हरेक दृष्टि, भारतीय कोण
नेपालको राजनीतिशास्त्रमा सबैले आदरका साथ कसैको नाम लिनुप¥यो भने सम्भवतः प्रा.डा. लोकराज बरालभन्दा पहिला कसैको नाम उच्चारण हु“दैन । वर्षौंसम्म विश्वविद्यालयमा पढाएर हजारौं विद्यार्थीका गुरु भएका कारण मात्र होइन, सामयिक राजनीतिका बारेमा राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा कलम चलाएर बहसमा भाग लिने सीमित विद्वानमध्ये उहा“ नै सबभन्दा अग्रणी भएका कारण राजनीतिशास्त्रमा उहा“ निर्विवाद अलग उचाइको प्राध्यापक हुनुहुन्छ । नेपालका साथै दक्षिण एसियाकै राजनीतिका बारेमा दर्जनौं पुस्तक लेखिसक्नुभएका बरालले आफ्नो जीवनकथालाई समेटर तयार पार्नुभएको पुस्तक ‘रोमाञ्चित जीवन’ले उहा“ स्वयम्का बारेमा त जानकारी दिन्छ नै, त्यसभन्दा बढी उहा“को नजरबाट गुज्रेको समकालीन नेपालको आधा शताब्दी लामो राजनीतिलाई पनि पाठकसमक्ष पस्किन्छ । राजनीतिशास्त्रको अनुभवी, धुरन्धर र प्रख्यात प्राध्यापक भएका कारण नेपालको राजनीतिक उतार–चढावलाई उहा“ले राजनीतिशास्त्रको आ“खीझ्यालबाट नियाल्ने कोसिस गर्नुभएको छ । परिस्थितिअनुसार त्यसलाई विश्लेषण गर्ने उहा“को आफ्नै शैली र स्वभाव पुस्तकमा पाइन्छ ।
आम मानिसझैं बराल पनि एउटा सामान्य किसान परिवारमा जन्मिएको र शिक्षादीक्षा पनि कष्टकर रूपमा कहिले इलाम त कहिले विराटनगर हु“दै प्राप्त भएकाले पनि होला, उहा“ले आम मानिसका सुख–दुःखस“गै आफूलाई एकाकार गर्नुभएको छ । यस अर्थमा उहा“को जीवन रोमाञ्चित भन्दा पनि बढी आम र प्रेरणादायी छ भन्नु उपयुक्त हुन्छ । आत्मकथा भएका कारण व्यक्तिका निजी, पारिवारिक र रुचिका विषयवस्तुहरू पुस्तकमा पर्नु स्वाभाविक हुन्छ, जुन कुरा बरालले पनि अनुशरण गर्नुभएको छ । आफ्नो प्रेमको सुरुआत, विवाह, पढाइ, सन्तानलाभ, विदेश भ्रमण, पुस्तक प्रकाशन, राजनीतिक सम्पर्क जस्ता विषयलाई उहा“ले ‘रोमाञ्चित जीवन’को केन्द्रीय विषयवस्तु बनाउनुभएको छ ।
माथि उल्लिखित निजी विषयहरूका अतिरिक्त प्राध्यापक बरालले आफ्नो पकड भएका राजनीतिशास्त्र र विदेश नीतिका बारेमा पनि आफ्ना अनुभवहरूका आधारमा निचोड दिन खोज्नुभएको छ । यसअघि प्रकाशित उहा“का पुस्तकहरू नपढेको पाठकले पनि सायद ती पुस्तकहरूको सार यही नै होला भन्ने अनुमान गर्न सक्छ ।
साथै प्रा. डा. लोकराज बरालको पुस्तक पढ्दा मूलभूत रूपमा केही कुरा भने खड्किन्छन् । उहा“ले आफ्नै कलमबाट सार्वजनिक गरेका कुरा भएका कारण तिनका बारेमा विवेचना गर्नु अन्यथा हु“दैन होला ।
पुस्तकमा डा. बराल र नेपाली कांग्रेसबीचको निकटता छर्लंग हुन्छ । साथै, पुस्तक पढ्दा एकातिर उहा“ले आफूलाई कांग्रेसको सदस्य नभएको कुरा भन्न कोसिस गरेको देखिन्छ भने अर्कातिर विचार र दृष्टिकोणका सवालमा मात्र होइन, व्यक्तिगत सम्पर्क–सम्बन्धका आधारमा पनि उहा“ कांग्रेसबाट प्रायः टाढा नभएको पाइन्छ । तर, पञ्चायतको कठोर कालरात्रिमा बहुदलीय व्यवस्था समर्थक भएकै कारण कैयौं प्राध्यापकहरूले जागिरबाट हात धोएका प्रसंग उहा“ले पुस्तकमै लेख्नुभएको छ, जो नेपाली कांग्रेसस“ग आबद्ध थिए । तर, त्यतिबेला डा. बरालले बढुवा पाउनुभएको छ । साथै, पुस्तकको एक ठाउ“मा उहा“ स्वयम्ले सुरु–सुरुमा आफूले पनि पञ्चायती व्यवस्थाबाट आशा गरेको संकेत गर्नुभएको छ । यसबाट उहा“को लोकतन्त्रको परिभाषा बीच–बीचमा हल्लिएको रहेछ भन्ने बुझ्न सकिन्छ ।
