‘सामुदायिक थाहा विकास भवन’ नगरपालिकालाई हस्तान्तरण
काठमाडौं । माधवराज सुमार्गी स्मृति कोषले मकवानपुरको थाहा नगरपालिकामा निर्माण गरेको ‘सामुदायिक थाहा विकास भवन’ एक समारोहबीच हस्तान्तरण गरिएको छ । कोषले थाहा नगरपालिका–६ बाराही चौरमा निर्माण गरेको डेढ सय सिट क्षमताको हलसहितको भवन हस्तान्तरण गरिएको हो ।
स्थानीय क्षेत्रमा ‘सुमार्गी भवन’को नामबाट चिनिन थालिएको सो सामुदायिक भवन माधवराज सुमार्गी स्मृति कोषका अध्यक्ष अजयराज सुमार्गीले नगरपालिका प्रमुख लवशेर विष्टलाई हस्तान्तरण गरे । भूकम्पपश्चात् भूकम्प प्रभावित विभिन्न जिल्लामा भवन निर्माण गर्ने कार्यक्रमअनुसार कोषले मकवानपुरको बज्रवाराहीमा सामुदायिक भवन निर्माण गरेको हो ।
भूकम्पजस्तो विपत्तिको बेला समुदायका व्यक्तिहरुलाई आश्रयका लागिसमेत सहज बनाउन भवन निर्माण गरेको कोषका अध्यक्ष सुमार्गीले बताए । उनले थाहा आन्दोलनका प्रणेता स्व रूपचन्द्र विष्टको स्मरण गर्दै भवनको नाम थाहा र विकाससँग जोडेर राखिएको उल्लेख गरे । भवन निर्माण सम्पन्न भएको झन्डै तीन वर्ष भए पनि उक्त भवन औपचारिक रूपमा हस्तान्तरण भएको थिएन । समयसमयमा सम्मेलन, भेला तथा सामूहिक कार्यक्रमका लागि उपयोग हुँदै आएको उक्त भवनमा पछिल्लो समय थाहा नगरपालिकाले क्वारेन्टिन स्थापना गरेको छ ।
भवन हस्तान्तरण कार्यक्रममा बोल्दै नगरपालिका प्रमुख विष्टले ‘सामुदायिक थाहा विकास भवन’को संरक्षणका लागि नगरपालिकाले आवश्यकताअनुसार योजना बनाई काम गर्ने प्रतिबद्धता व्यक्त गरे । सो अवसरमा राष्ट्रियसभा सदस्य तथा रूपचन्द्र स्मारक समितिका केन्द्रीय अध्यक्ष रामनारायण बिँडारीले कोषको कामको प्रशंसा गरे ।
सम्बन्धित समाचार
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
तटीय क्षेत्रका नागरिकको दुःख : नदी तर्न डुंगाकै भर, बाढी आएर लैजाने डर
-
पासाङ ल्हामु शेर्पाको सम्मानमा चन्द्रमाको एक क्रेटर ‘ल्हामू’ नामाकरण
-
पशुपतिनाथ मन्दिर आसपास मासु, मदिरा तथा नशालु पदार्थ बिक्री र सेवन गर्न रोक
-
एमाले संकल्प यात्राको तेस्रो दिन : आज सिलगढीबाट अछामको यात्रा
Leave a Reply