टेलिकमलाई उपाधि
काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) ले वार्षिक रूपमा प्रदान गर्ने नेसनल बेस्ट प्रिजेन्टेड अनुअल रिपोर्ट अवार्ड मा नेपाल टेलिकमले रनर अपको उपाधि जित्न सफल भएको छ । विभिन्न विधामध्ये कम्पनीले सामान्य क्षेत्र वर्ग ५ को सेवा क्षेत्रमा सो उपाधि हासिल गर्न सफल भएको हो । आर्थिक वर्ष २०७४÷७५ को वित्तीय विवरणहरू प्रस्तुतीकरण सम्बन्धमा इक्यानले हरेक वर्ष अवार्ड वितरण गर्दै आएको छ ।
गत मंगलबार आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीलाई सो अवार्ड प्रदान गरे । वित्तीय र अन्य जानकारी तथा विवरणहरू वार्षिक रूपमा उत्कृष्ट रूपमा प्रस्तुतीकरण गर्न प्रोत्साहित गर्ने उद्देश्यले सो अवार्ड प्रदान गरिन्छ । आइक्यानले साउथ एसियन फेडरेसन अफ एकाउन्टेन्ट्स (साफा) ले निर्धारण गरेको मापदण्डलाई आधार मानी उक्त अवार्डको घोषणा गर्ने गरेको छ ।
नेपाल टेलिकमले योभन्दा पहिले आर्थिक वर्ष २०६६÷६७, २०६७÷६८ र २०६८÷६९ तथा २०७१÷७२ मा समेत विभिन्न विधामा सो अवार्ड प्राप्त गरिसकेको छ । नेपाल टेलिकमले नेपालमै पहिलोपटक आर्थिक वर्ष २०७१÷७२ देखि नै नेपाल फाइनान्सियल रिपोर्टिङ स्टान्डर्ड (एनएफआरएस) अनुसार आफ्नो वार्षिक वित्तीय विवरणहरू प्रस्तुत गर्दै आएको छ ।
सम्बन्धित समाचार
-
हाई-प्रोफाइल चोरी: चोरीका गहना किनेर गलाउने न्यूरोडका व्यवसायी पक्राउ
-
बुटवलमा फुटपाथ अतिक्रमण हटाउने अभियान सुरु, डोजर चल्यो
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
-
दिल्लीमा देउवाको दौडधुप
-
भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्न टिकट, ग्राउण्ड ह्याण्डलिङदेखि इन्धनसम्म छुट
-
नेपालबाट भारतले थप २५१ मेगावाट बिजुली किन्ने
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
तटीय क्षेत्रका नागरिकको दुःख : नदी तर्न डुंगाकै भर, बाढी आएर लैजाने डर
-
फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
-
काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
Leave a Reply