एमाले, बहुदलीय जनवाद,नयाा संविधान र बजेट

जारी वर्गसंघर्षलाई बहुदलीय प्रतिपर्धाको माध्यमबाट श्रेष्ठता हासिल गर्दै पूरा गर्ने महान् उद्देश्यका साथ माक्र्सवादको सिर्जनात्मक प्रयोग स्वरूप विश्व कम्युनिस्ट आन्दोलनको पछिल्लो उपजका रूपमा आएको नवीनतम सिद्धान्त नै बहुदलीय जनवाद हो । कम्युनिस्ट पार्टीको मात्र शासन चल्ने, अरू दललाई प्रतिबन्ध लगाउने कम्युनिस्ट शासन प्रणाली भएका देशहरूको पूर्ववत् व्यवस्थाका कारण कम्युनिस्टहरू आलोचनाको सिकार बन्न परिरहेको बेला बहुदलीय शासन प्रणालीबाटै जनमुखी कार्यक्रम लागू गर्दै जनताका बीचमा लोकप्रिय हुने, धनी र गरिबीचको खाडल पुर्ने, धनी र गरीबबीचको वर्गसंघर्षलाई अन्त्य गरी देशमा जनवादी कार्यक्रम लागू गर्दै समाजवादतिर अगाडि बढ्न सकिन्छ भन्ने विचार लिएर एमाले अगाडि बढेको छ । लोकतन्त्रकै माध्यमबाट जनतामाझ स्थापित हुने, लोकतन्त्रका मूल्य र मान्यतालाई आत्मसात् गरी जनप्रिय कार्यक्रममार्फत श्रेष्ठता हासिल गर्ने नयाा विचारका साथ नेकपा एमाले निरन्तर पाइला चाल्दै छ । कम्युनिजममा यो नितान्त नयाा सोच हो । कतिपयले एमाले अब कम्युनिस्ट रहेन भन्ने सम्मको आरोप लगाउन थालेका छन् । तर, कम्युनिस्टहरूमध्येकै श्रेष्ठ कम्युनिस्ट पार्टीका रूपमा एमाले किन स्थापित छ ? यसको मुख्य कारण हो, नेपाली माटोसुहाउादो माक्र्सवादको सिर्जनात्मक प्रयोग गर्न एमालेले जनताको बहुदलीय जनवाद नामक नयाा सिद्धान्तको प्रतिपादन गरी समय सुहाउादो राजनीति गर्दै छ । एकतन्त्रीय कम्युनिस्ट शासन व्यवस्था कुनै ठाउामा उपयुक्त होला वा कुनै समय उपयुक्त थियो होला, तर अबको दुनियाामा खुला प्रतिस्पर्धा गरेर जित हासिल गर्नुबाहेक कुनै विकल्प छैन । जुनसुकै प्रकारको भए पनि तानाशाही व्यवस्था अब टिक्न सक्दैन । कसैलाई पनि विचारको आधारमा प्रतिबन्ध लगाउने कुरा सोच्न पनि सकिादैन ।अबको दुनियाामा त्यस्तो व्यवस्था लोकप्रिय हुनै सक्दैन । नेपालको सन्दर्भमा त तानाशाही व्यवस्था असम्भव छ, किनकि नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध र परिवेशका कारण यहाा कुनै प्रकारका निर्दलीयता कायम राख्न सक्ने अवस्था अब छैन । त्यसैले, नेकपा एमालेले नेपालमा कम्युनिस्ट व्यवस्थाको नयाा प्रयोग र कम्युनिस्ट पार्टीलाई नयाा ढंगले सक्रिय बनाउने सोचको विकास गरी आज दुनियााको अगाडि कम्युनिस्टहरू झन् बढी लोकतान्त्रिक ढंगले अगाडि बढ्न सक्छन् भन्ने उदाहरण देखाएको छ ।
कमरेड मदन भण्डारीको अगुवाइमा नेकपा एमालेको पााचौं महाधिवेशनबाट पार्टीको कार्यक्रमका रूपमा पारित यो सिद्धान्त आज पार्टीको मार्गदर्शक सिद्धान्तका रूपमा विकास भइसकेको छ । कमरेड मदन भन्नुहन्थ्यो– ‘सिद्धान्तका लागि जीवन होइन, जीवन सिद्धान्तका लागि हुनुपर्छ ।’ तसर्थ, यसको अर्थ के पनि हो भने आज नेकपा एमालेका लागि बहुदलीय जनवाद होइन, बहुदलीय जनवादका लागि एमाले हुनुपर्दछ भन्न खोजिएको हो । कुन पार्टी केका लागि थियो, आज केका लागि लड्दै छ ? नेपाली कांग्रेस प्रजातान्त्रिक समाजवादको कुरा गर्थे, तर ऊ अहिले त्यो शब्द उच्चारण गर्नै चाहादैन । अर्थात्, त्यो पार्टी अहिले सिद्धान्तविहीन भइसक्यो । एनेकपा माओवादी अर्थात् हालैको माओवादी केन्द्र प्रचण्डपथ र बन्दुकको नालबाट मात्र सत्ता प्राप्त हुन्छ भन्ने सिद्धान्त बोकेको पार्टी हो । आज ऊ शान्ति प्रक्रियामा आएपछि र ब्यालेटको माध्यमबाटै सत्तामा पुगेसकेपछि उसको सिद्धान्तको अन्त्य भइसक्यो र स्वत: एमालेको सिद्धान्ततिर फर्कन ऊ बाध्य भइसक्यो । अरू क्षेत्रीयतावादी, जातीवादी पार्टीहरूको कुरा गर्ने हो भने कुनै सिद्धान्तको पछि होइन व्यक्तिगत, जातीगत र क्षेत्रीय स्वार्थबाहेक केही देखिादैन । त्यसकारण, जीवन्त पार्टी त्यो हो, जो सार्थक सिद्धान्तका लागि निरन्तर अघि बढिरहेको छ ।
आज बहुदलीय जनवाद विश्व राजनीतिक जगत्मा नयाा प्रयोग भएकाले सबैको चासोको विषय भएको छ । एकपछि अर्को सफलताका कारण सिंगो कम्युनिस्ट आन्दोलन बहुदलीय जनवादप्रति आकर्षित हुन थालेको छ । विश्व कम्युनिस्ट आन्दोलन सुस्ताएको बेला, पूर्वी युरोपमा धमाधम कम्युनिस्ट पार्टी असफल हुादै आएको र कम्युनिस्टहरू सर्वथा तानाशाही हुन्छ र सोही कारणले कम्युनिस्टहरू धमाधम सखाप हुन थाले भन्ने पुाजीवादीहरूको विश्लेषण भइरहेको बेला नेपाली कम्युनिस्ट आन्दोलनको मूल धार नेकपा एमालेले बहुदलीय जनवादको सिद्धान्त प्रतिपादन मात्र गरेन, उसले आफूलाई दुनियााको सबैभन्दा लोकतान्त्रिक पार्टीका रूपमा प्रमाणित गरेपछि नेपाली राजनीति एकाएक एमालेको वरिपरि घुम्न थालेको छ । देशको प्रत्येक घटनाक्रममा एमालेको मुख्य भूमिका हुने गरेको छ ।
नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान ल्याउन एमालेको सबैभन्दा सन्तुलित र सक्रिय भूमिका रह्यो । यथास्थितिवादका नाइके नेपाली कांग्रेस संविधानमा नयाा परिवर्तनको कुरा लेख्नै चाहादैथ्यो । उग्रवादी चिन्तन बोकेका एमाओवादीहरू जातीय चिन्तनबाट टसमस थिएन । अर्कोतिर मधेशवादी दलहरू क्षेत्रीयतावादी कुराबाहेक केही गर्दैनथे, अहिले पनि उस्तै छन् । एकातिर यस्तो विषम परिस्थिति, अर्कोतिर भारतीय प्रभुत्ववाद, अमेरेकी साम्राज्यवाद र युरोपेली यूनियनको हैकमवादका कारण नेपालमा, नेपाल र नेपालीको हितमा नयाा संविधान ल्याउनु फलामको चिउरा चपाउनुजस्तै थियो । उनीहरूको इच्छाविपरीत नयाा संविधान आउने स्थिति थिएन । छिमेकी भारतले त जबर्जस्ती संविधान रोक्नसमेत आइपुगेको थियो । यस्तो स्थितिमा एमालेको चट्टानी अडान, कुशल संयोजन र चलाखीपूर्ण कार्यशैलीका कारण नेपालको इतिहासमा पहिलोपटक संविधानसभाबाट नेपाली जनताको चाहना बमोजिम समाजवादप्रति प्रतिबद्ध, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान आउन सफल भयो । कुनै शक्तिकेन्द्रसाग नझुकेपछि नेपाल र नेपालीको शिर उाचो भएको छ । त्यसकारण, जसरी नेपाली माटोमा बहुदलीय जनवादको सिर्जना भयो, त्यसैगरी नेपालको मौलिक दस्तावेजका रूपमा यो संविधान आएको छ, यसभन्दा पहिले आएका नेपालको संविधानहरू कहिल्यै मौलिक बन्न सकेन । त्यसमा कुनै न कुनै शक्ति केन्द्रको हित लुकेको थियो । यो मौलिक संविधान आउन लागेकै बेला आफ्ना हित समावेश गर्न विदेशीहरू सल्बलाएका थिए । तर, त्यो हुन पाएन, अहिले हारको महससु गरिरहेका छन् । भारतको अघोषित नाकाबन्दी त्यसैको प्रतिविम्ब हो । उसले मधेसवादीहरूलाई निरन्तर उपयोग गर्दै आइरहेको छ र संविधानको कार्यान्वयन हुन नदिन अर्को हतकण्डा मच्चाउादै छ । जसरी एमालेले यो मौलिक संविधान ल्याउन अद्वितीय भूमिका खेल्यो, अब यसको कार्यान्वयनका लागि उसकै नेतृत्व अपरिहार्य छ । एमालेको पहलबेगर यो संविधान सफल कार्यान्वयन हुने संकेत छैन ।
