राजनीतिक अस्थिरतामा मौलाएको ठगी र भ्रमको खेती

केही दिनयता टेलिभिजन, रेडियो, पत्रपत्रिकालगायतका सञ्चारमाध्यमहरु, सिनेमाहल, युट्युव र सामाजिक सञ्जालमा प्रसारण भइरहेको एउटा राजनीतिक विज्ञापनले निकै स्थान पाएको छ । विज्ञापनमा एकजना नेताले निकै अभिनयपूर्वक भनिरहेका हुन्छन्– ‘म फलाना, मधेसी, थारु… महिला र दलित’को प्रतिनिधित्व र अधिकारको लागि ‘नयाा’ पार्टीमा प्रवेश गरौं । त्यसैगरी विभिन्न हाउभाउमा ‘रुढ विचार र वाहमा टाासी रहनपर्दैन’ भन्दै ‘वाम लोकतान्त्रिक शक्ति निर्माणको’ बहुप्रचतारित उक्त विज्ञापन नेपाली समाजमा सयौं वर्षदेखि हुादै आएको ठगी र भ्रमको खेतीको पछिल्लो सारसंग्रहवादी आकर्षण श्रृंखलाको रुपमा लिन सकिन्छ ।
नेपालमा भन्दा विदशेमा –भारत र अन्य देशहरुमा) ‘धमाधम आफ्ना शाखाहरु विस्तार’ भइरहेको भनिएको उक्त ‘नयाा पार्टी’ बारे देशभित्रभन्दा विदेशमा चासो र समर्थन हुनु अर्थपूर्ण मानिएको छ । यो नेपाली इतिहासको पछिल्लो ठगी र भ्रमको पक्ष विपक्षमा धेरै धारणा आइरहेका छन् । आफैं अभियन्तासमेत रहेका यो ‘शक्तिका’ प्रमुख अभिनेताको बारेमा माओवादी उग्रवामपन्थी क्रियाकलापको द्वन्द्वकाल, त्यो पार्टीभित्र गरिएका शंका उपशंका, आरोप र कारवाही स्मरणयोग्य रहेका छन् । विगतमा मुख्य विषय रहेको शान्ति प्रक्रियामा ध्यान नदिएको, आफ्नै नेतृत्वको सरकार हुादा र सर्वाधिक ठूलो दलको नेता हुादा नयाा संविधान निर्माण गर्न नसकेको तथा संविधानसभाको विघटनबाट उत्पन्न संवैधानिक जटिलता (रिक्तता) भनी राजनीतिक अस्थिरताको श्रृंखलालाई हाल स्मरणयोग्य घटना पनि कतिपयले महसुस गरिरहेका छन् ।
पछिल्लोपटक नयाा संविधानको निर्माण प्रक्रियामा बिना कुनै फरकमत भाग लिने तर संविधान जारी भएको छ दिनपछि आफ्नो पार्टी र संसदको सदस्यता परित्यागलाई झन् धेरै अर्थपूर्ण ठान्ने बुद्धिजीवीहरु पनि छन् ।
क. दर्शन, वाद र विचार : नेपाली समाजमा एक जमानामा दर्शनवाद र विचार केही होइन भनिन्थ्यो । कसैकसैले जनतालाई भ्रमित पार्न अर्को भाषामा भन्ने गर्दथे– ‘सबै उस्तै हुन् ।’ अनि कसैले प्रचार गर्दथे– फलाना दर्शन, वाद र विचारधारा समाप्त भयो भनेर, त्यसको सान्दर्भिकता सकियो, त्यस्ता दर्शन, वाद , विचार बेठीक थिए आदि आदि ।
समाज विकास र द्वन्द्वात्मक ऐतिहासिक भौतिकवादले स्पष्ट प्रमाणित गरेको छ कि दर्शनका दुई पक्ष वा थरिमात्र छन् । सबै प्रकारका वाद र विचारधाराहरु ती दुई दार्शनिक धाराको वरिपरि घुम्छन् र त्यसबाट निर्देशित रहन्छन् । चाहे त्यो पूर्वीय दर्शनमा कपीलदेखि गौतमबद्धसम्म र मनुस्मृतिदेखि अन्य दैविकशक्ति एवं स्वर्ग र नर्कमा आधारित धाराहरु । त्यसैगरी पश्चिममा विकसित दर्शनमा सुकरात, हेरावलीटश, फायरबाख हुादै कार्लमाक्र्स अनि माक्र्सवादी–लेनिनवादी धाराको विकास तथा प्रभु ईशु, अल्लाह, पैगेम्बर आदिको दर्शनधारा ।
