बैद्य अस्पताल भर्ना
काठमाडौं । नेकपा– माओवादीका अध्यक्ष मोहन बैद्य श्वास प्रश्वासमा समस्या देखा परेपछि सोमबार अस्पताल भर्ना हुनुभएको छ । थापाथलीस्थित नर्भिक अस्पतालमा उहाँको दमसम्बन्धी उपचार भइरहेको छ ।
अध्यक्ष बैद्यको स्वास्थ्यका बारेमा जानकारी लिन पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहाल मंगलबार अस्पताल पुग्नुभएको थियो । चिसोका कारण समस्या देखा परेको भन्दै चिकित्सकहरुले अवस्था सामान्य रहेको बताएका छन् ।
यसैबीच, विभाजनपछि पनि केही गर्न नसकेर अकर्मण्यतामा फसेको भन्दै नेत्रविक्रम चन्दले अलग पार्टी गठन गरेपछि तीब्र आन्तरिक दवावमा परेको उक्त पार्टीले जनताबाट निर्वाचित संविधानसभाबाट निर्माण हुने संविधान नमान्ने र माघ ८ गते जारी भएमा त्यसको भोलिपल्टै जलाउने घोषणा गरेको छ । यसअघि पुष्पकमल दाहाल नेतृत्वको एनेकपा (माओवादी) सम्बद्ध मोर्चाले घोषणा गरेको विरँेध कार्यक्रमसँग मिल्दोजुल्दो गरी घोषणा गरिएको बैद्यको कार्यक्रम अन्तर्गत माघ ३ गते आमहडताल गर्ने भनिएको छ । मंगलबार राष्ट्रिय भेलाका निर्णयहरु सार्वजनिक गर्न बुद्धनगरमा आयोजित पत्रकार सम्मेलनमा एमाओजवादीसँगको समन्वयमा विरोधको घोषणा गरिएको जानकारी उपाध्यक्ष सीपी गजुरेलले बताए ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply