प्रिवर्तनको चाङमाथि पुवाग्रहको पार्टी
केपी शर्मा ओली
आज (सोमबार) एउटा विशेष खुसीको दिन हो । नेपालको कम्युनिस्ट आन्दोलनले आज आफ्ना संगठित अभियानका गौरवपूर्ण ७० वर्षहरू सफलताका साथ पूरा गरेको छ । आजबाट कम्युनिस्ट पार्टी ७१ वर्षमा प्रवेश गरेको छ । यो क्षण नेपालका वामपन्थीहरूका लागि मात्र होइन, सिंगै देशका लागि खुसीको क्षण हो ।
यही पार्टी हो, जसले राष्ट्रियताको रक्षा गरेको छ । र, राष्ट्रियताको आन्दोलनलाई एउटा सही उचाइमा पु¥याएको छ । यही आन्दोलन हो, यही पार्टी हो, जसले लोकतन्त्रका निम्ति बलिदानपूर्ण संघर्ष गरेको छ । लोकतन्त्रलाई वास्तविक अर्थको लोकतन्त्रका रूपमा अगाडि बढाएको छ । निरंकुशतन्त्र तथा सामन्तीतन्त्रलाई फालेर आज संघीय लोकतान्त्रिक गणतन्त्रमा पु¥याएको छ । यही पार्टी हो जसले सामाजिक न्याय र समानताको प्रश्न सुरुदेखि उठायो, त्यसका निम्ति संघर्ष ग¥यो र आज सामाजिक न्याय र समानताको बाटोमा हामी यस ठाउँमा आइपुगेका छौं ।
यही पार्टी हो जसले राजनीतिक अधिकारका निम्ति संघर्ष ग¥यो, र राजनीतिक अधिकार मात्रै होइन, सामाजिक, सांस्कृति र आर्थिक अधिकारका समेत प्रश्नहरू उठायो । र, यहाँसम्म आइपुगेको छ ।
देशको आकांक्षा सुदृढ राष्ट्र, व्यावहारिक सक्रिय लोकतन्त्र, वास्तविक लोकतन्त्र, सामाजिक न्यायसहितको विकास र समृद्धि र राष्ट्रिय गौरवको उत्थान, हाम्रा संस्कृतिहरूको संरक्षण र उत्थानलगायत कामहरू गरेको छ ।
लामो समयदेखिको नेपाली जनताको आकांक्षा स्थिरता र स्थायित्व, बहुमतको सरकार, स्पष्ट दृष्टिकोणसहित देश बनाउँदै जाने खाका चाहिएको छ । त्यो कुरा यस पार्टीले दिएको छ, त्यसकारण यस पार्टीको ७०औं वार्षिक उत्सव यो स्थायित्व, सफलता, लोकतन्त्र, राष्ट्रियता आज जुन सुदृढ स्थितिमा पुगेको छ, त्यसको र ती गौरवहरूको एउटा प्रतिविम्ब हो । त्यसकारण, यो सिंगै देशको खुसीको क्षण हो । म सिंगै देशका तमाम दाजुभाइ दिदीबहिनीहरूलाई यस अवसरमा बधाई भन्न चाहन्छु ।
यत्तिकै यो आन्दोलन यहाँ पुगेको होइन । यस पार्टीले आफ्नो स्थापनाकालसँगै अघि मैले भनेका थुप्रै कुरा अगाडि बढायो । यसले तत्कालै राणाशाहीविरोधी आन्दोलनमा सक्रिय सहभागिता जनायो । त्यसको अन्त्य ठीक ढंगले हुन सकेन । जनताका आकांक्षा र राष्ट्रको आवश्यकताअनुसार हुन सकेन । संघर्षहरू जारी रह्यो । भीमदत्त पन्त काटिए । रामप्रसाद राई बेपत्ता भए । अरू यदु कानूलगायतका थुप्रै नेताहरूलाई तल आगो बालेर माथि झुन्ड्याएर सेकाइयो । यस्ता अनेक घटनाहरूका क्रममा थुप्रै बलिदान भए । राष्ट्रियताका सवालहरूमा यस आन्दोलन लगातार अघि बढिरह्यो । लोकतन्त्रको सवालमा त्यसैगरी बलिदानपूर्ण संघर्षहरू भए । अनेक जालझेल, षड्यन्त्र, विभाजनका शृंखला, घुसपैठलगायत सबै कुरासँग जुध्दै तिनलाई पराजित गरियो । र, आज यो सफलताको बिन्दुमा पुगेको छ ।
