पार्टी एकता र हतास प्रतिक्रियावादी
पुष्पकमल दाहाल प्रचण्ड
यतिवेला अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन तुलनात्मक रूपले निराशाजनक स्थितिमा धकेलिएको छ र यो परिस्थितिमा हामीले नेपाली कम्युनिस्ट आन्दोलनलाई वैचारिक, सांगठनिक र राजनीतिक रूपमा आक्रामक स्तरमा पु¥याउने प्रयत्न गरेका छौं । यो हाम्रा अग्रजहरूले चलाएको वैचारिक बहस, हामीले चलाएका वर्ग संघर्षका बहस र आन्दोलनहरूमा प्राप्त अनुभवहरूको संश्लेषणका रूपमा हाम्रो पार्टी अहिले कम्युनिस्ट आन्दोलनको एउटा आक्रामक मोर्चाका रूपमा रहेको छ । र, यो पार्टीप्रति संसारभरिका न्यायाप्रेमी जनसमुदाय मुख्यतः श्रमजीवी र संसारभरिका कम्युनिस्टहरूको बडो सकारात्मक ढंगले नेपालको नयाँ पहलकदमीप्रति, नेपालको नयाँ परिस्थितिप्रति, गहिरोगरी अवलोकन गर्दै राष्ट्रिय आयाम र अन्तर्राष्ट्रिय दिग्भ्रमहरू र त्यस्तै खालका कसरतहरू हामीले देख्यौं । तर, हामी सफल भयौं । हामीले जनयुद्धलाई जनआन्दोलनलाई एकअर्कालाई परिपूरक मान्दै सम्झौतामा त्यसलाई लैजाने र युगान्तकारी राजनीतिक रूपमा रूपान्तरण गर्ने अभियानमा हामी अन्ततः सफल भयौं ।
संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा भइसकेपछि फेरि आशंकाको स्थिति बन्यो । के संविधानसभाबाट संविधान बन्छ त ? संविधानसभाबाट संविधान बन्न नदिन, लोकतान्त्रिक विधि प्रक्रियाबाट एउटा रूपान्तरण सफल हुन नदिन कसरतहरू भइ नै राखे । पहिलो संविधानसभा असफल भयो । दोस्रो संविधानसभामा हामी सबैलाई थाहा छ, अपवाद नै भन्नुपर्छ, हामीले संभव तुल्यायौं । सहमतिका साथ संविधानसभाबाट अन्तत संघीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयन गरियो ।
संविधान घोषणा गरिसकेपछि पनि यो संविधान कार्यान्वयन होला त ? देशमा आवश्यक ऐननियमहरूको व्यवस्था गरेर या परिवर्तनलाई संस्थागत गर्ने प्रक्रियामा लोकतान्त्रिक निर्वाचनमार्फत जनताको स्वीकृति प्राप्त तिनै तहका सरकारहरू संविधानले परिकल्पना गरेअनुसार अगाडि आउला त भन्ने प्रश्न र आशंका थियो । फेरि एउटा आशंका हामीले सामना ग¥यौं । र अन्ततः फेरि राजनीतिक नेतृत्व र दलहरूको समझदारीका साथ हामीले त्यो कुरालाई पनि सफलतापूर्वक सम्पन्न ग¥यौं । निर्वाचन हुने प्रक्रियासँगै के यो निर्वाचनले देशमा राजनीतिक स्थिरता देला या विकास निर्माणको एउटा नयाँ युगतिर देशलाई लैजान सक्ला ? के देशमा राजनीतिक अस्थिरता, अराजकता र अन्योलको लामो भुमरीबाट देश बाहिर निस्केला भन्ने प्रश्नहरू फेरि खडा भए । निर्वाचन भयो नै भने पनि विगत झन्डै ७० वर्षदेखिको अराजकता, अन्योल र आशंकाको वातावरण कायमै रहने पो हो कि ? सात सालको परिवर्तनपछि सत्र सालमा जनताले दुष्कर्म भोगेकै हुन् । ३० वर्षे पञ्चायती कालरात्रि नेपाली समाजले भोगिसकेको थियो । र, संविधानसभाबाट संविधान बनिसकेपछि पनि निर्वाचन सम्पन्न भएर संविधान बनिसकेपछि पनि के नेपालमा एउटा नयाँ युगको सूत्रपात हुन सक्ला त ? स्थायित्व, विकास, समृद्धि, सुशासन हुन सक्ला त ? भन्ने यो प्रश्न गम्भीर थियो ।
