यातायात कार्यालयका उपसचिवविरुद्ध एक करोड १५ लाख भ्रष्टाचार मुद्दा
१९ वैशाख, काठमाडौं । काठमाडौंको सुकेधारास्थित यातायात व्यवस्था कार्यालयका तत्कालीन उपसचिव सुन्दर भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज (मंगलबार) उनीविरुद्ध एक करोड १५ लाख २९ हजार १९३ रुपैयाँ ७१ पैसा बिगो माग गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।
आयोगका प्रवक्ता भोला दाहालका अनुसार भट्टराईले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको भन्ने उजुरीका आधारमा अनुसन्धान हुँदा उनीसँग स्रोत नखुलेको सम्पत्ति एक करोड १५ लाख २९ हजार १९३ रुपैयाँ ७१ पैसा बराबरको पाइएकाले सोही रकमलाई बिगो बनाएर मुद्दा दायर गरिएको हो ।
भट्टराईले सार्वजनिक सेवा प्रवेश गरेको मितिदेखि २०७५ मंसिर मसान्तसम्मको जाँच अवधिमा उनी र उनको एकासगोलको परिवार सदस्यको आय तथा आयस्रोत र व्ययको विश्लेषण गर्दा १ करोड ९२ लाख एक हजार ९२२ रुपैयाँ ३४ पैसा वैधानिक आय देखिएको र ३ करोड ७, लाख ३१ हजार ११६ रुपैयाँ ५ पैसा खर्च देखिएको आयोगको जिकिर छ ।
सम्बन्धित समाचार
-
पूर्वमन्त्री दीपक खड्का थुनामुक्त — सर्वोच्चको आदेश
-
हेटौँडा कपडा उद्योग फेरि खुल्ने तयारी, प्रहरी पोसाक अब देशमै बन्ने?
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
-
अर्थ मन्त्रालयले तयार पार्यो १०० दिनको कार्ययोजना
-
‘नेपाल फर्स्ट’ परराष्ट्र नीतिको खाँचो
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
Leave a Reply