चिनी उद्योगको गाईजात्रा
नेपालमा दैनिक दुई हजार टन चिनी खपत हुन्छ भनिन्छ । तर नेपालमा एकपछि अर्को चिनी मिल बन्द हँुदैछन् । वीरगन्ज चिनी कारखाना त इतिहासको विषय भयो । पछिल्लो कालमा पनि लुम्बिनी चिनी कारखाना र बासुलिंग चिनी कारखाना बन्द भए । अस्ति भर्खर रौतहटको गरुडास्थित श्रीराम सुगर मिल बन्द भयो । किसान उखु उत्पादन गर्न तयार छन् । देशमा चिनीको माग यो विधि छ, त्यही देखेर चिनी मिल स्थापना गरिन्छ । तर, घाटा लाग्यो भनेर चिनी मिल बन्द हुन्छन् र रिङ्दै घुम्दै चिनी आयातमा गएर कुरा टुंगिन्छ । अहिले त चिनी आयातमा मिल मालिकहरूकै आग्रहमा भन्सार ४० प्रतिशत पु¥याइएको छ । ४० प्रतिशत भन्सार तिरेर ल्याएको चिनीसँग पनि प्रतिस्पर्धा गर्न नसकेर हाम्रा चिनी मिललाई घाटा लाग्छ । सरकारले उखु किसानलाई अनुदानसमेत दिएको छ भने यसो किन भइरहेको छ ?
चिनीको मुख्य कच्चा पदार्थ उखु आफ्नै छ । सरकारले अनुदान पनि दिएकाले नेपाली उखु पक्कै पनि त्यति महँगो छैन । तब ४० प्रतिशतको संरक्षण पाएर पनि हाम्रो चिनीले किन प्रतिस्पर्धा गर्न सक्दैन ? यो सोझो हिसाबले बुझ्न सकिने कुरा होइन । नेपालमा यस्ता उद्योग चल्दैनन् भने नेपाल उद्योग चल्ने मुलुकै होइन भन्नुप¥यो । कच्चा पदार्थमा सरकारी अनुदान र उत्पादनलाई ४० प्रतिशतको संरक्षण हुँदा पनि उद्योग चल्दैनन् भने नेपालमा कस्ता उद्योग चल्लान् ?
अहिले नेपालका चिनी मिलहरूले चिनीको मौज्दात छैन भनेकाले सरकारले नजिकिँदै गरेका चाडपर्वलाई दृृष्टिगत गरेर ३० हजार मेट्रिक टन चिनी आयात गर्न स्वीकृति दिएको छ । उतिखेर वीरगन्ज चिनी कारखानाले उत्पादन गरेको चिनी बंगलादेश र भारतमा निर्यात हुन्थ्यो र वीरगन्ज चिनी कारखाना सरकारलाई सबैभन्दा बढी राजस्व तिर्ने करदातामा पथ्र्यो भने अहिलेका चिनी कारखाना के कारणले यो अवस्थामा पुगे ? कुरा गम्भीर हुनुका साथै रहस्यमय पनि छ । र, सरकार यसबारे पूर्ण जानकार भएर पनि केही नगरी बसिरहेको छ वा केही गर्न नसक्ने अवस्थामा रहेको छ । बजारको स्थायी र विस्तार हुँदो मागलाई हेरेर उद्यमीहरू करोडौं रुपैयाँ लगानी गरेर चिनी उद्योग खोल्छन् । उद्योग खोल्नुअघि लगानीकर्ताहरूले सबै कुरा सोचविचार र हिसाबकिताब गरेरै निर्णयमा पुग्छन् । तर पनि उद्योग सञ्चालनमा आएको केही वर्षमै किन संकटमा पर्छन् ? गोल्छा अर्गनाइजेसनजस्तो अनुभवी र क्षमतावान् औद्योगिक घरानाको उद्योग (श्रीराम सुगर मिल) पनि कसरी बन्दै गर्नुपर्ने गरी घाटामा जान्छ ? यी सबै कुराको गर्भमा पक्कै पनि केही न केही खोट छ, केही न केही छलपकट छ भन्ने कुरा स्पष्टै बुझिन्छ र त्यसको पूर्ण जानकारी सरकारलाई छ भन्नैपर्छ । तर ऊ त्यसलाई तोडेर, भत्काएर अगाडि बढ्न सकिरहेको छैन । यसको बाध्यता के हो, ऊ आफै जानोस् । होइन भने विगतमा नेपालबाट चिनी आयात गर्ने बंगलादेश र भारत अहिले निर्यातकर्ता बन्ने तर गर्न खोज्दाखोज्दै पनि हिजो निर्यात गर्ने नेपाल आज कसरी आयात कर्ता बन्न पुग्यो ?
चिनी नेपालमा आन्तरिक बजार र कच्चा पदार्थको उपलब्धताको दृष्टिले सिमेण्ट जस्तै प्रशस्त सम्भावना बोकेको उद्योगमा पर्छ । र, नपर्नुपर्ने कुनै कारण पनि छैन । त्यसैले यसलाई अघि बढ्नबाट रोक्ने कारण पत्ता लगाई तिनलाई निर्ममतापूर्वक पन्छाएर यी उद्योग नाफामूलक ढंगले चल्ने वातावरण निर्माण गर्नुपर्छ । अन्यथा, नेपालले औद्योगिक विकास र आत्मनिर्भर अर्थतन्त्र निर्माणको उद्देश्य छोडिदिए पनि हुन्छ ।
आर्थिक वृद्धि, रोजगारी विस्तार र आत्मनिर्भर अर्थतन्त्र निर्माणका निमित्त देशमा औद्योगिक विकास गर्नु अपरिहार्य छ । निर्यात वृद्धि र दिगो विकासका निमित्त पनि औद्योगिक विकासको विकल्प छैन । त्यसैले अर्थतन्त्रका यी आधारभूत कडीहरूलाई अघि बढाउन सर्वाधिक योगदान पु¥याउने उद्योग क्षेत्रको विकासका निमित्त सरकारले गम्भीरता देखाउनु जरुरी छ । अहिलेसम्म सरकार यस सन्दर्भमा ज्यादै उदासीन देखिएको छ । चिनी मिलहरूको अवस्थाले यस कुराको पुष्टि गर्छ । औद्योगिक विकासका लागि सरकार र उसको संयन्त्र हदैसम्म उद्योगमैत्री बन्नुपर्छ । त्यसमा देखिएका अड्चनहरू हटाउन तदारुकता देखाउनुपर्दछ । दिन मिल्नेसम्मका सेवासुविधा दिन कन्जुस्याइँ गर्नुहँुदैन । तब मात्र देशमा औद्योगिक विकास, आर्थिक वृद्धि, निर्यात वृद्धि र रोजगारी विस्तार हुन सक्छ ।
सम्बन्धित समाचार
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
- भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
- शिक्षक रुपेश सर्राफ हत्यामा संलग्न ५ जना सार्वजनिक
- बारामा प्रिन्सिपलको हत्या प्रेमिकाकै ब्वाइफ्रेण्डबाट
- खाद्य व्यवस्थाले आजदेखि खसी, बोका र च्याङ्ग्रा बिक्री गर्ने
- सरकार र आन्दोलनरत शिक्षकबीच वार्तामा जुटेन सहमति
- देशभरका शिक्षक कर्मचारीहरू आजदेखि काठमाडौंमा सडक आन्दोलन गर्दै
- आज राष्ट्रिय विज्ञान दिवस
- नेम्वाङको निधनले मर्माहत भएँ : प्रधानमन्त्री
- खार्तूममा हवाई आक्रमण, २० सर्वसाधारणको मृत्यु
- गौरा पर्वका अवसरमा सुदूरपश्चिममा आज र भोलि सार्वजनिक बिदा
Leave a Reply