फेरि अन्योलमा एसइई
काठमाडौं । कोभिड–१९ को संक्रमण दर बढ्दै गएपछि सरकारले केही दिनअघि १४ जिल्ला र केही जिल्लाका सहरी क्षेत्रका विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ । विद्यालय तथा कलेजहरु बन्द भएसँगै आगामी जेठमा सञ्चालन हुने एसइई र कक्षा १२ को परीक्षाबारे भने अन्योल उत्पन्न हुन पुगेको छ ।
गएको वर्ष पनि एसइई र कक्षा १२ को परीक्षा प्रभावित बन्न पुगेको थियो । गएको वर्ष चैत ११ गते लकडाउन भएपछि लामो समयसम्म लकडाउन खुलेन र एसइईका परीक्षार्थीहरुले परीक्षा दिन पाएनन् । उनीहरुले विद्यालयमा ल्याएको प्राप्तांकको आधारमा श्रेणी पाएका थिए । यस पटक पनि एसइईको परीक्षाको मुखमै विद्यालयहरु बन्द भएपछि गएको वर्षजस्तै परीक्षा दिन नपाइने हो कि भन्ने चिन्ता विद्यार्थी र अभिभावकमा परेको छ ।
१४ जिल्ला र अरु जिल्लाका सहरी क्षेत्रका शैक्षिक संस्थाहरु बन्द भएपछि कक्षा १२ को परीक्षा पनि अन्योलमा परेको छ । गएको वर्ष पनि कक्षा १२ को परीक्षा लामो समयसम्म रोकिन पुगेको थियो । कोभिड–१९ को जोखिम घट्दै गएपछि बल्ल परीक्षा सञ्चालित भएको थियो । यसपालि के हुने हो भन्ने अन्योल झनै बढ्न पुगेको छ ।
गएको मंसिरमा लकडाउन खुलेपछि कोभिड–१९ को संक्रमण मत्थर हुँदै गएको थियो । तर, पछिल्लो समय भने यसको असर पुनः देखा पर्न थालेको छ । कोभिड–१९ को असर विद्यालय तहमा अध्ययन गर्ने विद्यार्थीहरुमा पर्न थालेपछि शैक्षिक संस्थाहरु बन्द गर्नतिर सरकारले तत्परता देखाएको हो । सोमबार मात्रै कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को सिफारिसमा सरकारले सहरी क्षेत्रका शैक्षिक संस्थाहरु बन्द गरी भर्चुअल माध्यमद्वारा पठनपाठन गर्ने निर्णय गरेको हो । पछिल्लो समय बालबालिकाहरु बढी संक्रमित देखिएका छन् । अहिलेसम्म करिब ३५ सय कम उमेरका विद्यार्थीहरुमा संक्रमण देखिएपछि जोखिम बढेको बताउँदै शैक्षिक संस्थाहरु बन्द गरिएका हुन् । वैशाख मसान्तसम्म शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय भएकोमा त्यसपछि भने संक्रमणको अवस्था हेरेर शैक्षिक संस्थाहरु खोल्ने वा नखोल्ने भन्ने विषयमा निर्णय लिने पनि जनाइएको छ ।
सम्बन्धित समाचार
- सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
- जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
- मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
- दिल्लीमा देउवाको दौडधुप
- भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्न टिकट, ग्राउण्ड ह्याण्डलिङदेखि इन्धनसम्म छुट
- नेपालबाट भारतले थप २५१ मेगावाट बिजुली किन्ने
- ३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
- तटीय क्षेत्रका नागरिकको दुःख : नदी तर्न डुंगाकै भर, बाढी आएर लैजाने डर
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
- भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
- शिक्षक रुपेश सर्राफ हत्यामा संलग्न ५ जना सार्वजनिक
Leave a Reply