मेगाका ग्राहकहरूलाई ब्लुक्रसमा विशेष छुट
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरूले काठमाडौँको थापाथलीस्थित ब्लुक्रस अस्पतालमा २० प्रतिशतसम्म छुट पाउने भएका छन् ।
मेगा बैंक नेपाल लिमिटेडकी सीईओ अनुपमा खुञ्जेली र ब्लुक्रस अस्पतालका कार्यकारी व्यवस्थापन समिति सदस्य रजत श्रेष्ठबीच मेगा बैंकको मुख्य कार्यालय राइजिङ मलमा सम्झौतापत्रमा हस्ताक्षर भएको हो । मेगा बैंकका ग्राहकहरूलाई अस्पतालले स्वास्थ्य उपचारमा विशेष छुट र प्राथमिकता दिने सम्झौतापत्रमा उल्लेख छ ।
सम्झौताअनुसार मेगा बैंकका ग्राहकहरूले ब्लुक्रस अस्पतालमा इसीजी, इको, कोलोनोस्कपी, प्याथोलोजी, अल्ट्रासाउन्ड र सिटी स्क्यान परीक्षण गराउँदा १० प्रतिशतसम्म छुट पाउने भएका छन् । यसैगरी, आईसीयू, क्याबिन र वार्डमा ७ देखि १५ प्रतिशतसम्म छुट पाउने भएका छन् । यसैगरी, मेगा बैंकका ग्राहकलाई कुनै शल्यक्रिया गर्नुपरे अस्पतालले शल्यक्रिया शुल्क, बेड र मेडिकल शुल्कमा १० प्रतिशतसम्म छुट दिने भएको छ । दाँत परीक्षणमा २० प्रतिशतसम्म छुट दिने अस्पतालले जनाएको छ । ग्राहकहरूको स्वास्थ्यलाई मध्यनगर राख्दै मेगा बैंकले यसअघि मेगा बैंकले काठमाडौंको नर्भिक, ग्रान्डी, स्टार अस्पताल, गोल्डेन, ग्रिनसिटी, उच्चता, वयोधा, चिरायुलगायत अस्पतालसँग सम्झौता गरी विशेष छुटको व्यवस्था गरिसकेको छ ।
सम्बन्धित समाचार
-
हाई-प्रोफाइल चोरी: चोरीका गहना किनेर गलाउने न्यूरोडका व्यवसायी पक्राउ
-
बुटवलमा फुटपाथ अतिक्रमण हटाउने अभियान सुरु, डोजर चल्यो
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
-
दिल्लीमा देउवाको दौडधुप
-
भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्न टिकट, ग्राउण्ड ह्याण्डलिङदेखि इन्धनसम्म छुट
-
नेपालबाट भारतले थप २५१ मेगावाट बिजुली किन्ने
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
तटीय क्षेत्रका नागरिकको दुःख : नदी तर्न डुंगाकै भर, बाढी आएर लैजाने डर
-
फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
-
काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
Leave a Reply