लुम्बिनी गुरुयोजनाको ८५ प्रतिशत निर्माण कार्य सम्पन्न
गत आर्थिक वर्षमा मात्र ९५ प्रतिशत प्रगतिविश्व सम्पदा सूचीमा सूचीकृत भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीको योजनाबद्ध विकास गरी यसलाई प्रमुख पर्यटकीय एवं धार्मिक गन्तव्यका रूपमा विकास गर्न निरन्तर प्रयास जारी रहेको छ । यो सम्पदा स्थलमा संयुक्त राष्ट्र संघसहितको पहलमा प्रा. केन्जो टांगेद्वारा तयार गरी नेपाल सरकारले स्वीकृत गरेको लुम्बिनी गुरुयोजना कार्यान्वयनमा रहेको छ । सो गुरुयोजनाअनुसार हालसम्मको भौतिकतर्फको निर्माण कार्य प्रगति ८५ प्रतिशत रहेको छ । आ.व. २०७६÷७७ मा यस कोषको भौतिक प्रगति ९५ प्रतिशत र वित्तीय प्रगति ९४.६१ प्रतिशत रहेको छ ।
ऐतिहासिक पृष्ठभूमि
नेपालको पश्चिम तराईमा अवस्थित लुम्बिनी, भगवान् शाक्यमुनि बुद्धको जन्मस्थल हो । यो स्थल सन् १९९७ देखि युनेस्को विश्व सम्पदामा सूचीकृत रहेको छ । बौद्ध साहित्यहरूमा लुम्बिनीलाई शाक्यमुनि बुद्धको जन्मस्थल पवित्र उद्यान भनि चित्रण गरिएको पाइन्छ । बौद्ध सम्राट अशोकले ई.पू. २४९ मा यस स्थानमा आउनु भई अभिलेखसहितको प्रस्तर स्तम्भ स्थापना गर्नुभएको छ । विभिन्न कालखण्डमा थुप्रै प्रसिद्ध बौद्ध तीर्थयात्रीहरूले लुम्बिनी भ्रमण गरेको कुरा इतिहासमा भेटिन्छ । प्रसिद्ध चिनियाँ तीर्थयात्री बौद्ध भिक्षु हुयेनसाङले सातौ शताब्दीमा लुम्बिनीलगायत बौद्ध ऐतिहासिक स्थलहरूको समग्र तीर्थयात्राको लेखोट वृत्तान्त या दस्तावेज आजसम्म सर्वाधिक प्रसिद्ध यात्रा वृत्तान्त मानिन्छ । उनीपछि पश्चिम नेपालका सम्राट रिपु मल्लको लुम्बिनी भ्रमण आदिले लुम्बिनी त्यसताकासम्म जीवन्त बौद्ध धार्मिक स्थल रहेको प्रस्ट हुन्छ । अशोक स्तम्भमा रिपु मल्लले कँुदाएको महायानी मन्त्र ओममानीपद्मे हुँले जीवन्त संस्कृतिको छनक जनाउँछ । सन् १८९६ मा आइपुग्दा लुम्बिनीको अशोक स्तम्भ भत्केको विशाल इँटाको भग्नावशेषका बीचमा टुप्पो मात्र देखिएको अवस्थामा थियो । तत्कालीन समयमा भारतमा बेलायती उपनिवेश इस्ट इन्डिया कम्पनीले आरम्भ गरेको पुराताŒिवक सर्वेक्षणमा संलग्न पुरातत्वविद्हरू बुद्धजन्मस्थल लुम्बिनीका सम्बन्धमा खोज अध्ययन गरिरहेको थियो । सन् १८९६ मा पुरातत्वविद् डा. ए फुहरर र पाल्पाका बडाहाकिम जनरल खड्गशमशेरको संयुक्त प्रयासमा पत्ता लागेको थियो । पुराताŒिवक उत्खनन गरिएपछि त्यो स्तम्भ, अशोक स्तम्भ रहेको तथ्य स्पष्ट पारेको थियो । यही अशोक स्तम्भमा कुँदिएको प्राचीन अभिलेखमा शाक्यमुनि बुद्धको जन्मस्थल लुम्बिनी स्थान नाम किटानीका साथ उल्लेख भएको तथ्य फेला परेको हो । लुम्बिनीबारे प्रमाणसहितको तथ्य फेला परेपछि लुम्बिनी र बुद्धजन्मस्थलका सम्वन्धमा विश्वभर व्यापक चर्चा सुरु भयो र संसारभरबाट बौद्धमार्गीहरू, पुराताŒिवकवेत्ताहरू लुम्बिनी भ्रमणमा आउन थाले अशोक स्तम्भमा लेखिएका अभिलेखहरूको पनि थप पुष्टि भयो ।
लुम्बिनीको गुरुयोजना
सन् १९६७ मा संयुक्त राष्ट्रसंघका तत्कालीन महासचिव महामहिम उ थान्त लुम्बिनी भ्रमण आएका थिए । उनको लुम्बिनी भ्रमणले लुम्बिनीमा नयाँ आयाम नै थपिदियो । उनले लुम्बिनीको महŒव र भविष्य देखेको विषय उठान भएको थियो । बर्माका नागरिक संयुक्त राष्ट्रसंघका महासचिव उथान्तलाई त्यतिबेलाका पत्रकारले लुम्बिनीबारे जिज्ञासा राखेपछि उनले लुम्बिनीको महŒव र विकास विश्वस्तरमा रहेको बताएका थिए । उनकै पहलमा सन् १९७० मा लुम्बिनी विकासका लागि अन्तर्राष्ट्रिय समितिको संयुक्त राष्ट्र संघमा गठन भयो । त्यसपछि सन् १९७२ मा लुम्बिनीको योजनाबद्ध विकासका लागि गुरुयोजना बनाउन जापानका वास्तुकलाविद् प्रा. केन्जो टागेको नेतृत्व रहेको विज्ञहरूको छनोट भयो । जुन टिमले ६ वर्ष लगाएर सन् १९७८ मा लुम्बिनी गुरुयोजना तयार पा¥यो । लुम्बिनी विकास कोषको मुख्य परियोजना लुम्बिनी गुरुयोजनाको कार्यान्वयन हो । यो परियोजना राष्ट्रिय गौरवका योजना पनि हो ।
लुम्बिनी गुरुयोजनामा उत्तर दक्षिण तीन वर्ग माइल क्षेत्रमा फैलिएको छ, जसमा उत्तरबाट मध्यभागमा एक वर्ग माइलको तीन खण्डलाई क्रमशः पुराताŒिवक क्षेत्र पवित्र उद्यान, अन्तर्राष्ट्रिय बौद्ध विहार क्षेत्र र नयाँ लुम्बिनी गाउँसमेत मुख्यतया तीन क्षेत्रमा विभाजन गरिएको छ । लुम्बिनी गुरुयोजना तयार भएपछि कार्यान्वयनका लागि सर्वप्रथम सन् १९७८ मा विकास समिति गठन ऐन, २०१३ का आधारमा लुम्बिनी विकास समिति गठन भयो । लुम्बिनी विकास सम्बन्धी केही काम हुन थाले । त्यसपछि आएका थुपै्र अप्ठ्याराहरूलाई छिचाल्दै अधिकार सम्पन्न ऐन प्रदत्त स्वयत्त निकायको अवधारणामा २०४२ साल (सन् १९८५) मा लुम्बिनी विकास कोष ऐनद्वारा लुम्बिनी विकास कोषको गठन भई लुम्बिनी गुरुयोजनाको कार्यान्वयन र बृहत्तर लुम्बिनी क्षेत्र नवलपरासीका रामग्रामदेखि बुद्ध भगवान्को जन्मस्थल लुम्बिनी र प्राचीन कपिलवस्तु शाक्यमुनि सिद्धार्थ गौतम बुद्धको गृहनगर तथा क्रकुछन्द, कनकमुनिलगायत पूर्वबुद्धहरूको भूमि समग्र बुद्धहरूको भूमिको विकास, धार्मिक, ऐतिहासिक, पुराताŒिवक अध्ययन, उत्खनन, संरक्षण, वैज्ञानिक विधिको अध्ययनहरूका माध्यमबाट थप पुष्टि, प्रमाणिकीकरण आदि कार्यहरू हुँदै आएको छ ।
गुरुयोजनाको कार्यान्वयन
लुम्बिनी विकास कोषले लुम्बिनी गुरुयोजनाको मुख्य भागका तीन क्षेत्रमा काम गरिरहेको छ । पहिलो पबित्र उद्यान, दोस्रो अन्तर्राष्ट्रिय बौद्ध बिहार क्षेत्र र तेस्रो नयाँ लुम्बिनी गाउँ ।
पवित्र उद्यान
यो लुम्बिनीको सबैभन्दा महŒवपुर्ण क्षेत्र हो । यो क्षेत्र गुरुयोजनाको सबैभन्दा दक्षिणतर्फ रहेको छ । यहाँ मायादेवीको मन्दिर, अशोक स्तम्भ, जन्मस्मारक शिला, सिद्धार्थ जन्ममूर्ति, पुष्करिणी पोखरी, अशोककाल र पूर्वमौर्यकालका इँटाको संरचना, बुद्धकालसम्मका इँटाको बुट्टा, सांस्कृतिक अवयव, प्राचीन बौद्ध विहारहरूको भग्नावशेष आदि रहेका सन् १९९७ देखि युनेस्कोको विश्व सांस्कृतिक सम्पदामा सूचीकृत सम्पदा रहेका छन् । यस पवित्र उद्यान क्षेत्रमा लुम्बिनी गुरुयोजनाअनुसारका चार पोखरीहरू, विश्व सम्पदा स्थल वरिपरिका ८० वर्गमिटर तथा केही साना गरी ४१ चाक्लाहरूमा हरियाली सदावहार उद्यानलगायतको प्रारम्भिक चरणको निर्माणका कार्यहरू सम्पन्न भएका छन् । सन् २०११–१३ सम्मका युनेस्को जेएफआईटी परियोजनाले पुराताŒिवक उत्खनन, अध्ययनले वैज्ञानिक रूपमा नै शाक्यमुनि बुद्धको जन्मस्थल लुम्बिनीको प्रमाणीकरण भइसकेको छ ।
अन्तर्राष्ट्रिय बौद्ध विहार क्षेत्र
यो क्षेत्रमा सानो बौद्ध विश्व जगत् रहेको छ । बीचमा केन्द्रीय नहर र दुईतर्फ नहर पुर्वपट्टि १३ वटा बिहार निर्माणार्थ छुट्ट्याइएका चाक्लाहरूमा नेपाल लगायत सात विहार निर्माण भएका छन् । पश्चिमपट्टि महायानी २९ चाक्लामध्ये विदेशी १२ देशसहित देशका विहार बन्नेगरी २१ वटा चाक्लाहरूमा गोन्पाहरू निर्माण भइसकेका तथा निर्माणधीन रहेको छ । लुम्बिनी गुरुयोजनाको पूर्वतर्फ श्रीलंका, म्यानमार, थाइल्यान्ड, कम्बोडिया, क्यानडा, भारतसहितका बौद्ध विहार छन् भने पश्चिमतर्फ चीन, सिंगापुर, कोरिया, फ्रान्स, जर्मनी, भियतनाम, क्यानडा, अस्ट्रिया, नेपाललगायत मुलुकका बुद्ध विहार निर्माण भएकोे छ । सहायक सडक तथा सेवा सडकहरू निर्माण भइसकेको छ । प्रत्येक विहारका बीचमा आकर्षक बगंैचासहितको प्रवेश आँगन तथा गाडी पार्किङ बनाइने स्थान छ । यो लुम्बिनी गुरुयोजनाको मुख्य भागको बीचको भागमा छ ।
नयाँ लुम्बिनी गाउँ
लुिम्बनी गुरुयोजना मुख्य एक वर्ग माइल चौडाइ तथा तीन वर्गमाइल लम्बाइ क्षेत्रको यो क्षेत्रमा आवासीय क्षेत्रलाई केन्द्रित गरिएको छ । उत्तरतर्फ सर्वसाधारणदेखि पर्यटक बस्ने उच्च, मध्यम तथा सरल प्रकारका होटल रहेको छ । हाल उच्च, मध्यम दुई जापानी होटल तथा सरल श्रीलंकाली तीर्थयात्री आवास निर्माण सम्पन्न भई कार्यान्वयनमा रहेको छ । गुरुयोजनाको यस क्षेत्रमा कोषको प्रशासनिक भवन, तीर्थयात्री सूचना केन्द्र, संग्रहालय, पुस्तकालय, सभा बैठक कक्षहरू, क्याफे रेस्टुरेन्ट, उपहार पसल, बैक, प्रहरी सुरक्षा, स्वास्थ्य चौकी आदि रहेको लुम्बिनी सांस्कृतिक केन्द्र क्षेत्रमा लुम्बिनी गुरुयोजनाअनुसारका निर्माण कार्यहरू अधिकांश सम्पन्न भई कार्यान्वयनमा आइसकेका छन् भने केही निर्माणाधीन छन् । बाँकी केही संरचना यस वर्षबाट कार्य थालनी गर्न आवश्यक कार्य तथा प्रक्रिया अगाडि बढाइसकिएको अवस्था छ ।
