‘मिलेमतोसँग इन्साफ माग्दा इन्साफ पाइँदैन, मिलेमतो पाइन्छ’
काठमाडौं । २०६२÷६३ को जनआन्दोलनमा तत्कालीन शासकविरुद्ध सडकमा कविता वाचन गरेर लोकतन्त्रका पक्षमा नागरिक उभार ल्याउन भूमिका खेलेका लेखक, कलाकार, कविहरू अहिले पनि लोकतन्त्रको रक्षाका निम्ति सडकमा छन् । कतिपय कवि लेखकहरू सडकमा कहिले सिटी फुकेर त कहिले डम्फु बजाएर संसद् विघटनविरुद्ध जुर्मुराएका छन् भने कतिपय कवि लेखकहरू यो गैरसंवैधानिक कदमविरुद्ध सशक्त कवितामार्फत नागरिकलाई सचेत गराउँदैछन् ।
दोस्रो जनआन्दोलनमा सडकका वाचन गरिएका कविताबाट चर्चामा आएका कवि अर्जुन पराजुलीले पछिल्लो राजनीतिक घटनाक्रमप्रति सामाजिक सञ्जालमा कविता लेखेर कटाक्ष गरेका छन् । उनका कवितालाई आम नागरिकले रुचाएका छन् । गैरसंवैधानिक तरिकाले प्रधानमन्त्री केपी शर्मा ओलीले हठात् प्रतिनिधिसभा विघटन गरेपछि त्यसयताका घटनाक्रमलाई लक्षित गरेरै उनले आधा दर्जनभन्दा बढी छोटा कविता लेखिसकेका छन् । पछिल्लो समय संसद् विघटनलाई लिएर सर्वोच्च अदालतमा र विभाजित पार्टीको आधिकारितालाई लिएर निर्वाचन आयोगमा उजुरी परेपछि अदालत र आयोगले कस्तो फैसला गर्लान् भन्नेतिर सबैको ध्यान केन्द्रित भएको छ । यसैलाई संकेत गर्दै पराजुलीले लेखेका छन् ः
मिलेमतोसँग इन्साफ माग्दा
इन्साफ पाइँदैन, मिलेमतो पाइन्छ ।
प्रधानमन्त्री ओलीले संसद् विघनको सिफारिस गर्नासाथ उनले लेखेको तलको कविता सामाजिक सञ्जालमा निकै भाइरल भयो ।
जंगबहादुर हुनुहुँदो रहेछ तपार्इं
जुँगा उखेल्नुभयो हजुरले जुगको !
थुकौं भने पनि तपाईंलाई
अपमान हुने भयो मेरो थुकको !!
प्रधानमन्त्री ओलीले नयाँ जनादेशका लागि संसद् विघटन गर्नुपरेको भन्दै २०७८ वैशाखमा नयाँ निर्वाचन गर्ने मिति पनि घोषणा गरेका छन् । तर, नयाँ निर्वाचनको मिति गर्न लागि गरिएको घोषणा होइन भन्ने आम नागरिकले बुझेका छन् । जसले चुनाव हुने रटान लगाइरहेका छन्, त्यो नबुझेर होइन, बुझ पचाएर गरिएको छर्लङ्ग छ । पार्टी पुटाएर बहुमत ल्याउँछौं भन्दै निर्वाचनमा जाने काम ओलीजस्तो चतुर नेताले गर्लान् भन्ने कसैले विश्वास गर्दैनन् । अहिलेको संसद् विघटनलाई २०१७ सालसँग तुलना गर्दै निर्वाचनबारे उनी लेख्छन् ः
चुनाव त अब ७८ सालमा हुन्छ महोदय
गन्नुस् कति वर्ष बाँकी छ, हिजो मात्रै सत्र साल आयो ।
संसद् विघन गर्ने ओलीको कदम गैरसंवैधानिक र प्रतिगमनकारी भएको निष्कर्ष पराजुलीको छ ।
लँगौटी लगायौं हामीले तिम्रो संविधान
अब लुगा लगाउनुपर्छ भन्ने कर छैन !
पेसा राम्रो प्रतिगमन हो
अरू पेसाको कुनै भर छैन !!
पार्टीभित्रको अन्तरसंघर्ष र कलह उत्कर्षमा पुगेको बेला बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो जुँगा पनि कालो हुँदै आएको भन्दै सजिलै आफूले चालेका कदमबाट पछाडि नहट्ने संकेत गरेका थिए । त्यसैलाई इंगित गर्दै पराजुलीले लेखेका छन् ः
कात्रोमा खल्ती हालेर मात्र पुगेनछ भन्ने कुरो
जुँगा कालो भएको दिनमै चाल पाएको हो !
ख्यालख्यालमा खाएको होइन बाख्राले बाघ
दाँतको सेटिङ पहिल्यै मिलाएर खाएको हो !!
सम्बन्धित समाचार
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
तटीय क्षेत्रका नागरिकको दुःख : नदी तर्न डुंगाकै भर, बाढी आएर लैजाने डर
-
पासाङ ल्हामु शेर्पाको सम्मानमा चन्द्रमाको एक क्रेटर ‘ल्हामू’ नामाकरण
-
पशुपतिनाथ मन्दिर आसपास मासु, मदिरा तथा नशालु पदार्थ बिक्री र सेवन गर्न रोक
-
एमाले संकल्प यात्राको तेस्रो दिन : आज सिलगढीबाट अछामको यात्रा
Leave a Reply