उच्चस्तरीय राजनीतिक समितिको बैठक शुक्रबार बस्ने
२६ माघ, काठमाडौं ।उच्चस्तरीय राजनीतिक समितिको बैठक शुक्रबार बस्ने भएको छ।
बिहीबार दिउँसो ३ बजेका लागि तय भएको बैठक स्थगित गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सयन्त्रका संयोजक केपी शर्मा ओलीबीच मात्र छलफल भएको थियो।
सुदुरपश्चिम सरकारलाई विश्वासको मत नदिने अडानमा बसेको नागरिक उन्मुक्ति पार्टीलाई विश्वासमा लिने सम्भावना नरहेपछि संयन्त्रको बैठक स्थगित गरेर शुक्रबार राखिएको हो ।
संयन्त्रका संयोजक ओलीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यले नागरिक उन्मुक्ति पार्टीले राखेको माग सम्बोधन गर्ने खालको नभएकोले बैठक नबसेको बताए।
‘संयन्त्रको बैठक भोलि बिहीबार ९ बजे बालुवाटारमा बस्छ, उनले भने, सुदुरपश्चिम सरकारको विषयमा यसै भन्ने अवस्था रहेन, नागरिक उन्मुक्ति पार्टीका नेताहरुसँग आज पनि कुरा भएको हो। तर, उहाँहरुको माग सम्बोधन गर्न सकिने खालका थिएन।
थुनामा रहेका नेता रेशम चौधरीको रिहाइ मुख्य माग राखेको नागरिक उन्मुक्तिले त्यसमा प्रधानमन्त्री र एमाले अध्यक्ष दुवैले लिखित प्रतिवद्धता जनाउनुपर्ने माग गरेको छ, जुन सक्ने कुरा भएन।
यदि विश्वासको मत नपाए सुदुरपश्चिम सरकार ढल्नेछ।
माओवादी, नागरिक उन्मुक्ति र राप्रपाका सांसदका सहयोगमा सो प्रदेशमा एमालेका मुख्य मन्त्री बनेका थिए।
मुख्यमन्त्री बनेको एक महिना पुगेकै दिन उनले विश्वासको मत लिने तयारी गर्दा नागरिक उन्मुक्तिका सांसदहरु काठमाडौंमा छन्।
शुक्रबार विहान बस्ने संयन्त्रको बैठक राष्ट्रपति निर्वाचनमा केन्द्रित हुने बताइएको छ।
सम्बन्धित समाचार
-
नेपाल–भारत सीमामा नयाँ भन्सार नियम लागू नहुने, सर्वोच्चको आदेश
-
नेपाली कांग्रेसको निर्देशन : २१ जेठभित्र क्रियाशील सदस्यता नवीकरण अनिवार्य
-
हर्क साम्पाङको संसद बहिष्कार, ‘देशमा प्रधानमन्त्री नै छैन’
-
पूर्वमन्त्री दीपक खड्का थुनामुक्त — सर्वोच्चको आदेश
-
हेटौँडा कपडा उद्योग फेरि खुल्ने तयारी, प्रहरी पोसाक अब देशमै बन्ने?
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
Leave a Reply