२ माघ २०७९, सोमबार ११:२१
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
गण्डकीको उपसभामुखमा बिना थापा निर्वाचित
२ माघ, पोखरा । गण्डकी प्रदेशसभाको उपसभामुखमा बिना थापा निर्वाचित भएकी छन् । नेकपा एमालेबाट प्रदेशसभा सदस्य निर्वाचित थापाले ३२ मत ल्याएर निर्वाचित हुँदा कांग्रेस उम्मेदवार पार्वती तामाङले २६ मत पाइन् ।
थापालाई सत्तारुढ गठबन्धनका सांसदहरुको समर्थन थियो । थापाले एमालेका २२, माओवादीका ७, राप्रपाका २ र स्वतन्त्र सांसद दीपक मनाङेको १ गरी ३२ मत पाएकी छन् । कांग्रेस सांसद तामाङले भने आफ्नो पार्टीका २६ सांसदको मत पाइन् । कांग्रेस सांसद टीका बस्याल भने अनुपस्थित रहे ।
गण्डकी प्रदेशसभाको सभामुखमा ३० पुसमा माओवादी केन्द्रका सांसद कृष्ण धिताल निर्वाचित भएका थिए । प्रदेश सभाले आइतबार पोखरामै भएको जहाज दुर्घटनामा मृत्यु भएकाहरुको नाममा शोक प्रस्ताव पनि पारित गरेको प्रदेशसभा सचिवालयका सूचना अधिकारी प्रेम सुवेदीले जानकारी दिए ।
सम्बन्धित समाचार
-
नेपाल–भारत सीमामा नयाँ भन्सार नियम लागू नहुने, सर्वोच्चको आदेश
-
नेपाली कांग्रेसको निर्देशन : २१ जेठभित्र क्रियाशील सदस्यता नवीकरण अनिवार्य
-
हर्क साम्पाङको संसद बहिष्कार, ‘देशमा प्रधानमन्त्री नै छैन’
-
पूर्वमन्त्री दीपक खड्का थुनामुक्त — सर्वोच्चको आदेश
-
हेटौँडा कपडा उद्योग फेरि खुल्ने तयारी, प्रहरी पोसाक अब देशमै बन्ने?
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
Leave a Reply