त्यो परिस्थितिमा हामी दुईवटा कम्युनिस्ट पार्टी, दुईवटा धार र दुईवटा प्रयोगबाट एउटा नयाँ निष्कर्षतर्फ अगाडि बढेका पार्टीहरू, त्यसका नेताहरूले एउटा समीक्षा र एउटा नयाँ निष्कर्षमा हामी साहसका साथ पुग्यौं । हामीले कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्न पहल लिनैपर्छ । जतिसुकै अप्ठ्यारो र जटिल भए पनि नेपाल राष्ट्रको हितमा, नेपाली जनताको हितमा र नेपाली कम्युनिस्ट र विश्व कम्युनिस्ट आन्दोलनको हितमा हामीले कदम चाल्नैपर्छ । अब हामीले कदम चालेनौं भने यो देशका निम्ति र आन्दोलनका निम्ति पनि दुर्भाग्यपूर्ण हुन सक्छ । हाम्रा हजारौं सहिदहरूले रगत बगाएर प्राप्त गरेका उपलब्धिहरू, हाम्रा अग्रजहरूको जीवनभरिको त्याग, तपस्या र मेहनतबाट प्राप्त भएको उपलब्धिहरू धरापमा पर्न सक्दछ भन्ने निष्कर्षसहित हामीले पार्टी एकताको संकल्प ग¥यौं । हामीले जब पार्टी एकता गर्ने संकल्पसहित निर्वाचनमा गठबन्धन गरेर जाने निर्णय ग¥यौं । तपाईं–हामीलाई थाहा छ फेरि आशंकहरू पैदा गर्ने कोसिसहरू भए ।
यो एकता सम्भव हुँदैन, भइहाले पनि यो टिक्दैन अथवा यो देशमा कम्युनिस्टहरूको एकता भयो भने निरंकुशता वा अधिनायकवादतिर देश जाने खतरा हुन्छ आदि थुप्रै आशंकाहरू पैदा गर्ने कोसिसहरू भए ।
त्यसका साथै दुवै त्यतिबेलाका पार्टी संगठनहरू र पार्टीका नेतृत्वलाई एकतामा जानका निम्ति रोक्न अनगिन्ति आन्तरिक र बाह्य कसरतहरू भए । हामी सबैले त्यो कुरालाई कुनै न कुनै रूपले आत्मसात् गरेका छौं । आज यो पार्टी स्थापनाकको ऐतिहासिक अवसरमा म सम्पूर्ण कमरेडहरूलाई यो कुरालाई गहिरो गरी स्मरण गर्न अनुरोध गर्दछु ।
सानो मेहनत, सानो संकल्प र सानो विवेकले यो एकता भएको होइन । हामीले निर्वाचन सकिसकेपछि पनि यो एकता रोक्न धेरै किसिमका कसरत नेपालभित्र भए, नेपाल बाहिर पनि भए । तर, हामीले नेपाली जनताका अगाडि जे संकल्प ग¥यौं, जे प्रतिबद्धता व्यक्ति ग¥यौं, ती प्रतिबद्धताबाट बिल्कुल विचलित नभईकन हामी हाम्रो मिसन अगाडि बढ्यौं र अन्ततः गत वर्ष जेठ ३ गते कमरेड मदन भण्डारीको अवसान भएको दिन उहाँलाई श्रद्धा र सम्मान गर्ने दिनमा पार्टी एकता गरेरै छाड्यौं । र, एउटा नयाँ स्थिरता, कम्युनिस्ट आन्दोलनको भविष्य र जनक्रान्तिको एउटा कोसेढुंगा हामीले खडा ग¥यौं । त्यसले नेपाली जनतामा निकै ठूलो उत्साह र भरोसा ल्यायो । कम्युनिस्टहरू जे भन्छन्, अन्ततः त्यही गर्छन् भन्ने एउटा नयाँ उदाहरण हामीले स्थापित ग¥यौं ।
