हरेक अभिभावकलाई खुराक
बालबालिका भविष्यका आधारस्तम्भ हुन् । तर, त्यो आधारस्तम्भ निर्माण हुनुमा सामाजिक र पारिवारिक वातावरणले अहम् भूमिका खेलेको हुन्छ । जुन सामाजिक र पारिवारिक परिवेशमा बालबालिका जन्मिन्छन्, हुर्किन्छन्, उनीहरूले त्यसलाई नै पछ्याउँछन् । त्यही कारण जन्मिनुभन्दा अगावैदेखि नै बालबालिकाको हेरचाहमा विशेष ध्यान पु¥याउनु आवश्यक हुन्छ ।
मनोविज्ञानका सहप्राध्यापक डा. नन्दिता शर्मा लुइँटेलद्वारा लिखित ‘हुर्किरहेका बालबालिकाहरूलाई चिनौं’ ले बालबालिकालाई सुरुदेखि नै अभिभावकले कस्तो व्यवहार गर्नुपर्दछ ? उनीहरूको शारीरिक एवं मानसिक वृद्धिमा गर्भावस्थादेखि नहुर्किउन्जेल के–कस्ता पक्षमा विचार पु¥याउनुपर्दछ ? यस्ता व्यावहारिक ज्ञान दिने हेतुले उक्त पुस्तक लेखिएको छ । जसमा बालबालिकाप्रति विभिन्न चरणमा पु¥याउनुपर्ने ध्यानबारे विशेष सुझाव र सल्लाह दिइएको छ ।
कुनै पनि स्वस्थ बालबालिकाको चाहना राख्नुअघि गर्भावस्थामा आमाको स्याहार कसरी गरिएको छ र मनोवैज्ञानिक उल्झनहरूबाट मुक्त छन् कि छैनन् भन्ने पक्ष विचार पु¥याउनुपर्छ । गर्भावस्थामा आमा स्वस्थ भए बच्चा पनि स्वस्थ जन्मिन्छ र हुर्किन्छ पनि स्वस्थ भएर नै । तर, गर्भावस्थामा आमाले पर्याप्त पौष्टिक आहार पाइनन् भने र तनावमा रहनुप¥यो भने त्यसको असर जन्मिने बच्चामा पनि स्वतः पर्दछ । त्यस्तो अवस्थामा परिवारका सदस्यहरूका साथै पतिको भूमिकाले ठूलो महŒव राख्दछ ।
जन्मिएपछि एक वर्षसम्मको चरणलाई पहिलो र धेरै हेरचाह गर्नुपर्ने चरणका रूपमा लेखिकाले अथ्र्याएका छन् । बच्चा जन्मिएपछिको शैशवास्था अर्थात् पहिलो महिनामा चुस्ने, खोज्ने, समाउने, सुन्ने, देख्ने, सुँघ्ने, स्वाद थाहा पाउनेदेखि भाषागत कुराहरूसमेत सिक्न बच्चा लालायित रहन्छन् । जन्मिएको एक महिनामा बच्चाले देखाउने व्यवहारबारे लेखिका लेख्छिन्, ‘बच्चाले जन्मेदेखि नै आफ्नी आमा (वा मुख्य हेरचाह गर्ने व्यक्ति) सँग एक प्रकारको मोह स्थापना हुने किसिमको व्यवहार देखाउँछ र यसले गर्दा उसलाई यो संसारमा जिउन सहयोग गर्छ । यस्तो व्यवहारलाई आशक्त व्यवहार भनिन्छ ।’
दोस्रोदेखि पाँचौ महिनासम्म बच्चाले हातमा केही समाउने, बस्ने र घस्रने, यताउति पल्टिने, मुस्काउनेजस्ता कार्यहरू गर्दछन् । यही अवधिमा बच्चाको मनोवैज्ञानिक विकास बढ्दै जान्छ । बच्चाले आफ्नी आमासँग मात्र होइन, परिवारका अरु सदस्यहरूसँग पनि नजिकिनेजस्ता व्यवहार देखाउन थाल्छन् । पाँचौंदेखि एक वर्षसम्मको अवधिमा बच्चाले बस्ने, बामे सर्ने, यताउति पल्टिने, बोल्ने सिक्ने, डराउन थाल्ने, उभिने र हिँड्ने प्रयत्न गर्न थाल्छन् । यही अवधिमा बच्चामा बोलीको विकास पनि सुरु हुन्छ । साथै, बच्चाले माया र न्यानोपन पाउँदा स्नेहपूर्ण प्रतिक्रिया देखाउँछ र आशा र सुरक्षासँगै उसले विकासका चरणहरू पार गर्छ तर अमिल्दो हेरचाहले भने बच्चाहरूमा अविश्वास, असुरक्षा र असहयोगको भावनामा वृद्धि ल्याउने तर्क लेखिकाले गरेकी छन् ।
