कस्तो बन्यो योजना आयोग ?
काठमाडौं । सरकारले गत पुस १० गते राष्ट्रिय योजना आयोगलाई पूर्णता दिएको छ । आयोगको उपाध्यक्षमा डा युवराज खतिवडालाई कात्तिक १८ गतै नै नियुक्त गरेको भए पनि बाँकी सात सदस्य पुस १० गते नियुक्त गरेर आयोगलाई पुर्णता दिएको हो । सत्तागठन्धन दलहरुको चित्त बुझाउन भागवनडाका आधारमा सदस्यहरुको नियुक्ति गरिएको हो । नवनियुक्त आयोगका सदस्यहरु डा कामानन्द देव, डा. चन्द्रकान्त पौडल, डा. सुनीलबाबु श्रेष्ठ, डा गीताभक्त जोशी, डा कृपासिन्धु प्रसाद, डा. विजय कुँवर र डा. सुमित्रा अमात्य मध्ये देव, कुँबर र अमात्य एमालेको कोटावाट, पौडेल र श्रेष्ठ एमाओवादी कोटावाट, जोशी राप्रपा नेपाल र प्रसाद मधेशी जनअधिकार फोरम लोकतान्त्रिको कोटावाट सदस्य नियुक्त भएका हुन् ।
डा. युवराज खतिवडा,उपाध्यक्ष
लामो समय नेपाल राष्ट्र बैंकमा काम गरेर सेवा निवृत्त भएका खतिवडा यसअघि नेपाल राष्ट्र बैंकको गभर्नर थिए । सफल गर्भनरका रुपमा चिनिएका उनी मैद्रिक अर्थशास्त्रका विज्ञका रुपमा प्रख्यात छन् । गर्भनर हुनुअघि उनले ०६६ सालमा योजना आयोगकै उपाध्यक्षका रुपमा पनि काम गरिसकेका छन् । योजना आयोगकै उपाध्यक्षका रुपमा यो उनको दोस्रो नियुक्ति हो ।
त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र र जनप्रशासनमा स्नातकोत्तर खतिवडाले दिल्ली स्कूल अफ इकोनोमिक्सबाट मौद्रिक अर्थशास्त्रमा पीएचडी गरेका छन् ।
डा कामानन्द देव
बामपन्थी प्राध्यापकहरुको साझा संगठन नेपाल प्रगतिशील प्राध्यापक संगठनको केन्द्रीय सचिव समेत रहेका उनी पेशाले सहप्राध्यापक थिए । अर्थशास्त्रमा विद्यावारिधी गरेका उनी लामो समयसम्म प्राध्यापनमा संलग्न थिए । ०४१ सालदेखि प्रध्यापन शुरु गरेका उनले शुरुको समय धनकुटा बहुमखी क्यापसमा पढाएका थिए ।
०४७ सम्म त्यहाँ पढाएपछि उनी महेन्द्र विन्देश्वरी क्याम्पस राजविराजमा आएका थिए । आयोगको सदस्य नियुक्त हुनु अघिसम्म उनी त्यहीं प्राध्यापन गर्दै आएका थिए ।
डा.चन्द्रकान्त पौडल
लमजुङका पौडेलले अर्थशास्त्रमा विद्यावारिधी गरेका छन् । एमाओवादी नेता बाबुराम भट्टराइ नेतृत्वको सरकारले भारतका लागि नेपाली राजदूतमा राम कार्कीको नाम सिफारिस गरेकोमा उनको एग्रिमो नआएपछि त्यसको सट्टामा यिनै पौडेलको नाम सिफारिस गरेको थियो । तर, उनको एग्रिमो नआउँदै उक्त सरकार ढलेकाले राजदूत बन्न पाएनन् ।
विएड र विएल समेत गरेका उनले नुवाकोटको एउटा सरकारी हाइसकूलमा २१ वर्ष प्रधानाध्यापकका रुपमा काम गरे । विभिन्न कलेजमा १४ वर्ष पढाएको अनुभव बटुलेका उनले अर्थमन्त्रालयमा बजेट विज्ञका रुपमा पनि काम गरेका थिए ।
डा. सुनीलबाबु श्रेष्ठ
योजना आयोगको सदस्यका रुपमा दोहोरिने उनी एक मात्र सदस्य हुन् । एमाओवादीको सरकारको पालमा योजना आयोगकै सदस्यको रुपमा काम गरिसकेका उनी एमाओवादी नेता नारायणकाजी श्रेष्ठका भतिजा हुन् ।
सिद्धार्थ वनस्थली हाइस्कूलवाट विद्यालय शिक्षा पुरा गरेका उनले वातावरण इइन्जिनियरिङमा ओसाका स्याङग्यो युभिर्सिटीबाट विद्यावारिधी गरेका छन् । ओसाका स्याङग्यो युभिर्सिटीमा पनि केहि समय प्रध्यापन गरेका उनीसँग युनडिपी नेपालको राष्ट्रिय परियोजना विकास विज्ञका रुपमा काम गरेको अनुभव पनि छ । उनी क्लीन डेभलेपमेन्ट प्रालिको प्रिन्ििसपल कन्सल्ट्यान्टको रुपमा कार्यरत छन् ।
