भूकम्प पीडितहरुका साथमा पूर्वप्रधानमन्त्री नेपाल
काठमाडौ । पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले)का नेता माधवकुमार नेपाल निरन्तर भूकम्प पीडितको उद्दार तथा राहतको काममा सक्रिय हुनुभएको छ ।
भूकम्प आउँदा भैरहवामा पार्टीको रुपन्देही जिल्ला प्रतिनिधि परिषद्को प्रमुख अतिथिको रुपमा रहनुभएका नेता नेपाल आन्तरिक उडान हुन नसकेका कारण उक्त दिन सडक मार्गबाट चितवन आएर बस्नुभएको थियो । सोही दिन उहाँले भूकम्प आउँदा आउँदै अपरान्ह १ बजे राहत तथा उद्दारमा सक्रिय हुन विज्ञप्ति जारी गरी आह्वान गर्नुभएको थियो ।
बैशाख १३ गते नारायणगढ–मुग्लिङ सडकखण्डको अवरोध हटेपछि काठमाडौँ प्रवेश गर्नासाथ पार्टी कार्यालय बल्खु पुगी त्यहाँ भएको क्षतिको अवलोकन गर्नुका साथै प्राकृतिक प्रकोपको सन्दर्भमा आकस्मिक रुपमा डाकिएको पार्टीको स्थायी कमिटीको बैठकमा सहभागी हुनुभयो । त्यसपछि वहाँ बालुवाटारमा प्रधानमन्त्रीद्वारा आयोजित उद्दार तथा राहत संकलन तथा वितरण सम्बन्धी उच्चस्तरीय बैठकमा सहभागी हुनुभयो । त्यसपश्चात् उहाँले सिंहदरबारमा गई गृह मन्त्रालयबाट भैरहेको उद्दार तथा राहतकार्यको समन्वयका सन्दर्भमा जानकारी लिनुभयो ।
बैशाख १४ गते कोटेश्वर, बानेश्वर, शान्तिनगर क्षेत्रमा घरबाहिर बसेका जनसमुदायसँग भेट गरी उनीहरुका समस्याहरु सुन्नुका साथै बाहिर बसेका जनसमुदायको आत्मबल बढाउने काम गर्नुभयो । पीडितहरु बसेकै स्थानबाट उहाँले गृहमन्त्री तथा सम्बन्धित अधिकारीहरुलाई सम्पर्क गरी उद्दार तथा राहतको लागि पहल गर्नुभएको थियो ।
बैशाख १५ र १६ गते उहाँ उद्दार तथा राहतका लागि पहल तथा योजना निर्माण गर्न नेकपा (एमाले)को आन्तरिक तथा विभिन्न पार्टीहरु तथा सरकारद्वारा आयोजित विभिन्न छलफलहरुमा सहभागी हुनुभयो । यहीबीचमा राहत तथा उद्दारलाई प्रभावकारी बनाउन समन्वय अभाव देखिएको भन्दै उहाँले पटक पटक विभिन्न निकाय तथा व्यक्तिहरुको ध्यानाकर्षण गराउनुभएको छ । नेतृत्व तहको सघन छलफल पश्चात् नेकपा (एमाले)ले राहतको लागि विशेष प्रस्ताव तयार गरी प्रधानमन्त्रीसँग छलफल गरेको छ ।
बैशाख १७ गते विहान पूर्वप्रधानमन्त्री नेपाललाई भेट्न नेपाल रेडक्रस सोसाइटीका संजिव थापा तथा देवेन्द्र प्रधान सहितको टोलीले भेटी रेडक्रस सोसाइटी उद्दार तथा राहतका लागि तयार भएपनि प्रभावकारी समन्वय हुन नसकेको गुनासो गर्नुभएको थियो । त्यसपछि पूर्व प्रधानमन्त्री नेपाल नक्साल स्थित लायन्स क्लवद्वारा सञ्चालित राहत संकलन तथा वितरण केन्द्र पुगी लायन्स क्लवले राहतको लागि गरेका कार्यको बारेमा जानकारी लिनुभयो । उक्त अवसरमा लायन्स क्लवका भरत ढुङ्गेल, खगेन्द्र चुडाल तथा कृष्णहरि थापाले लायन्स क्लवले गरिरहेको कामका बारेमा जानकारी गराउनुभएको थियो ।
बैशाख १७ गते नै उहाँले का.म.न.पा. वडा नंं. ३५, वडा नं ९, मूलपानी र गोठाटार क्षेत्रका कार्यकर्ताहरुसँग भेट गरी उक्त क्षेत्रमा भएका उद्दार तथा राहतका कामको बारेमा जानकारी लिनुका साथै थप सक्रियताका साथ उद्धार तथा राहतमा लाग्न कार्यकर्तालाई निर्देशन दिनुभयो ।
१७ गते नै साँखु क्षेत्रमा विभिन्न व्यक्ति तथा संस्थाहरुले प्रदान गर्नुभएको राहत सामग्री वितरण गर्नुभयो । त्यहाँ चिनियाँ आर्मीको उद्दार टोली, नेपाल आर्मी तथा सशस्त्र प्रहरीको उद्दार टोलीले गरिरहेको कामको जानकारी लिनुका साथै कार्यक्षेत्रमा खटिने टोलीको मनोवल बढाउने काम गर्नुभयो । उक्त स्थानमा भूकम्प पीडितहरुको लागि भारतको नयाँदिल्लीबाट आएको टोलीले सञ्चालन गरेको २४ घण्टे क्यान्टिनको व्यवस्था, मलेसियाको डाक्टर टोलीले गरिरहेको उपचार, ओशो मैत्रियको टिम, चाइनिज मेडिकल टिम तथा राहत सामग्री लिएर गएको टिमका कामहरु अबलोकन गर्नुका साथै उक्त कामलाई प्रभावकारी बनाउन प्रोत्साहित गर्नुभयो ।
बैशाख १८ गते विहान पूर्वप्रधानमन्त्री नेपालले उहाँको निजी निवासमा कोरियन मेडिकल टिम तथा साउदी अरवको मेडिकल टिमसँग छलफल गर्नुभयो । सोही दिन उहाँले काठमाडौँ–५ अन्तर्गतको धर्मपुर गाउँ र बुढानीलकण्ठ गाउँमा गई भूकम्प प्रभावित क्षेत्रको अबलोकन गर्नुका साथै मृतकका परिवारजनसँग भेटेर समवेदना प्रकट गर्नुभयो । सो अवसरमा उहाँले बुढानीलकण्ठ मन्दिरको क्षतिको पनि अबलोकन गर्नुभयो । त्यसपछि उहाँ राहत प्याकेज निर्माण तथा राहतलाई प्रभावकारी बनाउन आयोजित बैठकमा प्रधानमन्त्री निवास बालुवाटारमा सहभागी हुनुभयो । उद्दार तथा राहतको लागि पूर्वप्रधानमन्त्री नेपालसँगको समन्वयमा कतार रेडक्रसद्वारा पठाइएका डाक्टरहरु अहिले काठमाडौँमा क्रियाशील हुनुहुन्छ । बुधबार डेस्क
सम्बन्धित समाचार
-
हाई-प्रोफाइल चोरी: चोरीका गहना किनेर गलाउने न्यूरोडका व्यवसायी पक्राउ
-
बुटवलमा फुटपाथ अतिक्रमण हटाउने अभियान सुरु, डोजर चल्यो
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
-
दिल्लीमा देउवाको दौडधुप
-
भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्न टिकट, ग्राउण्ड ह्याण्डलिङदेखि इन्धनसम्म छुट
-
नेपालबाट भारतले थप २५१ मेगावाट बिजुली किन्ने
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
तटीय क्षेत्रका नागरिकको दुःख : नदी तर्न डुंगाकै भर, बाढी आएर लैजाने डर
-
फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
-
काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
Leave a Reply