पार्टी निर्माणको आर्थिक र अनुशासन पक्ष

माक्र्सवादले अर्थतन्त्र वा आर्थिक व्यवस्थालाई समाजको आधार मान्दछ । निश्चित प्रकारको आर्थिक आधारमा समाजको माथिल्लो ढााचा अडिएको हुन्छ । यसर्थ, समाजको निर्माणमा आर्थिक आधार निर्णायक हुन्छ । यही कुरा पार्टी निर्माणमा पनि लागू हुन्छ । पार्टीको आन्तरिक अर्थतन्त्र कसरी चलेको छ, पार्टीका लागि आवश्यक खर्चको जोहो कसरी गर्ने गरिएको छ, हिसाबकिताब कत्तिको व्यवस्थित र पारदर्शी राखिन्छ भन्ने कुराले कस्तो पार्टी बन्छ भन्ने कुराको निक्र्योल हुन्छ ।
आर्थिक स्रोत परिचालनले पार्ने प्रभाव
पार्टी सञ्चालनका लागि आर्थिक स्रोतको आवश्यकता पर्दछ । पार्टीले त्यो स्रोत कसरी प्राप्त गर्दछ भन्ने कुराले पार्टी निर्माणमा गहिरो प्रभाव पार्दछ । यदि कम्युनिस्ट पार्टी आफ्नै आन्तरिक स्रोत परिचालनमा टिकेको छ भने उसका नीतिहरू वस्तुगत यथार्थको नजिक हुन्छन्, उसले श्रमजीवी वर्गका शत्रु र मित्रको सहज पहिचान र किटान गर्न सक्छ । यस्तो पार्टीले देश र जनताबारे सही निर्णय लिन सक्छ । यस्तो पार्टी संघर्षशील भावनाले युक्त र स्वाभिमानी हुन्छ । कम्युनिस्ट पार्टीको आन्तरिक स्रोतका शीर्षकहरू भनेको पार्टीले आफ्नै उत्पादनबाट गर्ने आर्जन, कार्यकर्ताहरूले दिने लेबी र समर्थक जनपंक्तिबाट उठाइने स्वेच्छिक चन्दा नै हुन् । यीमध्ये लेबी र जनस्तरमा उठाइने चन्दाका स्रोतहरू बढी प्रयोग गर्ने गरिएका छन् । पार्टीले आफ्नै उत्पादनको बिक्री–वितरणबाट या व्यवसाय सञ्चालनबाट आयआर्जन गर्ने अवस्था नेपालमा भेटिन्न । परिवर्तित परिस्थितिमा पार्टी कामको तीव्रता र व्यस्तताका कारणले खर्चको भार बढ्दै जान थालेको छ । यस्तो अवस्थामा कार्यकर्ताहरूले दिने लेबी र खासखास बेलामा जनस्तरमा उठाइने चन्दाले मात्र पार्टीको खर्च धान्न सक्दैन ।
नेपालका कम्युनिस्ट पार्टीले आफ्नो खर्च धान्न ठुला पुाजीपति घरानाहरूसाग चन्दा लिने कुरालाई नै प्राथमिकतामा राखेको देखिन्छ । ठूलो पुाजीपतिले धेरै आर्थिक चन्दा त्यसै दिादैन, घोषित वा अघोषित रूपमा सर्तबन्दी गरेको हुन्छ । यसो गर्दा पार्टीमा पुाजीवादी दृष्टिकोण प्रभावी बन्दै जाने खतरा रहन्छ, जुन कुरा नेपालका कम्युनिस्ट पार्टीहरूले भोगिरहेको स्पष्ट रूपमा देख्न सकिन्छ । सशस्त्र संघर्ष सञ्चालन गरेको पार्टीले धनी वर्गसाग चन्दा असुली गर्नुलाई स्वाभाविक र सामान्य मान्ने गर्दछन् । जबर्जस्ती वा तोकुवाको भरमा ठूलो मात्राको धनराशि लिइए तापनि त्यहाा सर्तबन्दी हुादैन भन्ने तर्क दिइने गरिन्छ । सूक्ष्म ढंगले विश्लेषण गर्दा परिणाम उल्टो देखिने गरेको छ । कम्युनिस्ट पार्टीमा सामेल नभएको धनी मानिससाग ठूलो मात्राको चन्दा रकम लिने बानी परेपछि पार्टीमा फजुल खर्च बढ्ने मात्र होइन, परनिर्भरताको मात्रा पनि बढ्दै जान्छ । अनि क्रमश: आधारभूत वर्गका जनताबाट टाढिने क्रम बढ्न थाल्छ । हुादाहुादा चन्दा दिएकै आधारमा वर्गविरोधीको संरक्षण र श्रमजीवी वर्गका कार्यकर्ताको तिरस्कार हुन थाल्छ । आफ्नो पार्टीको सदस्यता नलिएको श्रमजीवी वर्गकै मानिस शत्रुजस्तो लाग्ने र चन्दा दिएको प्रतिक्रियावादी मित्रजस्तो लाग्ने परिघटना हाम्रै देशको माओवादी आन्दोलनमा यत्रतत्र सर्वत्र देखिएको थियो । यही प्रवृत्ति अहिले देशका प्रमुख कम्युनिस्ट पार्टीहरूमा प्रभावी बन्न थालेको छ । यस्तो प्रवृत्तिलाई नहटाएसम्म कम्युनिस्ट पार्टी निर्माण अधोगतितिर जानेछ ।
सत्तामा गएको बेला वा संसद्को प्रतिपक्षीय हैसियत प्रयोग गरेर सरकारी साधन–स्रोतलाई पार्टी काममा प्रयोग गर्नुलाई ज्यादै सहजताका साथ लिन थालिएको छ । सरकारी साधन–स्रोतको दुरुपयोग गरी पार्टी काममा परिचालित गर्नु झन् ठूलो आर्थिक अपराध हो । त्यसरी प्रयोग गरिने स्रोत पारदर्शी हुादैन, कानुनी ढंगले सरकारी पैसा र साधनस्रोत पार्टी काममा खर्च गर्न पाइन्न । यस्तो कामले पार्टीभित्रै दलाल पुाजीवादी प्रवृत्ति विकसित हुन्छ र चन्दामाथि पनि भ्रष्टाचार हुने खतरा रहन्छ ।
नेकपाको स्थापना गरेपछि कलकत्तामा कमरेड पुष्पलाल र भारतीय कम्युनिस्ट नेता नृपेन चक्रवर्तीबीच भएको मार्मिक वार्तालापलाई यहाा स्मरण गर्नु सान्दर्भिक हुनेछ । पााचजना मिलेर भर्खर पार्टी स्थापना गरेको बेला पहिलो पर्चा निकाल्न पनि कमरेड पुष्पलालसाग पैसा थिएन । उहााले केही आर्थिक सहयोग जुटाइदिन नृपेन चक्रवर्तीसाग अनुरोध गर्नुभएछ । त्यसको जवाफमा कमरेड नृपेन चक्रवर्तीले भन्नुभएछ– ‘हेर पुष्पलाल, हामी तिमीलाई सहयोग गर्न सक्छौं, यसमा हामीलाई कुनै आपत्ति छैन तर नेपाली जनताले तिम्रो पार्टी बचाउन सक्दैनन् भने कसरी आन्दोलन अगाडि बढाउन सकौला त ?’ त्यसपछि पुष्पलालले पत्रिका बेचेर आर्थिक स्रोत जुटाउनुभएछ र पहिलो पर्चा छाप्नुभएछ ।
कम्युनिस्ट पार्टीले आम जनताबाट सानो…सानो मात्राको भए पनि आर्थिक सहयोग निरन्तर उठाइरहनुपर्दछ । यसले पार्टीको आर्थिक स्रोत बलियो त हुन्छ नै, पार्टीलाई जनताको पंक्तिसाग निरन्तर रूपमा जोडिरहन्छ । जनताको पंक्तिले पनि आफूले सहयोग गरेको पार्टीमाथि नै आशा र भरोसा राख्दछन् । अहिले नेपालका कम्युनिस्ट पार्टीहरूले आम जनताबाट सहयोग लिन छाडेका छन् । यसले उनीहरूलाई जनपंक्तिबाट टाढा पुर्याउने खतरा बढेको छ । पार्टी जनतामा जाने भनेको आफ्ना राजनीतिक विचार र कार्यक्रम लिएर मात्रै जाने होइन । जनतालाई सहयोग गर्ने र जनतासाग सहयोग लिने दोहोरो प्रक्रिया सञ्चालन गर्नु नै जनतामा जानु हो ।
स्रोत परिचालनमा पारदर्शिताको पक्ष
कम्युनिस्ट पार्टीको आयको स्रोत र खर्च दुवै पारदर्शी र हिसाब…किताब व्यवस्थित हुनुपर्दछ । पार्टीमा कहााबाट कसरी सहयोग आइरहेको छ र कहाा खर्च भइरहेको छ भन्ने कुरा यथार्थ रूपमा सार्वजनिक गर्ने प्रणाली विकसित गरियो भने त्यसले पार्टीका धेरै समस्या स्वत: समाधान हुन्छन् । हिसाबकिताब पारदर्शी गरिने भएपछि लिन नहुने ठाउाबाट सहयोग लिइादैन र गर्न नहुने ठाउामा खर्च गरिन्न । आर्थिक पारदर्शिताको पक्षले कार्यकर्ताहरूलाई स्वत: अनुशासित बनाउादै लैजान्छ ।
अनुशासनको पक्ष
