‘संविधान नै बदर गरे भैगयो नि’
काठमाडौं । पूर्व सभामुख दमननाथ ढुंगानाले असंवैधानिक रूपमा प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिस र राष्ट्रपति विद्यादेवी भण्डारीको स्वीकृतिलाई सर्वोच्च अदालतले सदर गरे अदालतसामु संविधान पनि बदर गरिदिनुस् भनेर प्रार्थना गर्नुपर्ने बताएका छन् ।
संविधानमाथि प्रहार गरेर प्रतिनिधिसभा विघटन गरिएको भन्दै ढुंगानाले सर्वोच्च अदालतले पुनस्र्थापना गर्नेमा आफू ढुक्क रहेको बताएका छन् । संविधानसभा सदस्य मञ्चले सोमबार काठमाडौंमा आयोजना गरेको प्रतिनिधिसभा विघटन र अबको निकास विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले भने, ‘संविधान हेर्ने हो भने प्रतिनिधिसभा शत प्रतिशत ब्युँताउनु पर्छ । सर्वोच्च अदालतले यो मुद्दा लम्ब्याउन सक्छ, निर्वाचन हुने बेलासम्म । सर्वोच्चले बदर हुन सक्दैन भने संविधान पनि सँगसँगै बदर गरिदिुनस् भनी प्रार्थना गर्नुपर्छ ।’ संविधान निर्माण गर्ने संविधानसभा सदस्यहरूले अभियान नै सञ्चालन गरेर प्रतिनिधिसभा ब्युँताउन पहल गर्नुपर्ने ढुंगानाको भनाई थियो । ओलीले प्रतिनिधिसभा मात्रै विघटन गरेको नभएर संघीयता, समानुपातिक प्रतिनिधित्व, समावेशिता, गणतन्त्रलगायतका परिवर्तनमाथि प्रहार गरेको ढुंगानाको भनाइ थियो । ओलीले विगतदेखि नै संविधान र परिवर्तनका मुख्य विशेषतामाथि प्रहार गर्दै आएको भन्दै त्यसलाई रोक्न न्यायालयमाथि अन्तिम विश्वास रहेको ढुंगानाको धारणा थियो ।
प्रतिनिधिसभा विघटन गरेको अवस्थामा राष्ट्रिय सभामा जनताका आवाज उठिरहेको बेला अकस्मात अधिवेशन अन्त्य गरेर जनतालाई सडकमा आवाज उठाउ भनेर सरकारले पठाएको ढुंगानाको भनाइ थियो । जनताको आवाज बोल्ने थलो राष्ट्रिय सभा त थियो त्यसलाई पनि चल्न नदिई स्थगन गरियो । त्यो भनेको सरकारले नै जनतालाई सडकमा जाऊ भनेको हो,’ उनले थपे ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply