वामदेव र बादलमाथि भरोसा
काठमाडौं । सत्तारूढ पार्टी नेकपाभित्रको विवाद अहिले स्थायी कमिटीमा पुगेको छ । सचिवालयले विवादको समाधान गर्न नसकेपछि स्थायी कमिटीको बैठकमा यो विवादलाई प्रवेश गराइएको हो । गत आइतबारबाट सुरु भएको स्थायी कमिटी बैठक एक साताका लागि स्थगित गरेर २८ गतेका लागि बोलाइएको छ । पार्टीका सबै कमिटीमा अल्पमतमा रहेका पार्टी अध्यक्ष केपी ओली समूहले यो एक हप्ताको समय जतिसक्दो आफ्नो पक्षमा बहुमत जुटाउने तर कुनै हालतमा नगल्ने प्रयोजनमा खर्चिने नीति लिएको बुझिएको छ । त्यसका लागि उपाध्यक्ष वामदेव गौतम र रामबहादुर थापा बादललाई कसरी हुन्छ हात लिन सबै प्रयत्न गर्ने तयारी गरिरहेको स्रोतले बतायो ।
पार्टी र सरकार दुवै एकलौटी रूपमा चलाएको भन्दै अर्का अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाललगायतको ठूलो समूहले अध्यक्ष ओलीले प्रधानमन्त्री र अध्यक्षमध्ये एक पद छाड्न दबाब सिर्जना गर्दै आएको छ । तर ओलीले एक पद पनि नछाड्ने अडान छाडेका छैनन् । यद्यपि, स्थायी कमिटी बैठक कुनै समाधान दिने निष्कर्षमा पुग्दा आफूले यही समीकरणीय अवस्थामा पद जोगाउन नसक्ने बुझेका ओलीले अन्तिम भरोसा गौतम र बादलमाथि राखेको बताइन्छ ।
विगतमा उधारो आश्वासन दिएर सजिलै आफ्नो पक्षमा पारेका ओलीले यसपटक पनि गौतमलाई त्यस्तै सूत्र प्रयोग गरेर आफ्नो पक्षमा पार्न सकिने निकटस्थहरूसँग बताउने गरेको बुझिएको छ । तर, यसपटक गौतम कुनै हालतमा उनको जालमा नपस्स्ने संकेत देखिएको छ । विधि र पद्धतिका पक्षमा दृढसँग उभिएका गौतमले यसअघि गरिएको उपप्रधानमन्त्री आश्वासन पनि ठाडै अस्वीकार गरेका छन् । पहिले आफैंले राष्ट्रिय सभामा ल्याउने आश्वासन दिएर महिनौं झुलाउने, पद लोलुपता देखाएर बदनाम गराउने काम ओलीबाटै भएको भन्नेमा गौतम राम्रैसँग जानकार भएको बताइन्छ । त्यसमाथि पछिल्लो समय बालुवाटारबाटै उनका पुराना तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेर बदनाम गर्ने काम भएपछि उनी थप रुष्ट भएका छन् । अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको प्रस्ताव आरोपपत्र मात्र भएकाले उक्त प्रस्ताव फिर्ता हुनुपर्ने अध्यक्ष ओलीको भनाइलाई कडा तरिकाले गौतमले नै प्रतिवाद गरेका थिए । उक्त प्रस्ताव प्रचण्ड एक्लैको नभएर हामी सबैको हो भन्दै गौतमले आफूलाई पार्टीभित्रको बेथितिविरुद्ध सशक्त रूपमा उभ्याएका छन् ।
पूर्वमाओवादी समूहका बादल भने प्रस्ट नखुलेकाले उनको साथ पाउने ओली समूहको ठम्याइ छ । गृहमन्त्रीसमेत रहेका बादललाई साथमा लिएर पूर्वमाओवादी समूहलाई टुक्र्याउने नीति बालुवाटारको छ । तर, सरकारमा रहँदाका केही सीमा र बाध्यताले गर्दा उनी नखुलेको, खुल्नुपर्ने अवस्था आए प्रचण्ड समूहसँगै रहने उनी निकटस्थहरूले बताउने गरेका छन् ।
सम्बन्धित समाचार
-
हाई-प्रोफाइल चोरी: चोरीका गहना किनेर गलाउने न्यूरोडका व्यवसायी पक्राउ
-
बुटवलमा फुटपाथ अतिक्रमण हटाउने अभियान सुरु, डोजर चल्यो
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
-
दिल्लीमा देउवाको दौडधुप
-
भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्न टिकट, ग्राउण्ड ह्याण्डलिङदेखि इन्धनसम्म छुट
-
नेपालबाट भारतले थप २५१ मेगावाट बिजुली किन्ने
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
तटीय क्षेत्रका नागरिकको दुःख : नदी तर्न डुंगाकै भर, बाढी आएर लैजाने डर
-
फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
-
काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
Leave a Reply