संसउारमा मानिसहरुले सोच्ने, व्यवहार गर्ने, राजनीतिक र शासन प्रणाली यी दुई वटै दार्शनिक धाराबाट निर्देशित हुन्छन् । सामाजिक व्यवस्थाहरु, उत्पादन प्रणाली र उत्पादन सम्बन्धहरु पनि दर्शनका यी दुई धाराभन्दा भिन्न हुनसकेका छैनन् र यहाानेर यी विद्वान अभियन्ताले भनेका प्रचार गरिरहेका कुन दर्शनधारा ‘रुढ विचार र वाद’ हो र त्यसमा ‘टाासिरहन नपर्ने’ निष्कर्ष के बाट आयो नेपाली जनताले बुझ्नसकेका छैनन् । कुनै पनि दर्शन– वाद, विचारधारा अमूक व्यक्तिले मानेको दिनसम्म ठिक हुने वा रहने नत्र बेठीक ठहरिने र मान्नु नपर्ने कसरी हुनसक्छ ? यो कस्तो चिन्तनको दरिद्रता हो वा ठगीको नयाा शैली ?
नेपाल राष्ट्रको निर्माणदेखि पछिल्लो ७० वर्षे लोकतन्त्र प्राप्तिको अभ्च्यास र जनक्रान्ति, आन्दोलन, संघर्ष, जनयुद्ध आदि) ले पनि यी दुई धारामा टेकेर नै अघि बढेको पाइन्छ । बरु विचरा अभिनयकारी अभियन्ताज्यू नै कहिले हिंसात्मक सशस्त्र संघर्ष–माओवाद र प्रचण्डपथसम्मको यात्रामा रुमलिदै अहिले फनक्क फन्को मारेर ‘वाम लोकतान्त्रिक शक्ति’को नयाा सपना बााड्दैछन् अनि यो हालको ‘वाद’ कि विगतको वितण्डाको ‘वाद’ कुन ठीक थियो जबकि त्यो र यो सबै यात्रा भ्रमहरुको महत्वपूर्ण श्रृंखला सावित हुादै गएको छ ।
ख. के वााम लोकतान्त्रिक शक्तिको नारा नयाा हो ?
नेपाल राष्ट्र र समाजको बनावट, भूराजनीतिक अवस्था, राजनीतिक विचारधाराहरुको विभाजित जनमतलाई तुष्टीकरण गरिरहन बारम्बार लगाइने धेरै बासी नारा हो– ‘वामलोकतान्त्रिकरण’ । जबजब नेपाली राजनीतिमा जडशत्रूवाद, अन्धानुकरण, उग्रपन्थ र अतिवादी क्रियाकलाप हावी हुन्छन् त्न्यसैगरी जबजब क्रान्तिकारी आमूल परिवर्तनकारी शक्ति –विचार र दर्शन)ले केहीस् गर्न सक्दैन भन्ने पलायनवादी । विसर्जनकारी चिन्तन प्रभाब ब्दै जान्छ त्यतित्यति बेला उत्पन्न हुन्छ यो ‘वाम लोकतान्त्रिक शक्ति’ को सोच ।
द्वन्दात्मक भौतिकवादी विचारधारा र कम्युनिस्ट पार्टीबाट व्यक्तित्व विकास भएका तर रुपान्तरित हुन नसकेका वा कम्युनिस्ट पार्टी र आन्दोलनभित्रका घुस पैठियाहरुको बहिरगमन सागै निस्कने ‘विचारधारा’ हो– यो ‘वाम लोकतान्त्रिक’ श्लोगन । विभिन्न दर्शनधाराहरुको सारसंग्रहबाट केही समय जनता झुक्याएर प्रतिक्रियावादको सेवा गर्ने ‘सुगरकोटेड’ भाषा हो– यो ‘नयाा शक्ति’बाट प्रचारित सामग्रीहरु ।