हामीले भनेअनुसार जुन गति र प्रक्रियामा यो एकता प्रक्रिया टुंग्याउनु पर्ने हो, त्यो नटुंगिँदा कता–कता फेरि एकचोटि आशंकाहरू, प्रश्नहरू उठाइए । साँच्चै नेतृत्वले यो एकतालाई अन्तिम रूप दिएर नेपाली कम्युनिस्टहरूको आकांक्षाअनुसार देशलाई नेतृत्वमा लाने होलान् त ? या नलाने होला भन्ने फेरि प्रश्नहरू उठे । हामी यो ७०औं वार्षिक उत्सव मनाउने क्रममा आइपुग्दा हामीले पार्टी एकता प्रक्रियालाई अन्तिम रूप दिन एउटा फलामे ढोका बाँकी थियो । त्यो ढोका फोरिदिएका छौं । र, एकता प्रक्रिया अब अगाडि बढिसकेको छ । जिल्ला कमिटीको नेतृत्व चयन गर्ने कुरा वास्तवमै फलामे ढोकाजस्तै थियो । गाँठो हाम्रो त्यहीनिर परिराखेको थियो । मुख्य गाँठो फुकिसकेपछि अब सजिलै फुक्ने वातावरण आज तयार भएको छ । र, तपाईंहरूका अघि गौरवका साथ हामी नेतृत्वले भन्न सक्ने ठाउँमा आइपुगेका छौं । केही ढिला भएकोमा तपाईंहरूसँग क्षमा माग्दै हामीले मिसन पुरा गरेका छौं । त्यसका निम्ति बधाई पनि ज्ञापन गर्न चाहन्छु ।
राम्रो गर्ने उद्देश्य राखेर विभिन्न काम गर्दागर्दै यो एक वर्षमा गाँठो झनै कसिने काम पनि भए । कार्यदल बनायौं । विभिन्न मापदण्ड बनायौं । यो ग¥यौं, त्यो ग¥यौं । धेरै चिज ग¥यौं । जति अगाडि बढियो त्यति गाँठो कसिएको जस्तो देखियो । अन्ततः हामीले के ठान्यौं भने जहाँबाट सुरु गरेका हौं, हामी उही ठाउँमा जाऔं । नत्र त यो जंगलमा फसेको जस्तो, कता हो कता ? त्यसकारण हामी नेतृत्वले पहिलेकै ठाउँमा जाऔं भन्ने निचोडमा पुगेका हौं ।
यो आफैंमा प्रतिक्रियावादीहरूका लागि एउटा अर्को प्रतिवाद भएको छ भने सम्पूर्ण कम्युनिस्ट र क्रान्तिकारीहरूका लागि नयाँ उत्साह र आत्मविश्वासको विषय हुन सकेको छ ।
हामी भन्न चाहन्छौं अब एक वर्षभित्र महाधिवेशन गर्छौं । आठ महिनाभित्र ७७ जिल्ला र प्रवासका सबै कमिटीको सम्मेलन सकिने र एक वर्षभित्र महाधिवेशन गरिनेछ । जिल्ला कमिटीको अध्यक्ष र सचिव टुंगो लागेसँगै पार्टी एकता मूलभूत रूपमा टुंगिएको छ । अब पार्टीलाई तलसम्म गतिशील बनाउनुपर्छ ।
अब हामी एकछिन पनि ढिलो गर्न सक्दैनौं । हामीले हिजो सचिवालय (समितिको बैठक) मा पनि भनेका छौं । आठ महिनाभित्र ७७ जिल्ला र प्रवासका सबै सम्मेलन सक्नेछौं र एक वर्षभित्र महाधिवेशन सम्पन्न गरिसक्नुपर्नेछ । पार्टीका अधिवेशनलाई भ्रष्टाचार, ढिलासुस्ती, बेइमानी, जालझेलविरुद्ध अभियानका रूपमा लैजानैपर्छ ।
(मन्तव्यमा आधारित)
सम्बन्धित समाचार
- जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
- मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
- सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
- अर्थ मन्त्रालयले तयार पार्यो १०० दिनको कार्ययोजना
- ‘नेपाल फर्स्ट’ परराष्ट्र नीतिको खाँचो
- अडानबाट पछि हटे हर्क साम्पाङ
- मुख्यमन्त्रीको प्रत्यक्ष निर्वाचन
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
- निजगढमा विष्फोट हुँदा एकको मृत्यु, पाँच घाइते
- ९ वर्षीया बालिका बलात्कार गर्ने ८६ वर्षीय वृद्धलाई जन्मकैद
Leave a Reply