काठमाडौंका यी क्षेत्रमा आजदेखि आइतबारसम्म सवारी आवगमन प्रभावित हुने
१५ चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाले आज (बुधबार) देखि आइतबारसम्म काठमाडौंका केही सडकमा सवारी आवगमन प्रभावित हुनसक्ने जनाएको छ । सेतो मच्छिन्द्रनाथको रथजात्राका कारण आइतबारसम्म सवारी आवगमन प्रभावित हुने महनगरद्वारा जारी सूचनामा उल्लेख छ ।
रथ यात्रा हुने सडकमा सबै प्रकारका सवारी साधनहरूलाई प्रवेशमा निषेध गरिएको महानगरले जनाएको छ ।
सूचना अनुसार आज तीनधारा पाठशाला, घण्टाघर, रत्नपार्क, भोटाहिटी, असनको सडक प्रभावित हुनेछ । चैत १६ गते असन, केलटोल, इन्द्रचोक, मखन, हनुमाढोका दरबार परिसर, चैत १७ गते हनुमानढोका दरबार परिसर, मरू टोल, चिकँमुगल, जैसीदेवल, ज्याबहाल, लगन चोकमा रथयात्रा हुनेछ ।
महानरगका अनुसार चैत १८ गते लगन चोक र १९ गते लगन चोक दलाछि ह्युमत जैसीदेवल कोहिटी भीमसेनस्थान मरु टोलमा रथ यात्रा हुने भएकाले रथयात्राको समय उक्त क्षेत्रमा कुनै पनि प्रकारका सवारी प्रवेश गर्न दिइने छैन । रथयात्राका लागि सेतो मच्छिन्द्रनाथको रथ तयार गरिसकिएको छ । आजदेखि काठमाडौंमा सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरु हुँदैछ ।
सम्बन्धित समाचार
-
विश्वभर अन्तर्राष्ट्रिय परिवार दिवस : परिवारमैत्री नीतिमा जोड
-
नेपालको आईटी सेवा निर्यातमा ऐतिहासिक वृद्धि, ९ महिनामै रु २१.४४ अर्ब आम्दानी
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
सभामुख देवप्रसाद अर्याल को काफिलामाथि ट्राफिकको कडा एक्सन
-
महिला सहभागिता करिब ४० प्रतिशत, समावेशितामा ऐतिहासिक छलाङ
-
उपसभामुख चुनावमा एमाले तटस्थ बस्ने
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
Leave a Reply