कम्युनिस्ट पार्टी स्वयंसेवी संगठन हो । वर्गीय मुक्तिको बाटो हुादै समग्र मानवताको मुक्तिका लागि मानिसहरू कम्युनिस्ट पार्टीमा आएका हुन्छन् । कसैको इच्छाविपरीत पार्टीमा संगठित गर्न सकिन्न, करकापले संगठित गरिएको कार्यकर्ता पार्टीमा टिक्दा पनि टिक्दैन । स्वयंसेवी संगठन हो भन्दैमा संगठनका विधि–नियमहरू मिच्ने कुरालाई छुट दिनु हुादैन । कम्युनिस्ट आचरण नमान्ने, वैचारिक, सांगठनिक, आर्थिक, चारित्रिक इत्यादि अनुशासन उल्लंघन गर्ने मानिस जतिसुकै ठूलो नेता वा आधारभूत तहको कार्यकर्ता जोसुकै भए पनि उसलाई अनुशासनको कारबाही गर्नैपर्दछ । गल्ती गर्नेलाई अनुशासनको कारबाही नगर्दा संगठनमा अराजकता उत्पन्न हुन्छ, जसले जे गरे पनि हुन्छ भन्ने भावनाको विकास हुन्छ, स्वच्छन्दतावाद बढ्छ र परिणामस्वरूप संगठन नै तंगभंग हुन पुग्छ ।
पार्टी अनुशासनको पालनाको प्रत्याभूति केन्द्रीय नेतृत्वदेखि सुरु हुनुपर्दछ । माथिल्लो कमिटीका नेताहरू अनुशासित भए मात्रै तल्ला कमिटीहरूमा अनुशासन लागू गर्न/गराउन सकिन्छ । स्थानीय तहका कमिटीको कुनै सदस्यले गल्ती गर्दा त्यसले स्थानीय तहमा मात्रै प्रभाव पार्दछ भने केन्द्रीय तहको नेताले गल्ती गर्दा त्यसको प्रभाव अन्तर्राष्ट्रिय तहसम्म पुग्न सक्छ । यसैले अनुशासनको पालनामा पहिले केन्द्रीय तहमै कडाइ गरिनुपर्दछ । अहिले यसो हुन सकिरहेको छैन । हालका दिनमा नेपालका कम्युनिस्ट पार्टीहरूमा माथिल्लो तहमै अनुशासन उल्लंघन गर्ने र गुटको आवरणमा त्यसलाई ढाकछोप गर्ने मात्रै होइन, गलत कुरालाई महिमामण्डित गर्ने धेरै नराम्रो परिपाटी विकसित भएको छ ।
नेपाली कम्युनिस्ट पार्टीहरूमा अनुशासनबारे धेरै सााघुरो बुझाइ रहेको देखिन्छ । महिला–पुरुषबीच समाजले स्वीकृत गरेभन्दा फरक ढंगले हुने शारीरिक सम्बन्धलाई सबैभन्दा ठूलो अनुशासन उल्लंघनको घटना मान्ने, त्यसपछि बहुविवाहलाई अनुशासन उल्लंघन मान्ने र तेस्रो कोटिमा प्रामाणिक आर्थिक भ्रष्टाचारलाई मान्ने एकखालको सामाजिक मनोविज्ञान नै छ, जसको छाप सबै कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्तामा परेको छ । निश्चय नै यी कुराहरू दण्डनीय हुन् भन्ने कुरामा कुनै शंका छैन, तर पार्टी अनुशासनबारे यो ज्यादै सााघुरो बुझाइ हो । दु:खको कुरा, हालका दिनमा यही सााघुरो कुरामा पनि दण्ड हुन छाडेको छ र पार्टीपंक्तिमा आम रूपमा निराशा छाउन थालेको छ ।
पार्टीका नीतिहरूको उल्लंघन वा लापरबाहीपूर्ण कामकारबाहीले आन्दोलनमा पुर्याउने क्षतिको मात्रा अत्यन्त धेरै हुन्छ, तर यस्ता विषयमा पार्टीमा कसैलाई कारबाही हुन छाडेको छ । राज्यको निर्णायक तहमा कुनै गलत व्यक्तिको नियुक्तिले समग्र कम्युनिस्ट आन्दोलनलाई धरापमा पार्न सक्छ, तर यस्तो विषयमा कुनै दण्ड वा कारबाही नहुने परम्परा नै बसेको छ । दण्डहीनताले प्रश्रय पाउादै गयो भने कम्युनिस्ट पार्टी समाप्तिको दिशातिर जान्छ । यसबारे सजग हुनलाई ढिलो भइसकेको छ ।
सम्बन्धित समाचार
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
-
अर्थ मन्त्रालयले तयार पार्यो १०० दिनको कार्ययोजना
-
‘नेपाल फर्स्ट’ परराष्ट्र नीतिको खाँचो
-
अडानबाट पछि हटे हर्क साम्पाङ
-
मुख्यमन्त्रीको प्रत्यक्ष निर्वाचन
-
राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
-
निजगढमा विष्फोट हुँदा एकको मृत्यु, पाँच घाइते
-
९ वर्षीया बालिका बलात्कार गर्ने ८६ वर्षीय वृद्धलाई जन्मकैद
Leave a Reply