प्रा डा. गिताभक्त जोशी
काठमाडौ ज्याठाका वासिन्दा जोशी लामो समयसम्म प्रध्यापन पेशामा संलग्न थिए । लामो समय महेन्द्र रत्न क्याम्पसमा प्राध्यापन गरेका उनी राजनीतिकरुपमा कट्टर राजवादीका रुपमा चिनिन्छन् । उनलाई नजिक बाट जान्नेहरुका अनुसार उनी अहिले पनि ‘ राजा आउ, देश बचाऊँ’ भन्ने लाइनमा प्रतिवद्ध छन् ।
राप्रपा विभाजन हुनुअघि शाही कालमा लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री हुँदा सल्लहाकार समूहको विज्ञका रुपमा काम गरेका उनलाई त्यहि बेला त्रिभुवन विश्वविद्यालयको रजिस्टार बनाइएको थियो । राप्रपा सिवभाजन पछि राप्रपा नेपालतिर लागेका उनी उक्त पार्टीका सहमहामन्त्री छन् ।
कृपासिन्धु प्रसाद
वीरगंज क्याम्पसको क्याम्पस प्रमुखका रुपमा लामो समय काम गरेका उनी शुरुमा नेपाली कांग्रेसँग आवद्ध थिए । महन्थ ठाकुर, विजय गच्छेदारलगायतले कांग्रेस छाडेपछि तराई मधेश लोकतान्त्रिक पार्टीमा लागेका उनी फेरी पार्टी परिवर्तन गरेर विजय गच्छेदारको मधेशी जनअधिकार फोरम लोकतान्त्रिकमा आएका थिए ।
विजय कुँवर
०३४ सालमा अर्थशास्त्रमा स्नातकोत्तर गरेका कुँवरले स्नातकोत्तर गर्नासाथ झण्डै तीन वर्षसम्म पृथ्वी नारायण क्याम्पस पोखरामा पढाए । विद्यार्थीकालमा राजनीतिक रुपले चौमसँग आवद्ध उनी पंचायतको अन्तिम बेलामा ०४३ मा अछमबाट राष्टिय पंचायत सदस्य निर्वाचित भएका थिए ।
ग्रामीण विकास, स्वास्थ्य, सरसफाई लगायतका क्षेत्रमा बढी दख्खल भएका उनले १२ वर्षसम्म परिवार नियोजन संघको महासचिवको रुपमा काम गरे । पंचायत पछि कांग्रेस हुँदै औपचारिकरुपमा ०६२ मा एमालेमा आएका उनी एमाले निकट बुद्धिजीवि परिषद्को केन्द्रीय सदस्य छन् ।
डा. सुमित्रा अमात्य
आर्टिटेक्ट इन्जिनियरिङ स्तरको रुसको मस्को इन्स्तिच्यूट अफ आर्टिटेक्चरवाट विद्यावारिधी गरेकि अमात्य पाटन इन्जिनियरिङ क्याम्पसनमा प्राध्यापनरत छिन् । उनले सिभिल होम्स लगायतका विभिन्न हाउजिङको डिजाइन पनि गरेकी छन् ।
नेपाल कम्युनिष्ट पार्टीका पूर्वमहासचिव तुलसीलाल अमात्यकी बुहारी उनीसँग फोहोरमैला व्यवस्थापन केन्द्रकी कार्यकारी निर्देशकका रुपमा काम गरेको अनुभव छ । उनले त्यहाँ काम गर्दा ल्यान्डफिल्ड साइटको लामो समयदेखिको विवाद ऐन जारी गराउन सफल भएर सुल्झाएकी थिइन् ।
सम्बन्धित समाचार
- मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
- दिल्लीमा देउवाको दौडधुप
- भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्न टिकट, ग्राउण्ड ह्याण्डलिङदेखि इन्धनसम्म छुट
- नेपालबाट भारतले थप २५१ मेगावाट बिजुली किन्ने
- ३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
- तटीय क्षेत्रका नागरिकको दुःख : नदी तर्न डुंगाकै भर, बाढी आएर लैजाने डर
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
- भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
- शिक्षक रुपेश सर्राफ हत्यामा संलग्न ५ जना सार्वजनिक
- बारामा प्रिन्सिपलको हत्या प्रेमिकाकै ब्वाइफ्रेण्डबाट
- खाद्य व्यवस्थाले आजदेखि खसी, बोका र च्याङ्ग्रा बिक्री गर्ने
Leave a Reply