तामाङ संगीत तथा खाना महोत्सव हुने
काठमाडौं । नेपाल तामाङ कलाकार संघले ‘तामाङ सेलो संगीत तथा तामाङ खाना महोत्सव’ आयोजना गर्ने भएको छ । संघले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी महोत्सवबारे जानकारी दिएका हुन् । महोत्सवमा तामाङ मौलिक गीत फापारे ह्वाई, खान्दोके भाका, ताम्बा गीत तथा नाच, म्हेन्दोमायाका साथमा तामाङ सेलोका विभिन्न भाकाहरू प्रस्तुत हुनेछन् । दुई दिनसम्म चल्ने महोत्सवमा सेलो गीतसंगीतका विभिन्न पक्षहरूबारे बहस तथा छलफल हुने आयोजकले जानकारी दिएका छन् ।
‘तामाङको मौलिक बाजा डम्फुलाई विश्वव्यापी रूपमा चिनाउनु र सयको सांगीतिक पक्षको उजागर गर्नु सेलो संगीत महोत्सव आयोजनाको मुख्य उद्देश्य हो,’ अध्यक्ष सञ्जीव वाइबाले भने, ‘तामाङ खानाको प्रचारप्रासारका साथै तामाङ खाद्य संस्कृतिमाथि विमर्शको थालनी तामाङ खाना महोत्सवको उद्देश्य हो ।’ उनले सेलो संगीतबिना तामाङ भाषा र संस्कृतिका साथै तामाङ पहिचान बाँच्न नसक्ने जनाउँदै डम्फुको महŒव नयाँ पुस्ताले बिर्संदै गएकाले यसबारे तामाङ युवा पुस्तालाई प्रस्ट्याउनुपर्ने आवश्यक रहेको पनि पत्रकार सम्मेलनलाई जानकारी दिए ।
महोत्सवमा दुई दिनसम्म तामाङ खानाको स्टलहरूको साथमा तामाङ वेशभूषा, आदि प्रदर्शन हुने जनाइएको छ । महोत्सव यही मंसिर २७ र २८ गते काठमाडौंको चुच्चेपाटीस्थित हायत ग्राउन्डमा हुनेछ ।
सम्बन्धित समाचार
-
हाई-प्रोफाइल चोरी: चोरीका गहना किनेर गलाउने न्यूरोडका व्यवसायी पक्राउ
-
बुटवलमा फुटपाथ अतिक्रमण हटाउने अभियान सुरु, डोजर चल्यो
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
-
दिल्लीमा देउवाको दौडधुप
-
भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्न टिकट, ग्राउण्ड ह्याण्डलिङदेखि इन्धनसम्म छुट
-
नेपालबाट भारतले थप २५१ मेगावाट बिजुली किन्ने
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
तटीय क्षेत्रका नागरिकको दुःख : नदी तर्न डुंगाकै भर, बाढी आएर लैजाने डर
-
फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
-
काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
Leave a Reply