अन्तरद्वन्द्व र संकटको पहिचान

हरेक मानिस द्वैध चरित्र, पाखण्ड र आडम्बरको धरातल टेकेर उभिएका हुन्छन् । एकातिर असल र मानवीय भावना र अर्कोतिर दुष्कर्म र क्रुर व्यक्तित्वले मानिसलाई छोपेका हुन्छन् । सुप्रसिद्ध कथा–उपन्यासकार नारायण ढकालको एउटा कथा ‘शिवप्रकाश र शिवप्रकाश’ मा द्वैध व्यक्तित्व बोकेर बाँचेका एउटा पात्रको सफल र उत्कृष्ट चित्रण गरिएको छ ।
यो ढकालको पछिल्लो कथाकृति ‘तमस’ भित्रको एउटा कथा हो । शिवप्रकाशहरूलाई जन्माउने आखिर कोही होइनन्, हरेक समाज र राज्यव्यवस्थाका कमजोर तŒवहरूले नै शिवप्रकाशहरू जन्मिन्छन् । उनीहरूका अथाह इच्छा, महŒवाकांक्षाहरू झ्यागिँदै जान्छन् र त्यसले सामाजिक, राजनीतिक, सांस्कृतिकलगायत क्षेत्रमा विसंगतिका टुसाहरू उमार्न सघाउ पु¥याउँछन् ।
कथा–सर्जक ढकालको यो कृतिमा साढे तीन दशकको नेपाली समाज, राजनीतिलगायतको तस्बिर देख्न सकिन्छ । पञ्चायतकालीन समयलाई उतारिएका केही कथादेखि पछिल्लो समय लेखिएका कथाहरूको बाहुल्य छ । ‘कफ्र्यु’ मा २०४६ सालको जनआन्दोलनको पूर्वसन्ध्याको गन्ध आउँछ । जनआन्दोलन हुनुअघि पञ्चायती व्यवस्थाको विपक्षमा पत्रकारिता गर्ने केही पात्रका मनोदशा केलाउने उद्देश्यबीच यो कथा उभिएको छ । तत्कालीन समयमा कुनै समाज÷टोलमा आएर बस्ने नौला मानिसप्रति रैथानेहरूले बनाउने दृष्टिकोण र उनीहरूका असहयोगी रवैयाको राम्रो चित्रण गरिएको यो कथामा पञ्चायतको आखिरी समयको, सहरको एउटा भित्री बस्तीको तस्बिर उतार्न खोजिएको छ ।
एक हिसाबले, पञ्चायती व्यवस्था आतंकको पर्याय थियो । ‘तमस’ मा व्यवस्थाका नजरमा हरेक व्यक्ति विद्रोही, शंकालु र व्यवस्थाविरोधी थिए । व्यवस्थाले शंकालु नजरले हेरेका व्यक्तिहरूले चरम यातना भोग्नुपथ्र्यो, अनावश्यक केरकारको सामना गर्नुपथ्र्यो । तत्कालीन व्यवस्थाले जनपंक्तिमा छरेको आतंकको राम्रो चित्रण गरिएको छ, यो कथामा । पञ्चायतकालीन समयमा शासक वर्ग र तिनलाई भरथेग गर्ने सुरक्षा व्यवस्थाको रवैया कस्तो थियो ? वर्तमान पुस्तालाई बुझ्न सघाउ पु¥याउँछ ।
‘अश्लील’ पनि पञ्चायतकै पृष्ठभूमिमा लेखिएको कथा हो । ढोंग र आडम्बरलाई पचाउन नसक्ने एउटा पात्रको व्यंग्यबोध र विद्रोही भाव झल्किएको छ । आफूले आदर्श नठानेको पात्रको शोकसभामा व्याप्त ढोंगी प्रवृत्ति र चरित्रलाई खिसी गर्ने एउटा पात्रको मनोविज्ञानलाई देखाउन सक्षम ठहरिएको छ, यो कथा । संग्रहका १३ वटै कथा आ–आफ्नो धरातलमा, आ–आफ्नै भावभंगी सँगालेर दह्रोसाथ उभिएका छन् ।
‘आत्महन्ता’ लामो कथा हो । लगभग उपन्यासजत्तिकै आयाम बोकेको । पहिले नै कृतिका रूपमा आइसकेको यो कथालाई फेरि समेटिएको छ । एउटा कृतिकै रूपमा आइसकेको कथालाई किन अर्कै संग्रहमा समेटियो ? भन्ने प्रश्न स्वाभाविक रुपमा उठ्छ । यद्यपि, यो कथा पाठकहरूलाई भरपुर खुराक बन्नेमा भने दुईमत छैन ।
मूलतः ढकालका कथाहरू राजनीतिक क्षेत्रमा व्याप्त विसंगत चरित्र, मानवीय मूल्य र मान्यतामा देखिँदै गएको ह्रास, व्यक्तित्वका तीव्र विघटन र सामाजिक क्षेत्रमा आएका परिवर्तन र त्यसले जनपंक्तिमा पारेको तिखो प्रभावबारे सजीव र आकर्षक चित्रण गर्न सक्षम देखिन्छन् । विषयवस्तुको चयन, विस्तार एवं काँटछाँटमा सिद्धहस्त ढकालका कथाहरू हामी बाँचिरहेको समाजभित्र उब्जिएका अन्तरद्वन्द्व र संकटको गहिरो पहिचान गरी त्यसलाई सतहमा उतार्न सक्षम देखिएका छन् ।
कृति ः तमस
विधा ः कथा
कथाकार ः नारायण ढकाल
प्रकाशक ः बुकहिल
पृष्ठ ः २६५
मूल्य ः ४००।–
सम्बन्धित समाचार
-
एमालेको संकल्प यात्रा अभियान लुम्बिनीमा प्रवेश
-
एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा तीन जनाको दाबी
-
पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको ‘रिग क्षेत्र’
-
पेरुको पहाडमा बस दुर्घटना, १३ जनाको मृत्यु
-
झपक्कै फुल्यो आँप
- Golanjor
-
चितवनमा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड
-
खाना पकाउने ग्यासको छिट्टै दुई थरी मूल्य
-
ज्ञानेन्द्र शाहीले गरे राप्रपामा प्रवेश
-
राष्ट्रपति भण्डारीले पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गर्दै
-
जिन्दगीसँग सवालजवाफ
-
संस्कृतिविद्को परिचयवृत्त
Leave a Reply