हालसम्म सम्पन्न मुख्य कामहरू
– पवित्र उद्यान क्षेत्रमा पोखरीहरूको निर्माण कार्य सम्पन्न ।
– लुम्बिनी गुरुयोजनावरिपरि १६ किलोमिटर सुरक्षा पर्खाल निर्माण कार्य सम्पन्न ।
– लुम्बिनीको मेरुदण्डका रूपमा रहेको गुरुयोजनाअनुसारको केन्द्रीय नहर पूरा भई गुरुयोजनाअनुसार नै तीर्थयात्री एवं पर्यटकलाई उत्तरतर्फबाट बुद्ध जन्मस्थलसम्म जान र आउन व्यवस्था गरिएको । केन्द्रीय नहरमा डुंगा सञ्चालन गरिएको ।
– प्रा. केन्जो टाँगेले तयार गरेको शैलीमा प्रशासकीय भवन तथा पर्यटक सूचना केन्द्र निर्माण कार्य सम्पन्न भएको ।
– वाटर टावर तथा सप्लाई सिस्टम, टेलिकम्युनिकेसनलगायत कार्य सम्पन्न ।
– कपिलवस्तु जिल्लाको ऐतिहासिक एवं पुराताŒिवक स्थल राजा शुद्धोधनको प्राचीन दरबारमा पर्यटक एवं तीर्थयात्रीहरूलाई सहज रूपमा पुराताŒिवक क्षेत्रको ज्ञानको निमित्त ४ सय मिटरको काठको रिभरसिवल पैदल मार्ग निर्माण सम्पन्न भएकोे ।
– मायादेवी मन्दिर परिसरमा अव्यवस्थित रूपमा रहेका माला, क्युरियो पसल, चमेनागृह आदिलाई गुरुयोजनाअनुरूप उत्तरी बसपार्कमा व्यवस्थित गर्ने काम सम्पन्न भएको ।
– सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी सशस्त्र प्रहरी तथा नेपाल प्रहरी दंगा नियन्त्रणबाट थप जनशक्तिको व्यवस्था एवं सुरक्षा पोस्टहरू निर्माण गरी हरेक गेटहरूमा चेकजाँचको व्यवस्था मिलाइएको । साथै गुरुयोजना क्षेत्रमा १ सय ७५ वटा सिसिटिभी क्यामरा जडान गरी लगातार मोनिटरिङको व्यवस्था मिलाइएको ।
– शान्तिदीपदेखि मायादेवी मन्दिर परिसरसम्म आवागमनका लागि टायल बिछ्याई यात्रुहरूलाई सहजीकरण गरिएको ।
– गुरुयोजनाअनुसारका विभिन्न कम्पोनेन्टहरूको निर्माण कार्य सञ्चालनमा रहेको ।
– कपिलवस्तुस्थित प्राचीन कपिलवस्तु दरबार, हालको तिलौराकोट क्षेत्रमा पुराताŒिवक उत्खनन, अन्वेषण गरी थप तथ्यहरू प्राप्त गर्न सफल भएको ।
– राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा लुम्बिनी क्षेत्रको व्यापक प्रचारप्रसार भएको छ ।
– प्वित्र उद्यान र केन्द्रीय नहरमा आकर्षक विद्युतीकरणका कार्य ।
गत आव मा मात्र सम्पन्न गरिएका कामहरू
० देवदहको भवनवरिपरि फेन्सिङ, पुराताŒिवक क्षेत्रहरूमा सौन्दर्यकरण, शौचालय निर्माण तथा अन्य आवश्यक स्थानमा तारबारलगायत कार्य ८० प्रतिशत सम्पन्न भएको छ ।
० रामग्राम क्षेत्रको गुरुयोजना निर्माण कार्य सम्पन्न भएको ।
