पाँच डीआईजी थपिँदै, को–को छन् आकांक्षी ?
काठमाडौं । सरकारले नेपाल प्रहरीमा पाँच डीआईजी थप्ने तयारी अन्तिम चरणमा पु¥याएको छ । यससम्बन्धी प्रस्ताव गृह मन्त्रालयले स्वीकृत गरिसकेको छ । अब बस्ने मन्त्रिपरिषद् बैठकले पनि यसलाई स्वीकृत गर्ने बुझिएको छ ।
नेपाल प्रहरीमा पहिले २६ जना डीआईजीको दरबन्दी थियो । त्यो संख्या बढी भयो भन्दै गत फागुनमा १३ मा झारिएको थियो । संख्या घटाउँदा प्रहरीको वृत्ति विकास र कार्यसम्पादनमै पनि आँच पुगेको भन्दै संगठनभित्र यसको व्यापक विरोध रहँदै आएको थियो । अब पाँच दरबन्दी थपिँदा डीआईजीको दरबन्दी १८ हुन्छ । हाल रहेको १३ डीआईजी दरबन्दीमा पनि तीनजना खाली नै छ । तीन डीआईजीमा दिवेश लोहनी, गणेश ऐर, पुरुषोत्तम कँडेल पर्ने निश्चितजस्तै रहेको बताइन्छ । पाँच डीआईजीको दरबन्दी थपिए त्यसका लागि एसएसपीहरू दिलीप चौधरी, राजेशलाल कर्ण, देवबहादुर बोहोरा, रामत्रिपाल साह, पूजा सिंह, सुशीलकुमार यादव, शेरखर कोइराला लगायतबीच प्रतिस्पर्धा हुनेछ ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply