जबज अंगालेको नीति तथा कार्यक्रम
आज नेपालमा कम्युनिष्ट आन्दोलन देशलाई नेतृत्व गर्ने, देशका नीतिहरु निर्माण गर्ने ठाउामा छ । यस ठाउमा यो आन्दोलन रहनुको कारण जनताको बहुदलीय जनवाद नै हो । धेरै स्थानमा वामपन्थी आन्दोलन पछाडि धकेलिएको छ । कमजोर भएको छ । तर नेपालमा कमजोर भएको छैन ।
हो, हामीले अपेक्षित गति लिन नसकेका हौला । पुग्न पर्ने ठाउमा नपुगेको हौंला । छुनपर्ने उचाई नछोएको हौंला । तर कम्युनिष्ट आन्दोलन नेपालमा कमजोर छैन । मजवुद छ । आजको नेपालको राजनीतिको निर्णयक वामपन्थी आन्दोलन नै हो ।
यहाा पुग्नको लागि हामीसंग जनताको बहुदलीय जनवादको आलोकछ । जनताको बहुदलीय जनवाद त्यस्तो बेलामा प्रतिपादन भयो, जतिबेला दुनियामा कम्युनिष्ट विरोधी, पढ्न चााही पढो तर कुरो नबुझेका स्वार्थ प्रेरीत त्यस्ताबुर्जुवा तत्वको बिगविगी थियो । उनीहरु यत्तिधेरै कराएकी केटाकेटीलाई दशैंआए जस्तै उफ्रिीए । सोभियत संघ ढल्यो, पूर्वी युरोप भत्कियो भने । भत्किने, बिग्रने भनेको त भैरहन्छन् इतिहासमा ।
लक्ष्यको सहिपना जे हो त्यसलाई प्रभावित पार्न सक्दैन । इतिहासको अन्त्य हुादैन । यसका दाशैनिक व्याख्याहरु भैरहे । धेरै कराए, उफ्रिए । त्यसबेला जनताको बहुदलीय जनवाद जननेता मदनकुमार भण्डारीको अगुवाईमा प्रतिपादन भयो । र, फेरी खुइइय ….. गरेर भने, नेपालमा त माक्र्सवाद जिउादै छ ।
इतिहास नै सिद्धियो भनेको, समय सिद्धियो भनेको फेरी नेपालमा फेरी जनताको बहुदलीय जनवाद आएर त्यसले जनतालाई सचेत र संगठित गर्न थालेपछि त्यसले जनतामा आकर्षण र प्रभाव देखाउन थालेपछि नयाा अध्याय सुरु भयो ।
त्यतीवेला फेरी माक्र्सवाद उदायो भन्न पर्ने अवस्था आयो । आन्दोलनको प्रयोगका क्रममा सिक्दै र सच्याउदै जाने अवस्था भयो । हामीले माक्र्सवादी दर्शन र सिद्धान्तलाई नेपालको परिवेशमा हाम्रो संस्कृति, सामाजिक मानसिकता,नेपाली आर्थिक अवस्था र त्यसले नेपाली समाजमा तयार गरेको मानसिकता, नेपाली जनताको अगाडि बढ्ने चाहना,नेपालका जनतालाई अगाडि बढ्न नदिन चाहने शत्तिहरुको अवस्था समेत कुराहरुलाई ध्यानमा राखेर नेपाली समाजलाई अगाडि बढाउनका नीम्ती कस्ता मौलिक नीतिहरुका साथ अगाडि बढाउनुपर्छ, कस्ता मौलिक नीतिहरुबाट हामी अगाडि बढ्न सक्छौं ति कुराहरु जनताको बहुदलीय जनवाद मार्फत नेपाली समाजले पाएको छ ।
जननेता मदन भण्डारीका थुप्रो विशेषता थिए । आदरणीय नेता जिवराज आश्रीतका थुप्रो विशेषताहरु थिए । आश्रित संगठन विभाग प्रमुख हुनुहुन्थ्यो त्या् बेला । त्यसकारण संगठनात्मक नेता भन्यौं हामीले । संगठनात्मक नेता भनेपनि उहाासंग थुप्रो विशेषता थिए । उहाा कुशल संगठक मात्र होइन चिन्तक, विश्लेषक र जनताको बहुदलीय जनवाद प्रतिपादन गर्दा त्यसलाई समृद्ध बनाउने काममा उहाापनि संगसंगै क्रियाशील हुनुहुन्थ्यो । चिन्तन मननमा लाग्नुभएको थियो ।
पार्टीलाई त्यसठाउमा ल्याउन जनताको मनोवल उठाउन जनतलाई सचेत र संगठित गरराउने कुरामा उहााको असाधारण योगदान थियो ।
जे होस् जनताको बहुदलीय जनवाद हाम्रो देशको परिवेशमा र आजको समय अनुसार परिस्थिति र समयको निष्ठतापूर्वक अघि बढ्यो । निर्ममताका साथ अघि बढ्यो । अन्तराष्ट्रिय कम्युनिष्ट आन्दोलनका, समाजवादी आन्दोलनका, राष्ट्रिय मुक्ति आन्दोलनकका, विज्ञान प्रविधीका क्षेत्रमा। सञ्चारका क्षेत्रमा, यातायातका क्षेत्रमा, अरु विभिन्न क्षेत्रमा भएका प्रगतिहरु समेतको समिक्षा गरेर र ति सबैलाई हाम्रो देशको ऐतिहासिक पृष्ठभूमी, आजको अवस्था, अन्तराष्ट्रिय विभिन्न आन्दोलनहरुका अनुभव, विज्ञान प्रविधीको उचाई, यि सबै कुराहरुलाई विश्लेषण गरेर जनताको बहुदलीय जनवाद निष्ठा र दृढताका साथ अगाडि बढाइयो ।
जनताको बहुदलीय जनवादले सिद्धान्तका नाममा पुरानै कुरा रटिरहने जडसुत्रवादी तरिका अपनाउने काम गरेर । नयाा र गतिशिलताका नाममा सिद्धन्तहिनता, उदेश्य लक्ष्य नभएको जता भएपनि कुदे हुन्छ भन्ने खालको अडानहिनता चिर्यो । माक्र्सवादी दर्शन आधारित नेपाली सिद्धान्त नेपाली परिस्थितिमा आधारित भएर अगाडि बढ्नका लागि व्यवहारिक रुपमा लचिलोपन भएर नक्कलवाद होइन विभिन्न ठाउका सफल वा असफल अनुभवहरु अनुचित ढंगले तिनलाई ल्याएर सिक्न खोज्ने, सिद्धान्त भनेको कहाा कुन सन्दर्भमा भनएका कुरा छन्, तिनका उद्धरण निकालेर रट्ने र जप्ने हिसाबले होइनसिर्जनात्मक ढंगले कसरी अगाडि बढ्न सकिन्छ भनेर नै जनताको बहुदलीय जनवाद आयो । यसको दम त्यहाानेर छ । यो देशप्रति र जनताप्रति निष्ठावान् छ । यो सत्य तथ्यप्रति निष्ठावान् छ । यसले अग्रगमन तर्फ इमानदार प्रयाश गर्छ । देशको परिस्थीतीलाई यसले बुझेको छ ।
हाम्रो विविधतायुक्त देश हो । यो हाम्रो सम्पन्ता र सुन्दरता हो । यसको एकता नै हाम्रो तागत हो । यो कुरा यसले बुझेको छ । त्यसैले जनताको बहुदलीय जनवाद आफ्नो परिवेशबाट यर्थथताको जगमा टेकेर अगाडि बढेको छ ।
त्यसकारण यसले कुनै प्रकारका भूलभूलैयामा, वहकावमा लागेर होइन त्यसको वर्गदृष्टीकोणमा टेकेर, वर्गिय उद्श्यहरु बोकेर आएको छ ।
गरिवि हटाउनु पर्यो । समाप्त पार्नु पर्यो । ति कुराहरु अगाडि लानुपर्छ ।
कम्युनिष्टआन्दोलनका सन्दर्भमा एउटा आलोचना र टिप्पणी रहने गरेको छ । यो भनेको गरिवी बााड्ने र बराबरी गर्ने सिद्धान्त हो । यिनीहरुले उन्नती प्रगती गर्न सक्दैनन्, भन्ने एउटा खुब हल्ला चलाइएको छ ।
विभिन्न देशहरुमा तिव्र विकास अहिले जुन भइरहेको छ , तिनले देखाएको छ पूाजीवादी बाटो होइन,जिम्मेवार सरकार , तलको वर्गलाई उठाउने सरकार, जनतको कल्याण गर्ने लोककल्याणकारी सरकार, जनताप्रति संवेदनशील सरकार, जनताको जीवन उठाउने सरकारप्रति वामपन्थी आन्दोलनको ध्यान हुन्छ र समाज सिङ्गै उठाउन सक्छ भन्ने कुरा स्थापित भइसकेको छ ।
हिजो गरिवी वितरणको सिद्धान्त हो भन्नेहरुको मुखमा अब बुझो लागीसकेको छ । तिनीहरुले त्यसो भन्न सक्दैनन् ।
अब वामपन्थी आन्दोलन भनेको समृद्धिको आन्दोलन हो भन्ने कुरा थाहा भइसकेको छ । एउटा आरोप थियो कि कम्युनिष्ट व्यवस्था भनेको तानाशाही व्यवस्था हो भनेर । अन्तै कतैका कुरा गर्ने, इतिहासका कालखण्डमा कतैका कुरा गर्ने, गैरकम्युनिष्ट कस्ता कस्ता तानाशाह निस्किए । गैरकम्युनिष्ट मात्र लोकतान्त्रिक हुन्छ भन्न् मान्यता ठिक होइन । तर कम्युनिष्ट भनेको तानाशाही हुन्छ भन्ने बुझ्ने जुन प्रवृती थिए तिनीहरुलाई प्रतिश्पर्धात्मक बहुदलीय जनवाद र बहुदलीय लोकतान्त्रीक प्रजातन्त्र जस्ता कुराहरु जनताको बहुदलीय जनवादले अगाडि सारेको छ । बहुदलीय प्रणलीका साथ अगाडि बढ्ने भनेपछि ति आरो पनि समाप्त भए ।
व्यवहारमा नेपालमा भन्ने हो भने नेकपा एमाले जत्ति लोकतान्त्रिक, प्रजातान्त्रीक न कुनै संस्था छ, न कुनै पार्टी छ ।
कहिले कहिले हामीहरु साना कुरामा अल्झिएर अत्यन्त अर्घेला ठूला,शव्दहरु पनि प्वाक्क बोल्दिन्छौं जो अनुचित हुन्छ । हाम्रौ साथीहरु कहिले कााही बहुदलीय जनवाद की बहुदलीय धनवाद भनेर बोल्दीन्छन् । यो त हाम्रा विरोधीले पनि भन्न आाट गर्दैनन् । जनताको बहुदलीय जनवाद की डनवाद भन्छन् । यो सााच्चैको कुनै सैद्धान्तीक वहश गर्न खोजेको होइन । सानोतिनो कुनै कुरामा चित्त बुझेन, कहिले कााही केटाकेटीले रिस उठ्योभने बटुको घोप्ट्याइदिन्छन्, त्यस्तै गर्ने ?
यस्ता अभिव्यत्तिहरु पनि कहिले काहाी हामीभित्र चल्छन् । म आग्रह गर्न चाहन्छु साथीहरु, हामीले त्यस्ता शव्दहरु प्रयोग गर्दा विचार पर्ुयाऔं । आजको दुनियामा कम्युनिष्ट आन्दोलनलाई शसक्त सबल बनाउन यस ढंगले विचार अगाडी बढाउानुपर्छ । दुनियाले यो भनुन् की नभनुन् तर अब यसै बाटोबाट विचार अघि नबढाई धर छैन । राजनीतिक क्षेत्रमा स्वतन्त्रताका र आर्थिक क्षेत्रमा उत्पादकत्व वृद्धि संगसंगै समुचित वितरण, सामाजिक न्याय र समानताका सिद्धान्त सबैका निम्ती सुरक्षा र सम्मानको अवस्था , राष्ट्रिय एकता र गौरवको रक्षा यि चिजहरु जनताको बहुदलीय जनवादका आधारभूत प्रश्तावना हुन् ।
यति विशाल कुरालाई हामीले कहिलेपनि सानातिना अभिव्यत्तिहरुबाट अपमानित गर्ने होच्याउने, जस्ता कुराहरु भइदिन्छन् । म साथिहरुलाई भन्न चाहन्छु कसैले पनि त्यस्तो खालको तरिकाहरु अवलम्वन गर्नुहुादैन ।
हामीले गर्व गर्नुपर्छ, जनताको बहुदलीय जनवादलाई अंगालेर हामीले ३ दिन अघि मात्र सरकारको नीति कार्यक्रम पारीत गर्यौं । त्यसले एउटा संकेत गरेको छ, हामी अब आर्थिक हिसावले कसरी अघि बढ्छौं भनेर । अब आउने बजेटले अझ बढी संकेतमात्र होइन बाटो र मार्गचित्र कोर्नेछ । नीति कार्यक्रम र बजेट नै पेश गर्न नदिने भनेर एउटा षड्यन्त्र बनेको थियो । चक्रव्युह बनेको थियो । एमालेको नेतृत्वको सरकारले नीति कार्यक्रम अघि सार्यो भने बजेट अघि सारर्यो भने जनताको बहुदलीय जनवाद अनुसारको बजेट अगाडि सार्छ, यसले देशलाई अगाडि बढाउने सपष्ट प्रवन्धहरुको मार्गचित्र, नीतिहरुको मार्गचित्र, व्यवहारहरुको मार्गचित्र तयार गर्छ । त्यसकारण हड्वडाएर त्यो हुन नदिने कुरा भयो । त्यो पराजित भएको् छ ।
– मन्तव्यमा आधारित
सम्बन्धित समाचार
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
-
अर्थ मन्त्रालयले तयार पार्यो १०० दिनको कार्ययोजना
-
‘नेपाल फर्स्ट’ परराष्ट्र नीतिको खाँचो
-
अडानबाट पछि हटे हर्क साम्पाङ
-
मुख्यमन्त्रीको प्रत्यक्ष निर्वाचन
-
राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
-
निजगढमा विष्फोट हुँदा एकको मृत्यु, पाँच घाइते
-
९ वर्षीया बालिका बलात्कार गर्ने ८६ वर्षीय वृद्धलाई जन्मकैद
Leave a Reply