विश्वभर अन्तर्राष्ट्रिय परिवार दिवस : परिवारमैत्री नीतिमा जोड
काठमाडौं । दिगो विकास, सामाजिक समावेशिता तथा परिवारको सशक्त भूमिकालाई केन्द्रमा राख्दै आज विश्वभर विविध कार्यक्रमका साथ अन्तर्राष्ट्रिय परिवार दिवस मनाइँदैछ। यस अवसरमा विभिन्न मुलुकमा परिवारमैत्री नीति, सामाजिक सुरक्षा, समावेशी विकास तथा दिगो समाज निर्माणका विषयमा छलफल र जनचेतनामूलक कार्यक्रम आयोजना गरिएको छ।
संयुक्त राष्ट्रसङ्घको प्रधानकार्यालयमा समेत आगामी दोस्रो विश्व सामाजिक विकास शिखर सम्मेलनको तयारीस्वरुप दिगो विकासका लागि नीतिगत समाधानबारे विशेष छलफल भइरहेको छ। राष्ट्रसङ्घले परिवारलाई समाजको आधारभूत इकाइका रूपमा व्याख्या गर्दै सामाजिक स्थायित्व, आर्थिक समृद्धि तथा समावेशी विकासमा यसको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरेको छ।
राष्ट्रसङ्घले सन् १९८० को दशकदेखि परिवारसँग सम्बन्धित विषयलाई प्राथमिकताका साथ उठाउन थालेको थियो। सन् १९८३ मा सामाजिक विकास आयोगले ‘विकास प्रक्रियामा परिवारको भूमिका’ सम्बन्धी प्रस्ताव पारित गर्दै परिवारका समस्या, आवश्यकता तथा समाधानका उपायबारे विश्वव्यापी जनचेतना अभिवृद्धि गर्न पहल गरेको थियो।
त्यसपछि सन् १९८९ मा संयुक्त राष्ट्रसङ्घ महासभाले ‘अन्तर्राष्ट्रिय परिवार वर्ष’ घोषणा गरेको थियो। सोही अभियानलाई निरन्तरता दिँदै सन् १९९३ मा पारित प्रस्तावअनुसार हरेक वर्ष मे १५ लाई अन्तर्राष्ट्रिय परिवार दिवसका रूपमा मनाउने निर्णय गरिएको हो। यो दिवस सन् १९९४ देखि औपचारिक रूपमा विश्वभर मनाउन थालिएको हो।
अन्तर्राष्ट्रिय परिवार दिवसले परिवारसँग सम्बन्धित सामाजिक, आर्थिक तथा जनसाङ्ख्यिक विषयमा चेतना अभिवृद्धि गर्ने विश्वास गरिएको छ। साथै, गरिबी न्यूनीकरण, विभेद अन्त्य, सामाजिक सुरक्षा तथा समावेशी विकासका लक्ष्य हासिल गर्न परिवारको भूमिकालाई विशेष महत्व दिइएको छ।
संयुक्त राष्ट्रसङ्घका १९३ सदस्य राष्ट्रले सन् २०१५ मा अनुमोदन गरेका दिगो विकास लक्ष्य (SDGs) प्राप्तिका लागि परिवार र परिवारमैत्री नीति तथा कार्यक्रमलाई महत्वपूर्ण आधारका रूपमा लिइएको छ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
वैशाखमा मालपोत कार्यालयहरूको राजस्व उत्साहजनक
Leave a Reply