० ५ हजारजना अट्ने क्षमता भएको सभाहल निर्माणको पहिलो चरणको कार्य ९० प्रतिशत सम्पन्न भएको छ ।
० नेपाली सेनाको सहयोग तथा कोषद्वारा १२ हजार फलफूलका बिरुवा वृक्षरोपण गर्ने कार्य सम्पन्न भएको छ ।
० गौतम बुद्ध फलफूल वाटिका निर्माण तथा सौन्दर्यीकरण गर्ने कार्य सुरु भएको छ ।
० विद्युतीय सवारीसाधनको चार्जिङ स्टेसन निर्माण कार्य सम्पन्न भएको छ ।
० महिलावर चोकदेखि मायादेवी मन्दिर जाने करिब ८ सय मिटर सडक स्तरोन्नतिको कार्य सम्पन्न भएको ।
० कोलोन्याड र सिम्बोलिक पेभिलियन निर्माण कार्य ९० प्रतिशत सम्पन्न भएको छ ।
० नेपालको राष्ट्रिय कानुन एवं विश्व सम्पदा प्रणालीअनुसार व्यवस्थापन गर्न सहज हुनेगरी लुम्बिनी विश्व सम्पदा स्थलको एकीकृत व्यवस्थापन संरचना (इन्टग्रेटेड मेनेजमन्ट फ्रेमवर्क) तयार गरी स्वीकृतिका लागि नेपाल सरकार (मन्त्रिपरिषद्) मा पेस गरिएको छ ।
अन्र्तराष्ट्रिय बौद्ध ध्यान केन्द्र ः दक्षिण एसियाकै नमुना सभाहल
गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा निर्माणाधीन ५ हजार जना अट्ने सभा हल तथा ध्यान केन्द्रको निर्माण कार्य दुई वर्षअघिबाट सुरु भएको हो । ३८ करोड ५६ लाख रुपैयाँको लागत इस्टमेट भए पनि ३१ करोड ७९ लाखमा पहिलो चरणको काम २०७६ चैत ५ मै सम्पन्न गर्नेगरी ०७४ चैत ६ मा सम्झौता भए पनि यसको शिलान्यास बुद्धजयन्तीको अवसरमा पार्दा केहि महिना पछि (२०७५ वैशाख) धकेलिएको थियो । कोरोनाका कारण निर्धारित मितिमा पहिलो चरणको काम सम्पन्न नहुने भएपछि असोज मसान्तसम्मका लागि अवधि थपिएको छ । यद्यपि, लकडाउनबीच पनि काम भने निरन्तर जारी थियो । ‘यस वर्षको बुद्ध जयन्तीको कार्यक्रम नयाँ सभा हलमा नै गर्ने भन्ने थियो तर कोरोनाका कारण प्रभावित बन्यो, पहिलो चरणको लागत पनि घटेको छ । लुम्बिनी विकास कोषका सदस्य सचिव ज्ञानिन राईले भने, ‘फल्ससिलिङलगायत केही निर्माण सामग्री चीनबाट ल्याउनुपर्ने भएकाले अलिकति ढिलाइ भए पनि सो सामग्री नेपाल आइसकेकाले काम अब चाँडै सम्पन्न हुन्छ ।
पहिलो चरणको ८५ प्रतिशतभन्दा बढी काम सकिएको छ । कोरियन प्रविधिबाट बनाउनुपर्ने सभाहलको छाना हाल्न दक्ष कामदार चाहिने तर ती कामदार नभएकाले काम रोकिएको थियो तर हेटौंडा र काठमाडौंबाट कामदार ल्याएर लकडाउनकै बीच पनि काम सुरु गरिएको थियो । सन् २०१६ को अन्तर्राष्ट्रिय वौद्ध सम्मेलन मनाउँदा पानीले कार्यक्रम नै प्रभावित बनेपछि सोही कार्यक्रममा उपस्थित सम्माननीय प्रधानमन्त्री केपी ओलीले लुम्बिनीमा आधुनिक र भव्य सभाहल बनाउन निर्देशन दिएका थिए । गुरुयोजनामा यसको व्यवस्था नभए पनि प्रधानमन्त्रीको निर्देशनपछि आवश्यक प्रक्रिया सुरु गरेर सभाहल निर्माण थालिएको हो ।
सभाहल तथा ध्यान केन्द्र निर्माण सम्पन्न भएपछि यो स्थल विश्वका बौद्ध धर्म मान्ने देश मात्र नभएर अरू पश्चिमा मुलुकका अध्येता तथा अनुसन्धानकर्ताका लागि पनि आकर्षक गन्तव्य बन्ने बताइन्छ । हजारौं मान्छे एकैचोटि ध्यान गर्न मिल्ने मात्र नभएर ठूला अन्तर्राष्ट्रियस्तरका सभासम्मेलन, प्रदर्शनी, योगलगायत विभिन्न कार्यक्रम गर्न पनि यो स्थान उपयुक्त हुने कोषका सदस्य सचिव राईले बताए । लुम्बिनीमा हुने बुद्ध जयन्ती समारोह, आध्यात्मिक, धार्मिकलगायत कार्यक्रम गर्न हलको अभाव भएपछि लुम्बिनी विकास कोषले दक्षिण एसियाकै नमुना सभाहल बनाउन लागेको हो ।
यस अन्तर्राष्ट्रिय बौद्ध सभाहलमा ध्यान गर्दा आनन्दको अनुभूति प्रदान होस् भनी ध्यानकेन्द्रको छानो गोलाकार र रुफ इलिभेसन इलिप्टिकल आकारमा डिजाइन गरिएको छ । छानोमा नयां प्रविधिका बीच भागमा थर्माेकोलसहित साउन्ड इन्सुलेसन, हिट इन्सुलेसन हुने किसिमका ५० एमएमको ईपीएस स्यान्डविच रुफ प्यानलको प्रयोग गरिएको छ । सो हलमा ध्यान गर्न प्रत्येक व्यक्तिका लागि १ वर्ग मिटरको क्षेत्र फल राखिएको छ । जसमा एउटा ब्लकमा चारजना मानिस बस्ने व्यवस्था मिलाइएको छ । आवतजावतका लागि २ मिटर चौडाइ भएको ठाउँबाट भित्र–बाहिर गर्ने व्यवस्था मिलाइएको छ भने फ्लोरमा सेतो रङको माजाइक र चार इन्चको सेतो मार्बलले सीमांकन गरिएको छ । कुल फ्लोर एरिया ८,३८६.८८ वर्गमिटर रहेको छ । यस हलमा ५ हजारजना मात्र नभई एक हजार, दुई हजार, तीन हजारजना गरी आवश्यकतानुसार बस्न मिल्नेगरी रोलर पार्टिसनको व्यवस्था गरिएको छ । यस सभाहलमा प्रवचन, भजन, भाषणहरू जुनसुकै कुनाबाट पनि स्पष्ट सुन्न सकिने किसिमले अत्याधुनिक स्पिकरको व्यवस्था, कार्यक्रमको प्रत्यक्ष प्रसारणका लागि भिडियो स्क्रिन तथा पर्याप्त लाइटको व्यवस्था गरिएको छ ।
सम्बन्धित समाचार
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
- काठमाडौंमा आज यस वर्षको सबैभन्दा जाडो
- एमालेको समृद्धिका लागि संकल्प यात्राको टोली आज दैलेख पुग्दै, चारदिन कर्णालीमै रहने
- डेडल्धराबाट देउवालाई अध्यक्ष ओलीको फोन
- कसैले चाहँदैमा राजतन्त्र फर्किनेवाला छैन : सभापति देउवा
- उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्ने ६ जनालाई २ वर्ष कैद
- टिकटकको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश
- भूकम्प प्रभावित परिवारको अस्थायी आवास निर्माणका लागि पहिलो किस्ता निकासा
- आज छठ पर्व, सूर्यको पूजा आराधना गरी मनाइँदै
- रुपन्देहीमा बस दुर्घटना : २० जना घाइते
- आजबाट छठ पर्व सुरु
Leave a Reply