जननेता मदन भण्डारीले भन्नुभएको छ– ‘संसारमा विकसित राजनीतिक र शासन प्रणाली जनताको संघर्ष र अधिकार प्राप्तिको श्रृंखला हुन् । त्यो कुनै शासक र दल विशेषको पेवा हुन सक्दैन । तर ती राजनीतिक र शासन प्रणालीका अभ्यासहरु पूर्णतया जनताको पक्षमा छन् कि छैनन् । तिनको विचारधारात्मक दार्शनिक स्रोत के हो बुझ्न जरुरी हुन्छ ।
संसारमा सामन्त, तानाशाह र पूाजीवादी शासकहरु साम्राज्यवादी शक्तिहरुले गरेको अधिनायकवाद, शासन र शोषण सर्वथा विरोध र विमतिको विषय छादैछ । तर सागसागै माक्र्सवादी दर्शनधाराका शासन प्रणालीहरुले पनि राजनीतिक दललाई राजकीय दल बनाउन गरेका गल्तीहरु, राजनीतिक संगठनलाई फौजी संगठन बनाएका अभ्यासहरु, राजनीतिक पार्टीलाई संविधान, कानुन र जनताभन्दा माथि राख्न गरेका कोशिषहरु आलोचनाका पक्ष थिए । त्न्यस्तो गल्ती गरिरहादा माक्र्सवाद, द्वन्दात्मक ऐतिहासिक भौतिकवादको विचारधारात्मक त्रुटी थिएन । बरु त्यसलाई बुझ्ने र प्रयोग गर्नेमा त्रुटीहरु भएका थिए । त्यतिबेला स्पष्ट दार्शनिक विचारधारामा पुराना शासन प्रणाली, उत्पादन र चिन्तन व्यवहारका किटाणु प्रवेश गरेर दुषित भएका अभ्यासहरु भएका थिए । अहिले अभिनयकारी अभियन्ताजीले त्यसै बसी कुप्रचारबाट आफूलाई नयाा दार्शनिक बनाउने खेल खेलिरहेका मात्र हुन् ।
नेपालमा वाम कम्युनिस्टहरुको बढ्दो लोकप्रियतालाई रोक्न छेक्न संचालितहरुले कम्युनिस्टहरुको विगत परिवर्तनकारी भूमिका र निर्वाचनबाट प्राप्त जनमतलाई ध्यानमा राख्दै आफ्नो पक्षमा सहानुभूति समर्थन पप्त गर्नुमात्र यो ‘वाम’ शब्दको विशेषण पुच्छर जोडेका हुन् । ‘वाम’ अर्थात् कम्युनिस्ट हुनु आफैंमा उचच लोकतान्त्रिक र जनपक्षीय विचार हो । समाजवाद अझ उच्च व्यवस्था हो तर जसरी नेपाली कांग्ेरसजस्ता घोरपूाजीवादी, नवउदारवादी एवं सामन्ती विचार दर्शन व्यवहार बोकेका पार्टीहरुले समेत समाजवादको कुरा गर्दछन्, त्यस्तै भ्रमको लागि ‘वाम’ शब्दको प्रयोगबाट नेपाली वामपन्थी जनमतलाई भ्रममा राख्ने नयाा श्रृंखला हो ।
ग. राष्ट्रियता र वर्गीय पक्षधरता बिनाको खोक्रो प्रचारवाजी
संसारभरिका राजनीतिक पार्टी अभ्यासमा त्यसमा पनि वामविचारधारा जोडिएको पार्टीहरुमा कम्तिमा पनि पााचवटा महत्वपूर्ण घटकयुक्त हुनैपर्दछ । पहिलो– स्पष्ट दार्शनिक, सैद्धान्तिक र रणनीतिक उदवेवसहितको संगठन संरचना । दोस्रो, जनवर्गीय र मोर्चा संगठनहरुको पूरक संरचना । जुन राजनीयितक परिवर्तनका लागि जनसंगठन र जनसंघर्षको अगुवा मोर्चा हुने गर्दछन् । तेस्रो जुन समुदाय खासगरी लक्षित वर्ग (वर्गीय पक्षधरता) को लागि समर्पित नीति, कार्यक्रम र पहलकदमी सक्रियता तथा सबै मोर्चाका प्रतिस्पर्धाबाट आफूलाई स्थापित गर्ने । चौथो, उपरोक्त उद्देश्य नीतिहरु प्राप्तिको लागि राजकीय, सामाजिक र सामुदायिक क्षेत्रमा जनताको अनुमोदनसहितको पहुाचत नेतृत्व प्राप्ति । पााचौंमा अन्तर्राष्ट्रिय सम्बन्ध, सम्पर्क र समर्थनका साथै असलमा परराष्ट्रनीतिसहितको स्पष्ट राष्ट्रवानदी सोच नीतिको अवलम्बन । यी महत्वपूर्ण संघटकहरुभित्र वर्ग र वर्गीय पक्षधरता महत्वपूर्ण हुन्छ । जननेता मदन भण्डारीले धेरै अघि भन्नुभएको प्रगतिशील राष्ट्रवादलाई नयाा अविस्कार बनाउने प्रयत्नमा राष्ट्रियतालाई कमजोर पार्ने देशको संविधान र लोकतान्त्रिक गणतन्त्रलाई विवादमा ल्याउने दुष्प्रयास खोक्रो राष्ट्रवादको उपजमात्र हुनेछ । अहिले पुराना, स्थापित र जनाधार भएका पार्टीहरुलाई समेत मात गर्नेगरी भएको खर्च, तडकभडक, प्रचार र विदेशीहरुको रुची हेर्दा यसको राष्ट्रवाद बुझ्न सकिन्छ । माथि चर्चा गरिएका पााचवटा विशेषको कुनै नजिक पनि नभएको पार्टीले परिवर्तन र समृद्धिको प्रचारको तथ्यपरकता बुझ्न सकिन्छ ।
नेपाली जनताले आफ्ना निर्वाचित प्रतिनिधिद्वारा बनाएको संविधानमा खोट देख्नेहरुले दक्षिण एसिया र संसारका संविधानहरुको तुलना गर्न तयार छन् छैनन् । हाम्रो संविधानमा भएका जनाधिकार, वर्ग र जाति समुदायका अधिकार कहााकहाा कुनकुन देशका संविधानभन्दा कम छन्, नेपाली जनतालाई स्पष्ट बताउनुपर्यो । विगतमा जातीय र साम्प्रदायिक नारा र विभाजनको खेलबाट पार्टीको विस्तार गरेको अनुभवलाई उपयोग गर्दै ‘अहिले पनि मधेसी, थारु… आदिको दुहाई दिंदै नेपाली समाजको सबैभन्दा पछाडि पारिएको शोषण भएको महिला र दलितलाई पुछारमा सम्बोधन गर्नु आफैंमा काइते प्रचार भएको नांगेझार प्रमाणित भएको छ । माओवादी केन्द्रको मूलधारबाट उच्छिट्टिएकाहरुको बाहुल्यता रहेका व्यक्तिहरु आफैंले ‘नयााशक्ति’ घोषणा मात्र हो ।
घ. मूलधारका दलहरु सच्चिन चेतावनी र चुनौती
नेपालको इतिहासमा निर्दलीय पञ्चायती निरंकुशताको अन्त्यका २७ वर्ष र राजतन्त्र समाप्तिका झन्डै १० वर्षलाई महत्वपूर्ण कालखण्डको लिन सकिन्छ । राजनीतिक अधिकार प्राप्तिको एक सताब्दी, संविधान निर्माणको प्रयासका ६५ वर्ष, गणतन्त्रका १० वर्षको बीचका राजनीतिक पार्टीहरुको विकासक्रम उतारचढाव नेपाली जनमानसमा रहेकैछ । यो सागै जनताले राजनीतिक पार्टीहरुको मूल्यांकनका तीन आधार राष्ट्रियता जनवाद (लोकतान्त्रिकरण) र जनजीविकाको पक्षमा गरेको योगदान पनि बिर्सेका हुादैनन् । त्यसैगरी राष्ट्रियता, जनवाद र जनजीविकाको लागि व्यक्तिको नेतृत्वदायी भूमिका पनि जनताले नियालिरहेका हुन्छन् । जस्तो महान सहिदहरुको बलिदान, पुष्पलाल, मदन भण्डारी, मनमोहन अधिकारी, वीपी कोइरालmा, गणेशमान सिंह आदिको भूमिका र योगदान जनमानसमा कहिले पनि विस्मृतिमा जानेछैन ।