बालबालिकाहरू हुर्किँदै जाँदा उमेरका विभिन्न चरणहरू पार गर्दै जान्छन् । त्यही क्रममा ६–११ वर्षको उमेरमा उनीहरूमा थुपै्र शारीरिक र मानसिक परिवर्तनहरू आउन थाल्छन् । शरीरका अंगहरूमा वृद्धि र परिवर्तन देखिन थालेपछि उनीहरूमा अनेकन् जिज्ञासा उत्पन्न हुने र त्यसले तनाव ल्याउने कार्य पनि गर्दछ । लेखिका लेख्छिन्, ‘शारीरिक परिवर्तनका साथै व्यवहारमा पनि परिवर्तन आउँछ । तपाईको मायालाग्दो, आज्ञाकारी र असल बच्चामा अचानक सनकी, अटेरी र झोक्की व्यवहार देखिन थाल्छ । धेरैजसो अभिभावकलाई के कारणले यस्तो परिवर्तन भयो भन्ने थाहा नभए पनि यो उमेरमा बच्चाहरूले यस्तो व्यवहार देखाउँछन् भन्ने थाहा हुन्छ ।’
लेखिकाले पुस्तकमा बालबालिकाहरूलाई अभिभावकले गर्नुपर्ने व्यवहारबारे मिहिन तरिकाले औंल्याउने कार्य गरेका छन् नै, साथै बालबालिकाहरूमा असामान्य परिस्थिति उत्पन्न हुँदा के–कस्ता सजगता अपनाउनुपर्छ भन्नेबारे पनि उल्लेख गरेकी छन् । लेख्छिन्, ‘बच्चाको कुरा ध्यान दिएर सुन्नुहोस् । उनीहरूको भावनालाई बुझ्ने गर्नुहोस् । सबै कुरालाई आफ्नै जिम्मामा नलिनुहोस् । सबै तपाईंले गर्नुभयो भने बच्चाले आफूलाई कमजोर ठान्छन् । यस्तो समस्यासँग कसरी जुध्ने अथवा समाधान कसरी गर्ने, त्यसबारे सल्लाह गर्नुहोस् ।’ यो पुस्तक हरेक अभिभावकले पढ्नु आवश्यक छ र अभिभावकहरूका निम्ति भरपर्दो खुराकको काम गर्नेमा विश्वस्त हुन सकिन्छ ।
कृति ः हुर्किरहेका बालबालिकाहरूलाई चिनौं
विधा ः लेख
लेखिका ः डा. नन्दिता शर्मा लुइँटेल
प्रकाशक ः भुँडीपुराण प्रकाशन
पृष्ठ ः १०४
मूल्य ः २००।–
सम्बन्धित समाचार
-
एमालेको संकल्प यात्रा अभियान लुम्बिनीमा प्रवेश
-
एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा तीन जनाको दाबी
-
पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको ‘रिग क्षेत्र’
-
पेरुको पहाडमा बस दुर्घटना, १३ जनाको मृत्यु
-
झपक्कै फुल्यो आँप
- Golanjor
-
चितवनमा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड
-
खाना पकाउने ग्यासको छिट्टै दुई थरी मूल्य
-
ज्ञानेन्द्र शाहीले गरे राप्रपामा प्रवेश
-
राष्ट्रपति भण्डारीले पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गर्दै
-
जिन्दगीसँग सवालजवाफ
-
संस्कृतिविद्को परिचयवृत्त
Leave a Reply