हुन त नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा संविधान आएको भनेर फुर्ती लाउाछन्, तर यो संयोग मात्र हो । उसको कारणले संविधान नआउने छनक पाएपछि पूरै एमालेको अडानमा संविधान आएको कुरा नेपाली जनतालाई राम्ररी थाहा छ । उता, एमाओवादी भन्छ– ‘संविधानसभा उसैको उपज हो ।’ त्यसमा केही सत्यता होला, तर बच्चा जन्माएर आफैंले निमोठेर फाल्ने उही एमाओवादी होइन ? त्यो कसलाई थाहा छैन र ? बच्चा जन्माएर मात्र हुादैन, उचित पालणपोषण र शिक्षादीक्षा सबैभन्दा ठूलो कुरा हो । एमाओवादीका कारण जन्मिएको भनिएको संविधानसभा त ऊ आफंैले मारेर फ्यााकिदिएकै हो, विनाकारण भंग गरेर । पछिल्लो संविधानसभा सबैको प्रयासमा जन्म्यो, तर एमालेको मुख्य प्रयासमा सफलतामा पुग्यो । अझै यसको कार्यान्वयन पक्ष त्यत्तिकै कठिन छ । एकातिर संघीयताको कार्यान्वयन सबैभन्दा ठूलो कठिन विषय भएको छ भने समाजवादप्रति प्रतिबद्ध कार्यक्रम ल्याउन त्यत्तिकै चुनौती छ ।
तथापि, एमालेको बहुदलीय जनवाद र संविधानको अकांक्षा एमालेको नेतृत्वमा रहेको वर्तमान सरकारले ल्याएको नयाा बजेटमा मुखरित भएको छ । अझ एमालेको एकमना सरकार भएको भए उथलपुथल नै हुने थियो । समाजवादी कार्यक्रम र बजेट जहिले पनि गरिबमुखी, गाउामुखी हुन्छ र त्यो वितरणमुखी नै हुन्छ । तल्लो तहसम्म बजेत वितरण गर्न सके मात्र त्यसको महसुस साधारण जनताले गर्न पाउाछन् । त्यसैले, पुाजीवादीहरू बजेट छरपस्ट भयो भनेर आलोचना गर्ने गर्छन् । उनीहरू बजेटलाई अधिकांश जनताको हित हुने गरी वितरण गर्नै चाहादैनन् ।
आफूलाई लोकतन्त्रका हिमायती ठान्ने पार्टीहरू अहिले एमालेबाट लोकतन्त्रको मन्त्र सिक्दै छन् र तदनुरूप अभ्यास गर्ने कोसिस गरिरहेका छन् । यसर्थ, हिजो कम्युनिस्ट पार्टी तानाशाही हुन्छ भनेर गालीगलौज गर्नेहरू आज त्यही कम्युनिस्ट पार्टर्ीबाट लोकतन्त्रका पाठ सिकिरहेका छन् । यसरी नै लोकतन्त्रका अभ्यासका साथै जनमुखी कार्यक्रमबाट जनताबीच लोकप्रिय हुन सके मात्र श्रेष्ठता हासिल गर्न सकिन्छ । एमाले त्यसरी नै अगाडी बढ्दै छ र बढ्दै जानुपर्दछ ।
ब्रेकर : नेकपा एमालेले नेपालमा कम्युनिस्ट व्यवस्थाको नयाा प्रयोग र कम्युनिस्ट पार्टीलाई नयाा ढंगले सक्रिय बनाउने सोचको विकास गरी आज दुनियााको अगाडि कम्युनिस्टहरू झन् बढी लोकतान्त्रिक ढंगले अगाडि बढ्न सक्छन् भन्ने उदाहरण देखाएको छ ।
सम्बन्धित समाचार
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
-
अर्थ मन्त्रालयले तयार पार्यो १०० दिनको कार्ययोजना
-
‘नेपाल फर्स्ट’ परराष्ट्र नीतिको खाँचो
-
अडानबाट पछि हटे हर्क साम्पाङ
-
मुख्यमन्त्रीको प्रत्यक्ष निर्वाचन
-
राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
-
निजगढमा विष्फोट हुँदा एकको मृत्यु, पाँच घाइते
-
९ वर्षीया बालिका बलात्कार गर्ने ८६ वर्षीय वृद्धलाई जन्मकैद
Leave a Reply