तर नेपाललाई बाह्य हस्तक्षेपको क्रीडास्थल बनाउने, जनताको मानमर्दन गर्ने र जनताको खुनपसिनाबाट संचित ढुकुटीमा लुट मचाएकाहरुले गरेको ‘नयाा शक्तिको’ प्रचार पाच्य हुन सक्दैन । जनवादको पहिलो संविधानसभामा भएको निर्वाचनको अभ्यास र गोर्खा जिल्लामा भएको मतदान कुन लोकतन्त्र र जनवादभित्र पर्दछ, अहिले पनि जनता खोजिरहेका छन् ।
अब मूलधारका पार्टीहरुले पयिन राष्ट्रियता, जनवाद र जनजीविकालाई केन्द्रभागमा राख्न सकेनन् भने भ्रमको खेती फस्टाउन सक्छ । श्रमिकका कुरा गर्ने तर पूाजीपतिको पक्षधरता अपनाउने, सुकुम्वासी र गरीब किसानको चर्चा गर्ने तर जमिन्दारको रक्षा गर्ने, सर्वहारा रुपान्तरण (वर्गीय पक्षधरताका) कुरा गर्ने तर अकूत सम्पत्ति कमाउने र कम्युनिस्ट पार्टीभित्र ठूलो वर्गीय खाडल उत्पन्न गर्ने विषयमा बहस छलफल चलाउन जरुरी भएको छ । मूलधारका र त्यसमा पनि कम्युनिस्ट पार्टी र तिनका जनवर्गीय संगठनका आन्तरिक जीवनमा समेत धर पैसाको प्रभाव पार्ने, उत्पादनमा लागेको नाममा भ्रष्टाचारबाट (गैरकानुनी अपारदर्शी ढंगले) धनपैसा कमाउने आदि, विकृति विसंगति रहिरहादासम्म ‘वैकल्पिक शक्ति’हरुले चुनौती दिइनैरहेका छन् ।
पूाजीपति, सामन्त, जमिन्दारले गर्ने कार्य उनीहरुको आफ्नो वर्गीय पक्षधरता हो तर कम्युनिस्ट (वाम) नामधारीहरुले पनि जनताको शोषण गर्ने गलत ढंगले धन कमाउने र अन्य विकृति विसंगति एवं विचलनले कुन पक्षधरता जनाउाछ ? संविधान र कानुनको सर्वोच्चता भनेपछि त्यसको कार्यान्वयनका विधि र प्रक्रियाको सर्वपहुाच एवं उत्तिनै सर्वोच्च हुनुपर्दछ– मूलधारका दलहरुले । नेताहरुले देशको संविधान, कानुन, आफ्नै पार्टीको विधान र पद्धति (अर्थात् दार्शनिक सैद्धान्तिक सवालसमेत) ‘गााजरको बाासुरी’ बनाउने क्रियाकलाप तत्काल रोक्नुपर्दछ ।
अहिले ठगी र भ्रमको खेतीमा पुराना दल र नेताहरु पनि पछि परेका छैनन् । ‘हामीले जे–जे गरिरहेका छौं त्यो–त्यो द र्शन–वाद–विचारधारा र राजनीतिक प्रणाली हो’ भन्ने अहम् भाव र क्रियाकलाप बारम्बार देखापरिरहेका हुन्छन् । पार्टीभित्र र बाहिर दोहोरो व्याख्या र मापदण्डका दर्जनौं उदाहरण दिन सकिन्छ जुन अब दोहोरिनु हुादैन । पार्टीका केन्द्रीय पदाधिकारी र सरकारको महत्वपूर्ण स्थानमा बसेका व्यक्तिहरु समेत जनवर्गीय र मोर्चा संगठनमा बस्न तछाडमछाड किन गर्दछन् ? पार्टीको विधान अधिवेशन गर्नेभन्दा भन्दै गरिदैन । जनसंगठनहरुले विधान अधिवेशन गरे तर कार्यान्वयन हुादैन । पार्टीभित्र र मोर्चा संगठनहरुमा भ्रष्टाचारीहरु उच्च ओहदामा पुग्ने र