सूर्यबहादुर थापाको एक महिना पाका व्यक्तिको अपरिपवक्य काम -उज्जल पहाडी
काठमाडौं । ज्येष्ठ सदस्य भएकै कारण आइलागेको संविधानसभा अध्यक्ष एवम् व्यवस्थापिका–संसद्को सभामुखको जिम्मेवारीबाट ८६ वर्षीय सूर्यबहादुर थापा हिजोदेखि मुक्त हुनुभएको छ । ठीक एक महिनाअघि अर्थात् माघ ६ गते उक्त जिम्मेवारी सम्हाल्नुभएका थापालाई हिजो अर्थात् फागुन ६ गते बसेको संसद्ले सुवास नेम्वाङलाई निर्वाचित गरेपछि उहा“ मुक्त हुनुभएको हो ।
सभाध्यक्ष एवम् सभामुखका रूपमा पाको उमेरका थापाको कार्यकाल बृहत् रूपमा सन्तोषजनक भए पनि संसद् नियमावलीका दृष्टिले अपरिपक्व रह्यो । संसद् सचिवालयको ढा“चा, शैलीलाई नाघेर आफंै अघि सर्दा उहा“को प्रस्तुतिमा पटक–पटक खोट लगाउने ठाउ“ देखिए । यद्यपि, ती खोट आकार र प्रभावका हिसाबले ठूला भने होइनन् ।
पहिलो खोट यो संविधानसभाको पहिलो बैठकमै देखियो । संविधानसभाको पहिलो दिनको बैठकको अघिल्लो दिन नेपाली कांग्रेस संसदीय दलको बैठकले सभापति सुशील कोइरालालाई दलको नेतामा निर्वाचित गरेको थियो । भोलिपल्ट संविधानसभा बैठकमा सभाध्यक्ष थापाले कोइरालालाई बधाई दिनुभयो । कोइराला मात्र होइन, राप्रपा नेपाल, नेकपा (माले)लगायतका थुपै्र दलले पनि दलका नेता चुनिसकेका थिए तर अरूलाई बधाई दिनुभएन । कोहीदलको नेता चुनि“दा बधाई दिनु नै संसदीय नियमविपरीत
भएको बताइन्छ ।
त्यस्तै, पहिलो दिनकै बैठकमा सभाध्यक्ष थापाले केही नेतालाई रोष्ट्रममा बोल्न अनुमति दिएर बोलाउ“दा दलको नाम र पद पनि उच्चारण गर्नुभयो तर आफ्नो पार्टीको नाम र पद उच्चारण गरिएन भनेर राप्रपा नेपालका अध्यक्ष कमल थापाले त्यही“ आपत्ति पनि जनाउनुभयो । वास्तवमा त्यहा“ दलका नाम र पद उच्चारण गर्नु नै सभाध्यक्षको नियमविपरीत थियो भने राप्रपा नेपालका अध्यक्ष थापाको आपत्ति पनि संसदीय नियमको विपरीत
भएको बताइन्छ ।
प्रधानमन्त्री निर्वाचित गर्न बसेको संसद् बैठकका दिन पनि सभाध्यक्ष थापाबाट केही कमजोरी भए । कार्यसूचीभन्दा बाहिर गएर एमाले सभासद् केशव बडाल र राप्रपा नेता कमल थापालाई बोल्न समय दिनु कमजोरी थियो । बडालले बैठक कार्यसूचीमा प्रवेश गर्नुअघि शून्य समय लिएर कृषकका समस्याबारे ध्यानाकर्षण गराउनुभएको थियो । जबकि त्यो दिन प्रधानमन्त्रीको चयन हु“दै थियो र उहा“को प्रश्नको जवाफ दिने निकाय नै थिएन । त्यति ख्याल नगर्नु सभासद् बडालको पनि अपरिपक्वता थियो । थापाले त उग्र भाषण नै गर्नुभयो, त्यो पनि मतगणना चलिरहेको अवस्थामा । लामो समय संसद्मा बसेर पोख्त थापालाई बोल्ने समय ख्याल नहुनु अर्को उदेकलाग्दो पक्ष हो । यदि थापाले बोलेको त्यो समयमा कुनै सभासद्ले नियमापत्ति गरेको भए उहा“ थुचुक्कै बस्नुपथ्र्यो, तर कसैले नियमापत्ति नगर्नु अरू सबै सभासद्को कमजोरी थियो ।
प्रधानमन्त्रीमा निर्वाचित हुनासाथ सभाध्यक्ष थापाले सुशील कोइरालालाई ‘सम्माननीय’ भनेर सम्बोधन गर्नुभयो । संसद्मा सबै माननीय हुन्छन् । ‘सम्माननीय’ भन्नु सभाध्यक्षको संसदीय नियमावलीबारे राम्रो ज्ञान नहुनु भएको संसद् सचिवालय स्रोत बताउ“छ । यद्यपि, यसलाई ठूलो रूपमा लिनु नपर्ने सुझाव पनि स्रोतको छ ।
सभासद्को आफ्नै समस्या
नेपाली कांगे्रस, नेकपा (एमाले)लगायतका केही दलले आफ्ना सभासद्लाई ‘डे«स कोड’ दिएर त्यसको पालना गर्न निर्देशन दिएको थियो । सुरुका एक–दुई बैठकमा ‘डे«स कोड’मै सजिएर सभासद्हरूले तामझाम पनि देखाए । तर, पछिल्ला बैठकमा पहिलो हारमा बस्ने शीर्ष सभासद्बाहेक अरूले त्यसको पालना गरेको देखि“दैन । यसप्रति सभासद्का आफ्नै समस्या र गुनासा छन् । एक सभासद्ले भने– ‘आफ्नै निजी सवारी साधन हुनेलाई त ठीकै रहेछ तर हामीजस्ता सार्वजनिक सवारीमा आवत–जावत गर्नेलाई पटक्कै नहुने रहेछ ।’ ‘डे«स कोड’ लगाएर सार्वजनिक सवारीमा हि“ड्दा सर्वसाधारणले गिज्याउने गरेको अनुभव पनि उनले सुनाए । दौरा–सुरुवालको सट्टा सर्ट, पाइन्ट र कोटमा भेटिएका उनले भने– ‘यो लोगो पनि खल्तीमा बोक्छौं, संविधानसभा भवनको गेटमा आएपछि मात्र लगाउ“छौं ।’
गाडी प्रयोगविहीन
सभासद्हरूको ओसार–पसार गर्न संसद् सचिवालयमा तीन वटा गाडी पनि छन् । तर, ती गाडी अहिलेसम्म खासै प्रयोगमा आएका छैनन् । एउटा गाडी सिंहदरबारबाट संविधानसभा भवन नया“ बानेश्वरसम्म सभासद् ओसार्नका लागि छ भने बा“की दुईटा गाडीमध्ये एउटा बानेश्वर–कोटेश्वर–सातदोबाटो–कलंकी र अर्को गाडी कोटेश्वर एयरपोर्ट, चाबहिल, कलंकी रुटमा चलाइन्छ । गाडी सुविधाबारे धेरै सभासद्ले जानकारी नभएको बताए । तर, संसद् सचिवालयको सहरी व्यवस्थापन शाखाका उपसचिव केशव आचार्य त्यो कुरा मान्न तयार हुनुहुन्न । उहा“ भन्नुहुन्छ– ‘हामीले संसद् भवनमै सूचना टा“स गरेका छौं, सभासद्लाई थाहा छैन भन्न मिल्दैन ।’ तर कोटेश्वर–कलंकी रुटमा बेलुकी ६ः३० बजेमात्र गाडी पठाइने तर त्यतिबेलासम्म संसद् बैठक नै नसकेकाले ती गाडी प्रयोगमा नआएको भने उनले स्वीकारे । ‘विभिन्न समितिहरू हु“दा ती समितिका बैठक बसिरहने भएकाले सिंहदरबारसम्म पनि सभासद्को भीडभाड हुन्थ्यो, त्यो नभएकाले सिंहदरबारमा अहिले सभासद्को खासै चहलपहल पनि छैन र सिंहदरबारबाट बानेश्वर जाने गाडीमा पनि त्यति धेरै सभासद् नहुने गरेको बताइन्छ ।
सम्बन्धित समाचार
-
हाई-प्रोफाइल चोरी: चोरीका गहना किनेर गलाउने न्यूरोडका व्यवसायी पक्राउ
-
बुटवलमा फुटपाथ अतिक्रमण हटाउने अभियान सुरु, डोजर चल्यो
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
-
दिल्लीमा देउवाको दौडधुप
-
भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्न टिकट, ग्राउण्ड ह्याण्डलिङदेखि इन्धनसम्म छुट
-
नेपालबाट भारतले थप २५१ मेगावाट बिजुली किन्ने
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
तटीय क्षेत्रका नागरिकको दुःख : नदी तर्न डुंगाकै भर, बाढी आएर लैजाने डर
-
फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
-
काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
Leave a Reply