मन्त्रिपरिषद्ले पूर्णता पाएसँगै सरकारको गति बढ्छ : उपप्रधानमन्त्री पौडेल
२२ पुस, काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले विश्वासको मत र मन्त्रिपरिषद्ले पूर्णता पाएसँगै सरकारले तीव्र गतिमा काम गर्ने बताएका छन् ।
मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आज अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले सरकारले राष्ट्रिय अभिभारा पूरा तथा ज्वलन्त समस्या समाधान गर्न गतिशील ढङ्गले काम अगाडि बढाउने विश्वास दिलाए ।
हामी केही महत्वपूर्ण राष्ट्रिय अभिभारा पूरा गर्न केन्द्रित छौं, उनले भने, सरकार गठन भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारलाई पूर्णता दिने प्रक्रियामा हुनुहुन्छ । सरकारले पूर्णता पाएसँगै राष्ट्रिय आकांक्षाा पूरा गर्न सरकार केन्द्रित हुने उनको भनाइ छ ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल यही पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । उनलाई नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी, नागकिर उन्मुक्ति पार्टी र केही स्वतन्त्र गरी एक सय ६९ सांसदको समर्थन छ । यही पुस २६ गते सरकारले संसद्बाट विश्वासको मत लिने कार्यक्रम छ ।
सम्बन्धित समाचार
-
विश्वभर अन्तर्राष्ट्रिय परिवार दिवस : परिवारमैत्री नीतिमा जोड
-
नेपालको आईटी सेवा निर्यातमा ऐतिहासिक वृद्धि, ९ महिनामै रु २१.४४ अर्ब आम्दानी
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
सभामुख देवप्रसाद अर्याल को काफिलामाथि ट्राफिकको कडा एक्सन
-
महिला सहभागिता करिब ४० प्रतिशत, समावेशितामा ऐतिहासिक छलाङ
-
उपसभामुख चुनावमा एमाले तटस्थ बस्ने
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
Leave a Reply