटा जिल्लालाई धेरै असर पु¥यायो । सिन्धुपाल्चोक, दोलखाजस्ता जिल्ला अतिप्रभावित भए भने काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलान्चोक, धादिङ, गोरखा, सिन्धुली, मकवानपुर, रसुवा, रामेछाप, ओखलढुंगा जिल्ला धेरै प्रभावित हुन पुगे । उनले भूकम्पबाट धेरै क्षति बेहोर्नुपरेका हरेक जिल्लाका क्षतिको विवरणलाई काव्यिक रुप दिएका छन् । कुन जिल्लामा कस्ता घटना भए, कति मानिसले दुःख पाए, यी सबै विवरणलाई उनले काव्यमय तुल्याएका छन् । उनी लेख्छन्, ‘मनका आँखा राम्चेमा मेरो पुगेछ घुमाई÷पल्टेको पहाड ढलेको बस्ती देखियो रुवाई÷रसुवा जिल्ला सदरमुकाम धुन्चे नै ढलायो÷रगतको नदी बगेको भेलमा मानिस गलायो ।’
भूकम्पले नेपालीलाई अथाह पीडा थोपरे पनि राहत र उद्दार कार्यले भने तिव्रता पाएको थियो । स्वदेशी तथा विदेशीहरु सहरी क्षेत्रदेखि विकट ग्रामीण इलाकाहरुसम्मै पुगेर उद्दार कार्यमा जुटे । चिसो आकाशमुनि रात कटाइरहेकालाई न्याना कपडा र पालहरु दिए, भोकै सुतिरहेकाहरुलाई खानेकुरा दिए । विदेशी राष्ट्रहरुले नेपालीको दुःख र पीडामा आफूलाई सामेल तुल्याएर मल्हमपट्टि लगाउन चाहे । कवि ढकालले राहत र उद्दार कार्यमा स्वदेशी तथा विदेशीहरुले देखाएको चासो र तत्परतालाई काव्यिक दस्तावेजमा समेटेका छन् । उनी लेख्छन्, ‘कुन गाउँ रह्यो कालको दाह्रा निकाली धसेको÷एम्बुलेन्स साइरन बजाई पुग्छन् कुन बस्ती फसेको÷डुक्रेनी पानी, गुँडस्तर फाँट माछाको पोखरी÷धसेका बिल्ङि डोजर हान्छ भ्याकुम उचाली ।’
भूकम्पपछि उद्दार कार्यले तीव्रता लिइरहेकै बेला राहत वितरण कार्यले पनि गति लियो । परकम्पनहरु गइरहँदा पनि राहत वितरण कार्य रोकिएन । मानवताभन्दा ठूलो चिज संसारमा अरु छैन भन्ने भावनाले ओतप्रोत भएर राहत कार्यमा बहुसंख्यक मानिस र संघसंस्थाका प्रतिनिधिहरु जुटे । कवि ढकालले राहत कार्यले देखिएको तत्परतालाई यसरी उतारेका छन्, ‘शिक्षक लागे विपत्ति राहत संकलन गर्नलाई÷विद्यार्थी लागे दुःखीको बासमा विपत्ति टार्नलाई÷हिमालको दुःख तराई आज हेरेर बस्तैन÷दुःखको गुन लाएको आत्मा बिर्सन सक्दैन ।’
भूकम्पले पु¥याएको क्षतिलाई उनले काव्यमा मात्र उतारेका छैनन्, तत्कालीन समयमा घटित मुख्य–मुख्य घटनाका विवरण पनि दिएका छन् । मूलतः ढकालको ‘रगत र आँसुको पोखरी’ ले २०७२ सालको महाविनाशकारी भूकम्पले पु¥याएको अथाह क्षतिलाई काव्यको भाषाबाट बुझ्न सघाउ पु¥याउनेमा कुनै दुईमत देखिँदैन ।
कृति ः रगत र आँसुको पोखरी
विधा ः काव्य
काव्यकार ः मुरलीप्रसाद ढकाल
प्रकाशक ः गौरी पब्लिक रिलेसन एन पब्लिकेशन
पृष्ठ ः १७६
मूल्य ः ३००।–
सम्बन्धित समाचार
- एमालेको संकल्प यात्रा अभियान लुम्बिनीमा प्रवेश
- एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा तीन जनाको दाबी
- पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको ‘रिग क्षेत्र’
- पेरुको पहाडमा बस दुर्घटना, १३ जनाको मृत्यु
- झपक्कै फुल्यो आँप
- Golanjor
- चितवनमा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड
- खाना पकाउने ग्यासको छिट्टै दुई थरी मूल्य
- ज्ञानेन्द्र शाहीले गरे राप्रपामा प्रवेश
- राष्ट्रपति भण्डारीले पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गर्दै
- जिन्दगीसँग सवालजवाफ
- संस्कृतिविद्को परिचयवृत्त
Leave a Reply