लेखक बरालले आफू पदका लागि कही“कतै भनसुन गर्न नजाने र त्यस्तो आफ्नो स्वभाव पनि नभएको कुरा ठाउ“–ठाउ“मा गर्वका साथ प्रकट गर्नुभएको छ । तर, राजदूत नियुक्ति प्रकरणमा उहा“ले राखेको चासो र आफू नियुक्त नहु“दा गरेको दुःखमनाउ पढ्दा त्यो कुरा पुष्टि हु“दैन । आफूलाई राजदूत नियुक्त गर्न नसकेका कारण उहा“ले गिरिजाप्रसाद कोइरालाप्रति तीतो पोखेको र राजदूत नियुक्त गरेकै कारण शेरबहादुर देउवाप्रति बढी सहानुभूति राखेको कुरा पुस्तक पढ्दा स्पष्ट बुझिन्छ ।
लोकराज बराललाई आजको स्थानमा आइपुग्नका लागि धेरै तŒवहरूले सहयोग गरेका रहेछन् । तीमध्ये छिमेकी भारतको उहा“प्रति र उहा“को भारतप्रति विशेष मोह रहेछ भन्ने कुरा पुस्तक पढ्दा छर्लंग हुन्छ । उहा“लाई पीएचडी गर्नका लागि छात्रवृत्ति दिने मात्र होइन, भनेकै ठाउ“ दिल्लीको जवाहरलाल नेहरू विश्वविद्यालयमा पीएचडी गर्नका लागि तत्कालीन भारतीय राजदूतको भनसुनले काम गरेको रहेछ भन्ने कुरा उहा“ले पुस्तकमार्फत नै उजागर गर्नुभएको छ । पछि पनि अनेक व्यक्तिगत सवालमा (चाहे छोरी बिरामी हु“दा होस् वा श्रीमती बिरामी हु“दा होस्) पनि भारतको विशेष स्नेह र सहयोग पाउने बरालजस्तो ‘भाग्यमानी’ नेपाली अरू को नै होला र ? अझ एक ठाउ“मा त ब्रसेल्स जा“दा झोला चोरिएका कारण सबै कुरा हराउ“दासमेत आफूलाई भारतीय दूतावासले सहयोग गरेको उहा“को अनुभव छ ।
नेपाल र भारत एक–अर्कालाई तिरष्कार गर्न नसक्ने छिमेकी हुन् । यस अर्थमा हामीले भारतस“ग राम्रो सम्बन्ध राख्नुपर्छ । तर, त्यस्तो सम्बन्ध हामीले राखेर मात्र हु“दैन, भारतले पनि राख्नुपर्छ । विडम्बना, नेपालका नेता र कतिपय बुद्धिजीवी नेपाल–भारत सम्बन्धको कुरा गर्दा ‘भारतले नेपालको संवेदनशीलताको ख्याल गर्नुपर्छ’ पनि भन्न सक्दैनन् र ‘नेपालले भारतको संवेदनशीलताको ख्याल गर्नुपर्छ’ भन्छन् । तीमध्ये डा. बराल पनि एक हुनुहुन्छ । ०४६ सालमा भारतले नेपालमा नाकाबन्दी गरेको कुरालाई खुलेर समर्थन गर्नेमध्ये उहा“ पनि एक हुनुहुन्छ भने विश्वले समर्थन गरिसक्दा पनि छिमेकी भारतले नेपालको शान्ति क्षेत्रको प्रस्तावमा समर्थन नगर्दा उहा“ त्यसलाई पनि उचितै ठान्नुहुन्छ । चाहे नेपालका नदीनालाको कुरा होस् वा सीमा क्षेत्रको कुरा होस्, प्रा.डा. लोकराज बरालका हरेक दृष्टिमा भारतीय कोण पाइन्छ । यो उहा“माथिको कुनै आरोप नभएर उहा“को पुस्तक पढ्दा निस्किने सार हो ।
अन्त्यमा, सत्य कुरा उजागर गरेर लोकराज बरालले इमानदारी भने प्रस्तुत गर्नुभएको छ । हामीले अरू मुलुकको संवेदनशीलताको ख्याल गरिदिनुपर्ने गलत मान्यतामा उभिएका हुनाले उहा“को सबै विचारस“ग सहमत हुन नसके पनि भारतमा राजदूत भएर बसिसकेकाले उहा“ले कूटनीतिका बारेमा राखेका धारणाहरू सन्दर्भ सामग्री हुन सक्छन् । भाषामाथिको कमजोर पकड, पठनीय सामग्री बनाउनका लागि पर्याप्त विषयवस्तु र लेखकीय कलाको अभाव, लेखनशैलीको गरिबी जस्ता विषय उहा“को पुस्तक पढ्दा खड्किने पक्ष हुन् ।
सम्बन्धित समाचार
-
एमालेको संकल्प यात्रा अभियान लुम्बिनीमा प्रवेश
-
एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा तीन जनाको दाबी
-
पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको ‘रिग क्षेत्र’
-
पेरुको पहाडमा बस दुर्घटना, १३ जनाको मृत्यु
-
झपक्कै फुल्यो आँप
- Golanjor
-
चितवनमा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड
-
खाना पकाउने ग्यासको छिट्टै दुई थरी मूल्य
-
ज्ञानेन्द्र शाहीले गरे राप्रपामा प्रवेश
-
राष्ट्रपति भण्डारीले पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गर्दै
-
जिन्दगीसँग सवालजवाफ
-
संस्कृतिविद्को परिचयवृत्त
Leave a Reply