जनताको पैसामा पूर्व वडाध्यक्षको रजाई, गाउँ अन्धकारमा
२४ साउन, सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिका वडा नं ६ का निवर्तमान वडाध्यक्ष खड्ग बहादुर नेपालीकोे बदमासीकाकारण सो वडाको तीनखण्डे टोलका ५६ घरधुरीका बासिन्दा बत्ती बल्ने आशमा अन्धकारमा बस्दै आएका छन् । केन्द्रिय प्रसारणको लाइन टाँगिएको छ तर जनताबाट मिटर बक्स खरिद गर्न ७ महिना अघि नै उठाएको पैसामा पूर्व वडाध्यक्ष नेपालीले रजाई गर्दा सोझासिधा जनताको उज्यालोमा बस्ने सपना पुरा हुन पाएको छैन ।
०७४ सालको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष नेपालीले जनतासँग विद्युत जडानका लागि मिटर बक्स खरिद गर्न भन्दै गत पुस महिनामै प्रति घर धुरी २ हजार ८ सय ५० रुपैयाका दरले १ लाख ५६ हजार ६ सय रुपैया संकलन गरेका थिए । तर उक्त पैसा आज सम्म पनि प्राधिकरणमा नबुझाउँदा प्रसारण लाईन जोड्ने काम अगाडी बढ्न सकेको छैन । गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा पनि सोही वडामा नेपाली कांग्रेसबाट उठेका उनी नेकपा एमालेका कुलेन्द्र मगरसँग भारी मतान्तरले पराजित भएका थिए ।
जनता सँग मिटर बक्स राख्नका लागि भनेर उठाएको पैसा उनले आफ्नो निर्वाचनमा खर्च गरेको एक स्थानीयले बताए । ‘हामी सँग पैसा उठाएको पैसाले चुनाव लड्यो, चुनाव पनि हार्यो, अहिले सधै आज जम्मा गर्छु भन्छ तर कहिल्यै प्राधिरणमा बुझाउनु पर्ने पैसा नबुझाउँदा हामी मारमा पर्यौ,’ ती स्थानीयले भने ।
अहिलेका वडाध्यक्ष मगरले आफू निर्वाचित भएको दुई महिना नवित्तै सोखु डिहिटार भन्ने अर्को टोेलमा उपभोक्तालाई फर्म भराएको चार पाँच दिनमै मिटर बक्स झारेर काम अगाडी बढाइसकेका छन् । तर तीनखण्डे टोलको मिटर झार्न भएको ढिलाईको असर अरु टोलमा लाइन जोड्ने काममा पनि परेको बताइन्छ ।
पूर्व वडाध्यक्ष नेपाली हाल नेपाली कांग्रेस सिन्धुली क्षेत्र नं १ को सचिव समेत हुन् ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
- सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज
- भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
- नेपाल ओमानसँग पराजित
- शिक्षक रुपेश सर्राफ हत्यामा संलग्न ५ जना सार्वजनिक
- बारामा प्रिन्सिपलको हत्या प्रेमिकाकै ब्वाइफ्रेण्डबाट
- खाद्य व्यवस्थाले आजदेखि खसी, बोका र च्याङ्ग्रा बिक्री गर्ने
Leave a Reply