मूल्य–ह्रासप्रति चिन्ता
पछिल्लो समय नेपाली कथा–लेखन समृद्ध बन्दै गइरहेको छ । कथा–लेखनमा व्याप्त नयाँ भाषाशैली, प्रस्तुतीकरणका कारण पनि कथा विधा पठनीय बन्दै गइरहेको मान्न सकिन्छ । राजनीति, सामाजिक, सांस्कृतिकलगायत क्षेत्रमा देखा परेको विदु्रपता, शोषण, उत्पीडन, उपेक्षा–भावसहित तमाम विषयमा कथा–सर्जकहरूले आफ्नो भाषा–शिल्प देखाइरहेका छन् । त्यही लहरमा पर्न आउँछन्– ममता श्रेष्ठ पनि । उनको नवीन कथाकृति ‘आखिर किन ?’ मा मानव जीवनका उज्याला÷अँध्यारा पक्षहरू अंकित छन् ।
अधिकांश मानिसको जीवन उतारचढावले भरिएका हुन्छन् । जीवन–यात्रामा कहिले सुखका पलहरूसँग साक्षात्कार गर्न पाइन्छ, कहिले दुःखका आँधीबेहरीहरू झेल्नुपर्छ । तर, दुःखसुखका जतिसुकै क्षणहरू गुजार्नुपरे पनि मानिस आफ्नो कर्तव्यपथमा निरन्तर रूपमा अघि बढिरहेका हुन्छन् । ‘यात्रा जीवनको’ मा संघर्षशील जीवन गुजारेका एक अनाथको समग्र गाथा कोरिएको छ । यो कथाको मूल सन्देश हो– जीवनमा जस्तोसुकै संकटग्रस्त क्षण आए पनि त्यसलाई स्विकार्नुको विकल्प छैन ।
‘घर’ मा अरू नै मानिसको घरमा आश्रित भएर पढिरहेका सुहानी र चिकित्सक प्रभातबीचको प्रेम–सन्दर्भले स्थान पाएको छ । एउटा वैवाहिक समारोहमा भेटिएका यी दुवै पात्रबीच आकर्षक बढ्छ । त्यो आकर्षण विवाहको तहसम्म उक्लिनेछ । तर, सुहानी भने आफ्नो धरातल सम्झेर प्रभातसँग विवाह गर्न मञ्जुर देखिँदैनन् । पछि भने दुवै वैवाहिक सम्बन्धमा बाँधिन्छन् ।
हामी बाँचिरहेको समाजमा नारीहरूले हरेक प्रकारका विभेद र उत्पीडन झेल्दै आएका छन्, युगौंदेखि । सबैमा विभेद त छँदैछ तर प्रखर रूपमा भने सम्पत्तिमा विभेद गरिँदै आएको छ । पुरुषहरूले पुख्र्यौली सम्पत्ति अंशबन्डाका रूपमा पाउँछन् तर नारीलाई भने त्यसमा विभेद गरिँदै आएको छ । ‘इज्जताको रक्षा’ मा विभेद र उत्पीडन झेलिरहेका एउटी महिलाको व्यथा अंकित भए पनि यो सम्पूर्ण नारीहरूको सामूहिक व्यथा हो ।
नेपाली समाजमा नारीहरूले भोग्नुपरेका उत्पीडन, अत्याचार, हिंसाका लामो शृंखला छ । सदियौंदेखि नारीहरू उत्पीडनको जाँतोमुनि पिसिँदै आएका छन् । सामन्तकालीन समयदेखि नै नारीले पुरुषको मानसिक, यौन, आर्थिक शोषण र उत्पीडन झेल्दै आए र त्यो क्रम अहिलेसम्म पनि रोकिएको छैन । समाज जति समृद्ध हुँदै गए पनि नारी उत्पीडनका कथा–व्यथाहरूको अन्त्य भएको छैन । ‘आखिर किन ?’ मा उत्पीडनको सिकार बनेकी एउटी महिलाको कथा बुनिएको छ ।
प्रविधिको उच्चतम विकाससँगै मानिसले अनेक सुविधा उपभोग गरिरहेका छन् । इन्टरनेटको विकाससँगै हरेकले विश्वका कुनाकाप्चाका मानिसहरूसँग पहुँच बढाएका छन् । त्यही क्रममा आएको फेसबुकले त मानिस–मानिसबीचको सम्बन्धलाई झनै नजिक बनाएको छ । तर, यस्ता माध्यमहरूको प्रयोग गरेर एकले अर्कालाई बेबकुफ बनाउने क्रम पनि उत्तिकै चलेको छ । ‘मुहार पुस्तिका’ पनि फेसबुके–प्रेममा परेका एउटा युवाले झेल्नुपरेको पीडामा आधारित कथा हो । यो कथाले वर्तमानको यथार्थलाई उजागर गर्ने प्रयत्न गरेको छ ।
मूलतः ममताका कथाहरू मानवीय मूल्यमा आइरहेको ह्रासलाई रेखांकित गर्न सक्षम देखिन्छन् । समाजमा वृद्धि हुँदै गएका अमानवीयता, हिंस्रक मनोवृत्ति र छलकपटका साथै सीमित मानिसहरूमा बँचेको मानवीयतालाई अंकित गर्न पनि उनका कथाहरू तल्लीन देखिन्छन् ।
कृति ः आखिर किन ?
विधा ः कथा
कथाकार ः ममता श्रेष्ठ
प्रकाशक ः पूर्वाञ्चल साहित्य प्रतिष्ठान
पृष्ठ ः ९५
मूल्य ः रु. २००।–
सम्बन्धित समाचार
-
एमालेको संकल्प यात्रा अभियान लुम्बिनीमा प्रवेश
-
एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा तीन जनाको दाबी
-
पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको ‘रिग क्षेत्र’
-
पेरुको पहाडमा बस दुर्घटना, १३ जनाको मृत्यु
-
झपक्कै फुल्यो आँप
- Golanjor
-
चितवनमा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड
-
खाना पकाउने ग्यासको छिट्टै दुई थरी मूल्य
-
ज्ञानेन्द्र शाहीले गरे राप्रपामा प्रवेश
-
राष्ट्रपति भण्डारीले पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गर्दै
-
जिन्दगीसँग सवालजवाफ
-
संस्कृतिविद्को परिचयवृत्त
Leave a Reply