सुराकी लागेपछि दुई गाडी जफत
काठमाडौं । कोभिड–१९ को जोखिम यथावत् रहे पनि भदौको पहिलो हप्तादेखि लगाइएको निषेधाज्ञा हटाइएको छ । तर, सवारीसाधनमा लगाइएको जोरबिजोर प्रणाली भने कायम नै छ । कतै तपाईं जोरबिजोर प्रणालीको उल्लंघन गरेर आफ्नो सवारीसाधनको नम्बर प्लेट परिवर्तन गरेर त गाडी चलाइरहनुभएको छैन ? त्यसो नगर्नुस्, फन्दामा पर्नुहोला ।
जोरबिजोर प्रणालीलाई उल्लंघन गरेर आफ्ना गाडीहरूको नम्बर प्लेट परिवर्तन गरी चलाउने एकजना व्यापारीका दुइटा मूल्यवान् गाडी जफत भएका छन् । केही दिनअघि चाइना टाउन प्लानिङमा तन्नाको होलसेल व्यापार गर्ने सुरेन्द्रकुमार अग्रवालका दुइटा गाडी प्रहरीले समातेर यातायात व्यवस्था कार्यालयमा बुझाएका छन् ।
व्यापारी अग्रवालले बा७च ४४५४ र बा११च ६६५० नम्बरका दुइटा गाडी प्रयोग गर्दै आएका थिए । तर, सरकारले जोरबिजोर प्रणाली लागु गरेपछि भने उनले ती दुवै गाडी बिजोर गतेका दिनचाहिँ बिजोर नम्बर प्रयोग गरेर चलाउँदै आएका रहेछन् । यो कुरा महानगरीय प्रहरी प्रभाग, कालीमाटीले थाहा पाएपछि केही दिनअघि उनका दुवै गाडी जफत गरिएको छ । जफत गरिएका गाडीहरूमा एउटा सेन्ट्रो र अर्को फोर्ड हुन् ।
नम्बर प्लेट परिवर्तन गरी गाडी चलाउनेविरुद्ध सवारी ऐनमा कडा कारबाहीको प्रावधान छ । सवारी ऐनमा त्यसरी नम्बर परिवर्तन गरेका गाडीहरू यातायात व्यवस्था कार्यालयले सिधै जफत गर्न सक्ने व्यवस्था छ । यसबाहेक अपराध गर्नेलाई ५ हजारदेखि १५ हजारसम्म जरिवाना वा ६ महिनासम्म कैद गर्न सक्ने व्यवस्था पनि रहेको छ । यसरी नम्बर परिवर्तन गर्नेलाई अरू अपराधीसरह नै व्यवहार गर्ने भएको हुँदा पक्राउ परेका अग्रवाललाई हत्कडी लगाएरै यातायात व्यवस्था कार्यालय एकान्तकुनामा पेस गरिएको थियो ।
उनका दुवै गाडी भने चाइना टाउन प्लानिङमा राखिएको अवस्थामा पक्राउ गरिएको हो । उनका दुवै गाडी जफत हुनुमा कुनै व्यक्तिले सुराकी दिएको आशंका गरिएको छ । सुराकी दिने व्यक्तिले गाडी जफत भई त्यसको लिलामी हुँदा आउने रकमको २० प्रतिशत पाउने भएको हुँदा कसैले सुराकी दिएर प्रहरीले जफत गरेको अनुमान गरिएको छ ।
सम्बन्धित समाचार
-
हाई-प्रोफाइल चोरी: चोरीका गहना किनेर गलाउने न्यूरोडका व्यवसायी पक्राउ
-
बुटवलमा फुटपाथ अतिक्रमण हटाउने अभियान सुरु, डोजर चल्यो
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
-
दिल्लीमा देउवाको दौडधुप
-
भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्न टिकट, ग्राउण्ड ह्याण्डलिङदेखि इन्धनसम्म छुट
-
नेपालबाट भारतले थप २५१ मेगावाट बिजुली किन्ने
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
तटीय क्षेत्रका नागरिकको दुःख : नदी तर्न डुंगाकै भर, बाढी आएर लैजाने डर
-
फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
-
काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
Leave a Reply