हामी नै गीत गाउने गथ्र्यौं । मैले धेरै ठाउँमा भन्ने गर्थे अमेरिकन गीतकार÷गायकको गीत ‘हामी जित्नेछौं एकदिन’ भनेर । एउटा समय थियो, जित हाम्रो सपना थियो । हामी भूमिगत हिँड्नुपथ्र्यो, निर्वासित हुनुपथ्र्यो । मारिनुपथ्र्यो वा जेल बस्नुपथ्र्यो । कतिबेला के हुने हो, टुंगो थिएन । त्यस्तो अवस्थामा जित हाम्रा आकांक्षा थिए । र, हामी गाउँथ्यौं, ‘हामी जित्नेछौं, एकदिन ।’ त्यो एक दिन आजै हो । हामीले जितको जुन सपना देखेका थियौं, त्यो हासिल गरेका छौं । यस घडीमा म यहाँसम्म नेपाली जनताको सफलतासम्म आउन आफ्नो जीवन आहूति दिने सम्पुर्ण ज्ञात–अज्ञात सहितहरूप्रति म हार्दिक श्रद्धासुमन प्रकट गर्दछु ।
धेरैको आर्थिक अवस्था, घरबार छिन्नभिन्न भएको छ । कसैको हातखुट्टा गुमेका छन् । कोही कसैका शरीरभित्रै अझै गोली छन् । कोही अपांगता बनेर जीवन बिताइरहेका होलान् । ठूलो अस्तव्यस्तता र बर्बादी हामीले सहनुपरेको छ, यो दिन ल्याउनका लागि । सस्तो मूल्यमा र सहजै हामीले यो दिन प्राप्त गरेका होइनौं । यो दिन प्राप्त गर्न हामीले धेरै चर्को मुल्य चुकाएका छौं । यस्तो चर्को मुल्य चुकाएर जनता विजयी हुने यस ठाउँसम्म ल्याइपु¥याउन योगदान गर्ने तमाम योद्धाहरूप्रति सम्मान व्यक्त गर्न चाहन्छु ।
हामी यत्तिकै यस ठाउँमा आइपुगेका होइनौं । धेरै प्रकारका वैचारिक लडाइँहरू भए । षड्यन्त्रहरू भए । जालझेलहरू भए । खनेक चिजहरू भए । त्यसका विरुद्ध दृढ संघर्षहरू भए ।
पुष्पलाललाई लगातार लखेट्ने काम भयो । अघिल्लो समयमा पुष्पलालबाहेक अरूका विचार देखिएनन् । स्वार्थहरूका टकरावहरू देखिए । थुप्रै नेता पुष्पलालको विचारको पक्षमा सहमत थिए । तर तिनलाई अल्पमतमा पारियो । विचारको राजनीति भएन । स्वार्थको राजनीति भयो । त्यस्ता स्वार्थका राजनीतिहरूले आन्दोलनलाई धेरै विभाजन, टुटफुटको स्थितिमा पु¥यायो । आन्दोलनलाई कमजोर स्थितिमा पु¥यायो । त्यस्ता कुराहरूबाट जोगाउँदै–जोगाँउदै हामी फेरि अगाडि बढ्यौं । पार्टी अगाडि बढ्यो । यही बेला नेपालमा जननेता मदन भण्डारीको उदय भयो । उहाँले विश्व कम्युनिट आन्दोलन, लोकतान्त्रिक आन्दोलनका आधारमा नेपाली आन्दोलनलाई संश्लेषण तथा समीक्षा गर्नुभयो । हामी अब कुन रूपमा अघि बढ्नुपर्छ भन्ने सन्दर्भमा उहाँले विचार निर्माण गर्नुभयो । कुन बाटोबाट अघि बढ्यो भने दुनियाँ रक्षात्मक भए पनि हामी माक्र्सवादको सही प्रयोग गरेर सिर्जनात्मक ढंगले अघि बढ्न सक्छौं र सुरक्षित ढंगले सफलतापूर्वक अघि बढ्न सक्छौं भन्ने बाटो तय गर्नुभयो । विचार राख्नुभयो । उहाँको अगुवाइमा हामी अघि बढ्यौं । तय गरेको बाटोमा निरन्तर हिँडिरह्यौं । र, त्यो बाटो सही थियो । त्यसले हामी डिफेन्सिभ हुनुपरेन । तिनै विचारहरूले प्रतिक्रियावादी शक्तिहरूले हामीमाथि लगाउने गरेका तमाम आरोपहरू र हामीमाथि गर्ने गरेका हमलाहरूलाई परास्त ग¥यौं र एउटा सफलताको बिन्दुसम्म पुग्यौं ।
टुटफुटका अनेक शृंखलाहरू थिए । ती शृंखलाहरूलाई एकजुट गर्दै लग्यौं । खासगरी नेपालको कम्युनिस्ट आन्दोलनमा दोस्रो दशकभन्दा पछि फेरि केही तीनवटा धारहरूजस्ता देखिएर तर मूलरूपमा दुईवटा धार देखिए । एउटा पछिल्लो समययमा हामीले नेकपा एमाले भन्ने गरेको धार र पछिल्लो समयमा हामीले माओवादी केन्द्र भन्ने गरेको धार । यी दुईवटा धारहरूलाई केन्द्र मानेर विभिन्न समूहहरू एकीकृत हुँदै गए । र, अन्ततोगत्वा संगठनात्मक एकता र त्यसका निम्ति एकताका साथ अगाडि जाने र यसका निम्ति हामीले जनताको जनवाद यसभित्र खास अर्थ छ । यो जनवाद भनेको खालि राजनीतिक स्वाधीनता र स्वतन्त्रताको हकहरूसँग मात्रै सीमित छैन, यो वर्गीय छ । जनताको जनवाद हो । डेमोक्रेसी भनेको पिपुल्स डेमोक्रेसी हो । यसकारण, यो डेमोक्रेसी राजनीतिक क्षेत्रसँग र राजनीतिक अधिकारसँग मात्रै सीमित छैन । राजनीतिक अधिकारसँग त यसको सरोकार छ नै, हुने नै भयो । यसबाहेक यसको आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्र पनि यसको क्षेत्रभित्र पर्दछ । र, जनवादभन्दा यसले सम्पूर्ण जनवाद बुझ्दछ । हामी आधारभूत रूपमा जननेता मदन भण्डारीले अगाडि सार्नुभएको आजको राजनीतिक रूपमा पूर्ण लोकतन्त्र र त्यो पूर्ण लोकतन्त्रसंगै आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारहरू पनि जनताको भएको सामाजिक न्यायसहितको लोकतन्त्र, सामाजिक न्यायसहितको समृद्धिका हिसाबले अगाडि बढेका छौं ।
गहन प्रतिबद्धताका साथ आन्दोलनलाई अगाडि बढाएर यहाँसम्म ल्याउने कुरामा तालमा ताल, साथमा साथ दिएर अगाडि बढ्नुभएकोमा यतिबेला म यस अवसरमा पार्टीका तमाम नेता साथीहरू र कार्यकर्ता साथीहरूलाई हार्दिक धन्यवाद भन्न चाहन्छु ।
आज हामीले देखेका छौं, लामो समय हामी बलिदानपूर्ण संघर्षको मैदानमा हामीले बिताउनुप¥यो । पहिलो दशक प्रारम्भिक दशक रह्यो । तर प्रारम्भिक दशक भए पनि स्थापना कालदेखि नै यस पार्टीले राष्ट्रियताको सवालमा, लोकतन्त्रको सवालमा, सामाजिक न्याया र समानताको सवालमा, महिला र पछाडि परेका अन्य समुदायका सवालमा, उत्पीडित समुदायका सवालमा यी विभिन्न प्रश्नहरूमा र आर्थिक उन्नतिका सवालहरूमा आधारभूत रूपमा सही दृष्टिकोणहरू अगाडि सारियो । ती दृष्टिकोणहरूलाई त्यसैगरी अझ परिमार्जित गर्दै अगाडि बढाउनुपथ्र्यो । तर पार्टीभित्र त्यस प्रकारको स्थिति भएन । स्वार्थका खेलहरू भए । स्वार्थका कचिंगलहरू भए । यसले गर्दा पार्टी जसरी अगाडि जानुपथ्र्यो, त्यसरी अगाडि जान सकेन ।
विभाजन, मतभेद, टुटफुट आदि कुराहरू पार्टीका मुख्य प्रवृत्ति जस्ता रहे । एकातिर पार्टीले राष्ट्रियताको दृष्टिकोण, स्पष्ट राष्ट्रिय अडान, राष्ट्रिय हितहरूको पक्षमा बोलेको हुनाले नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्नेबित्तिकै २००७ फागुन ७ गते पछि जुन सरकार बन्यो, राणको नेतृत्वमा बनेको थियो । त्यसपछि आठ सालमा जुन नेपाली कांग्रेसको नेतृत्वमा जुन सरकार बन्यो त्यो एकल सरकारले सहयात्री कम्युनिस्ट पार्टीमाथि उसका कुरा सुनेर राष्ट्रियताको पक्षमा उभिने सही बाटो समाउनुको बदला प्रतिक्रियावादी शक्तिसँग मिल्ने र सहयात्रीका विरुद्ध खनिने र एउटा सहयात्रीमाथि प्रतिबन्ध लगाउने घृणित बाटो समात्यो । नेपाली कांग्रेसले त्यो बाटो अहिलेसम्म पनि सच्याउन सकेको छैन । लगातार नेपाली कांग्रेसको देशभक्त, जनवादी, प्रगतिशील, सामाजिक न्यायाको पक्षधरशक्तिसँग मिलेर अगाडि बढ्नुपथ्र्यो सामाजिक परिवर्तनका निम्ति । तर, नेपाली काँग्रेस एकाँधपटक हामीले धेरै दबाब दिएर, सम्झाएर बाध्य पार्दा मात्रै सहकार्यमा आउने नत्र प्रगतिशील शक्तिका विरुद्ध प्रतिक्रियावादी शक्तिसँग साँठगाँठ गर्ने, प्रतित्रmियावादीसँग घाँटी जोडिने तर जनताको शक्तिसँग जहिले पनि वैरभाव गर्ने गलत नीति नेपाली कांग्रेसले लियो । म चाहन्छु, अहिलेसम्म आइपुग्दा अब नेपाली कांग्रेसले अनुभवहरू लिनुपर्दछ इतिहासका । अब त्यो बाटो लिनुहुँदैन । प्रगतिशील, देशभक्त र जनवादी शक्तिसँग एकता गर्नुपर्छ । यदि कांग्रेस लोकतान्त्रिक शक्ति हो भने लोकतान्त्रिक शक्तिसँग एकता गर्नुपर्छ र प्रतिक्रियावादी शक्तिविरुद्ध । तर, आज अचम्म लाग्छ, कांग्रेस कहाँ पुग्यो ? कांग्रेसका धेरै नेता राजतन्त्र फर्काउने सपना देखेर हिँडेको देख्दा विचित्र लाग्छ । कुनै पनि लोकतन्त्रवादीले सैद्धान्तिक रूपमा जन्मसिद्ध श्रेष्ठताको सिद्धान्त सही हो भनेर जन्मिँदै खेरि शाशक हुन पाउनुपर्छ, मेरो शासक भइदेउ जन्मिएका कारणले भनेर कोही लोकतन्त्रवादीले निवेदन हाल्दैन । जन्मसिद्ध श्रेष्ठता जीवहरूका बीचमा हुन सक्छ । मानव जाति अरू पशुपन्छीहरू सबैभन्दा जन्मसिद्ध श्रेष्ठ छ । तर मान्छेका बीचमा जन्मिँदै कोही ठूलो जन्मने, कोही सानो जन्मने, कोही महान् जन्मिने, कोही शासक जन्मिने, कोही रैती जन्मिने हुँदैन ।
अहिले हामी एउटा ऐतिहासिक परिवर्तनभन्दा पछि, ऐतिहासिक सफलता भन्दा पछि अत्यन्तै कठिन र बलिदानपूर्ण संघर्षहरूको लामो अनुभवको शृंखलासहित आजका उपलब्धिहरूका चाङमा उभिएका छौं । हाम्रा अगाडि आज पनि समस्याहरू छन् । चुनौतीहरू छन् । तर, हाम्रो भविष्य अत्यन्तै उज्ज्वल छ । उज्ज्वल भविष्यतर्फ हामी अग्रसर छौं । हामीले विगतमा राष्ट्रियता, लोकतन्तका लागि तानाशाहीविरुद्ध संघर्ष ग¥यौं । जेलनेल भोग्यौं । पञ्चायतविरुद्ध लड्यौं । अनेक प्रकारका वैचारिक कन्फ्युजनविरुद्ध लड्यौं । कम्युनिस्ट आन्दोलनका नाममा आन्दोलनभित्र पनि विभिन्न प्रकारका विचार–प्रवृत्तिहरूविरुद्ध लड्यौं ।
अब वर्गीय समस्याहरूको समाधानमा ध्यान दिने, समाजको अग्रगामी परिवर्तनका निम्ति केन्द्रित हुने गर्नुपर्छ । यो सबै चिजहरूको नेतृत्व हाम्रो पार्टीले गरिरहेको छ । यो खुसीको कुरा हो । अहिले लगानी भरपर्दो गरी आइरहेको छ । खासै समस्या छैन । देशकारण देश एउटा उत्साहजनक ढंगले अगाडि बढिरहेको स्थिति छ । यति हुँदा पनि आग्रहको पट्टि बाँधेपछि केही पनि भएको देखिँदैन । तर तथ्य र आँकडाहरूले यस वर्ष मात्र चार सयवटा झोलुंगे पुलहरू बनेका छन् । ४० वटा तुइनहरू विस्थापित भएका छन् । आठ सय किलोमिटर बाटो कालोपत्र भएको छ । गत वर्ष अर्थतन्त्र साह्रै डामाडोल भएकाले गत वर्ष हामीले ज्येष्ठ नागरिक भत्ता व्यवस्था गरेका थिएनौं । अत्यन्त नाजुक अवस्थामा देशको अर्थतन्त्र पु¥याइएको थियो । त्यस ठाउँबाट अर्थतन्त्रलाई ठीक बाटोतिर ल्याइएको छ । यसपल्ट ७ प्रतिशतभन्दा बढी वार्षिक वृद्धिदर कायम गर्ने हाम्रो लक्ष्य छ । यो साधारण कुरा होइन । नेपाल अहिले विश्वका तीव्रतर आर्थिक वृद्धिदर भएका देशहरूमध्येमा पर्दछ । यो सफलताको कुरा । यी कुराहरू कम्युनिस्ट पार्टीको नेतृत्वले गर्दा नै सम्भव भएको हो ।
(मन्तव्यमा आधारित )
सम्बन्धित समाचार
- जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
- नयाँ सरकार बनेपछि निराशा हट्दै गएको छ : गृहमन्त्री
- पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
- ३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- ९ वर्षीया बालिका बलात्कार गर्ने ८६ वर्षीय वृद्धलाई जन्मकैद
- माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
- सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज
- शेखर कोइरालाले उद्घाटन गर्ने सम्मेलन संस्थापनले बहिस्कार गर्ने
- निषेधित क्षेत्र घोषणाविरुद्धको रिटमा आज सुनुवाइ
- एमाले केन्द्रीय कमिटीको बैठक आज बस्दै
Leave a Reply