पुरस्कृत हुन्छन् । सदाचारी र संघर्ष एवं निष्ठाको जीवन बााच्नेहरु उपहासका पात्र बनाइन्छन् । निर्वाचनमा अन्तरघात गर्ने अनुशासनहीन क्रियाकलाप गर्नेहरु सम्भानित र पुरस्कृत हुन्छन् । राजनीतिक संक्रमणकाल र अस्थिरतामा मौलाएका यो गतिविधिबाट उत्पन्न असन्तुष्टी र जनताको निरासालाई भ्रमको खेतीद्वारा अभियानकारी अभियन्ताले केही जनमानसलाई सजिलै आफ्नो पक्षमा पार्न सकिरहेका तर्फ अब मूलधारमा वस्तुनिष्ठ निर्णय छलफल हुन जरुरी भइसकेको छ ।
ङ. महाभ्रमको जोडदार खेती
अन्तमा चर्चा गर्नैपर्ने हुन्छ, केही राजनीतिक, बुद्धिजीवी, सञ्चारकर्मी र विश्लेषकहरुको, जसले हाम्रो देशको संविधानलाई संवैधानिक र निर्माण प्रक्रियाले पूर्ण छ भनी मान्न तयार हुने । तर संविधानको ‘राजनीतिक वैधानिकता’ समाप्त हुन लागेको भन्ने स्यालहुईंया मच्चाउने प्रयास हुादैन । नेपालमा जनअनुमोदित राजनीतिक दलहरु, संविधानसभा/व्यवस्थापिका संसद र राज्यका विभिन्न अंगहरु के राजनीतिक वैधानिकताका अंग होइनन् ? केही निश्चित रुची समूह र शक्तिकेन्द्रहरुले संविधान र नेपालको राजनीतिक प्रणाली मान्दैनौं भन्दैमा संविधान र प्रणालीको वैधानिकता समाप्त हुन सक्दैन । तर यो भ्रमको जोडदार खेती हुादैछ यसको नेपालीपनाको परीक्षण हुनुपर्दछ, कतै यो प्रचार गैरनेपालीको त होइन ? हाम्रो नेतृत्ववर्ग यस्ता खेतीलाई नष्ट गर्ने कार्यमा ठिकढंगले लाग्न नसकेको अनुभूति हुादैछ । दर्शनले भन्दछ– कुनै पनि वस्तुको विकास र विनाशको कारक आन्तरिक तत्वहरु नै प्रधान हुन्छन् । आफ्नो अन्तरनिहीत व्यवस्थापनले बाह्य संक्रमणबाट रक्षा गर्न सक्छ । तर कहीाकतै विगतमा यस्तो भ्रमका रुची समूह/केन्द्रसागको अवाञ्छित संलग्नताले अहिले कडा प्रतिवाद हुन नसकेको त होइन । संविधानका व्यवस्थाहरुको समयबद्ध कार्यान्वयन, संवैधानिक रिक्तता हुन नदिने सतर्कता र नेपाली जनतालाई साथ समर्थनमा लिएर अगाडि बढ्ने कार्यशैलीले मात्र अहिले तरलतामा भइरहेको ठगी र भ्रमको खेतीलाई विउसहित उन्मूलन गर्न सकिन्छ । नेतृत्व सामूहिकताको समुच्चय हो, सबैखाले देवत्वकरणनको विरोध र अन्त्य गर्न सकेमात्र नयाानयाा देवन्तकरण पनि परास्त हुनेछन् ।
सम्बन्धित समाचार
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
-
अर्थ मन्त्रालयले तयार पार्यो १०० दिनको कार्ययोजना
-
दिल्लीमा देउवाको दौडधुप
-
‘नेपाल फर्स्ट’ परराष्ट्र नीतिको खाँचो
-
अडानबाट पछि हटे हर्क साम्पाङ
-
मुख्यमन्त्रीको प्रत्यक्ष निर्वाचन
-
बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
-
राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
Leave a Reply