प्रज्ञामा जादाजादै बदमासी
काठमाडौं । चारबर्से कार्यकाल सिध्याएर जाने बेलामा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति बैरागी काइ“लाले केही अप्रिय निर्णय गरेका छन् । केही साताअघि मात्रै प्रतिष्ठानबाट बिदा भएका कुलपति काइ“लाले हु“दै नभएको दरबन्दीमा एक जनालाई नियुक्त गरेर अनावश्यक भार बोकाइदिएका छन् ।
प्राप्त समाचार अनुसार, प्रतिष्ठानमा प्रशासन प्रमुख नामक कुनै दरबन्दी छैन । तर, कुलपतिले हि“ड्ने बेलामा उक्त पदमा ज्योतिराज काफ्लेलाई नियुक्त गरेका छन् । नया“ दरबन्दी सिर्जना गर्नका लागि अर्थ मन्त्रालयको स्वीकृति लिनुपर्ने भए पनि कवित कुलपतिलाई त्यसको कुनै मतलव भएन । काफ्लेलाई नियुक्त गर्ने क्रममा कुलपतिले वरिष्ठतालाई मिचेको भन्दै कर्मचारीहरु रुष्ट भएका छन् । एउटै शाखामा रहेका काफ्ले ज्ञानहरि अधिकारीभन्दा कनिष्ट हुन् । तर, कनिष्ट काफ्लेलाई प्रमुख बनाएर अधिकारीलाई तल राखिएको छ । वरिष्ठताक्रम मिचिन नहुने कुरा उठे पनि कुलपति र सदस्य–सचिव सनत रेग्मीले जबर्जस्ती उक्त कदम चालेका हुन् । ‘सामान्यतया, प्राज्ञ परिषद्लाई जानकारीलाई दिएर मात्रै कुनै निर्णय हुनुपर्नेमा बिनाजानकारी सबै निर्णय गरिएको छ’– स्रोतले भन्यो ।
जाने बेलामा कुलपति काइ“लाले अर्को कीर्तिमान पनि कायम गरेका छन् । प्रतिष्ठानभित्र काममा विलम्ब गर्ने र त्यति ध्यान नै नदिने भनेर चिनिने २२ जना कर्मचारीलाई एकै खेपमा ग्रेड वृद्धि गरिएको छ । हाजिर गरेर र घाम तापेर तलब पचाउने विभिन्न शाखाका ती कर्मचारीहरूको ग्रेड बढाउ“दा इमानदारीपूर्वक काम गर्ने कर्मचारीहरू भने मर्कामा
परेका छन् । त्यस्तै, प्रतिष्ठानको हल भाडा वृद्धिसमेत गरिएको छ । यसअघि, पूरै समयका लागि ६० हजार तोकिएको हलको भाडा अहिले ७० हजार बनाइएको छ भने आंशिक रूपमा लिइने ४० हजार भाडाको अहिले ५० हजार पु¥याइएको छ । हल भाडा वृद्धिमा कर्मचारीहरूको दबाबले प्रमुख भूमिका खेलेको थियो । कर्मचारीहरूले आफ्नो भत्ता वृद्धिका लागि हल भाडा बढाउन कुलपतिलाई बाध्य तुल्याएको बताइन्छ । हल भाडा वृद्धि गरिए पनि पुनर्निर्माण हुन नसकिरहेको हु“दा अत्यन्तै जर्जर र नाजुक अवस्थामा छ ।
कुलपति काइ“लाले आफू बिदा हुने बेलामा लिम्बू भाषाका सबै पुस्तक छपाएर अर्को कीर्तिमान पनि कायम गरेका छन् । ‘साहित्यकार परिचय कोश’जस्ता महŒवपूर्ण पुस्तक तयारी अवस्थामा रहे पनि प्रकाशन हुन सकेनन् भने लिम्बू भाषाका सबै पुस्तक छापिए । त्यस्तै, लिम्बू भाषाको पत्रिका ‘फक्तालुङ’ छापिएर अहिले डम्पिङ छ । जातीय भाषाभाषीहरूलाई समेट्ने ‘सयपत्री’ नामक पत्रिका प्रकाशित भइरहे पनि कुलपतिले आफ्नै जातीय भाषाको पत्रिकासमेत प्रकाशन गर्न लगाएर थप आर्थिक भार पु¥याएको चर्चा कमलादीतिर छ ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply