कम्युनिस्ट पार्टी सञ्चालनमा गम्भीर चुनौती
कम्युनिस्ट पार्टी अन्य बुर्जुवा पुाजीवादी पार्टीभन्दा विचार, संगठन, कार्यशैली र जीवनशैलीको हिसाबले भिन्न हुन्छ । माक्र्सवाद र लेनिनवादी सिद्धान्तको आलोकमा कम्युनिस्ट पार्टी सञ्चालन भएको हुन्छ । कम्युनिस्ट पार्टीका नेता कार्यकर्ताले क्रान्तिकारी र सर्वहाराकृत कार्यशैली र जीवनशैली अवलम्बन गर्ने भएका कारण बुर्जुवा पार्टीभन्दा कम्युनिस्ट पार्टीका नेता कार्यकर्ताको कार्यशैली र जीवनशैली भिन्न हुन्छ । यस सन्दर्भमा क्रान्तिकारी एवं जनमुखी कार्यशैली र औसत जनतासाग सुहाउादो जीवनशैली कम्युनिस्ट पार्टीका नेता–कार्यकर्ताको हुनुपर्दछ । कम्युनिस्ट पार्टीले यही सैद्धान्तिक एवं वैचारिक आलोकमा नेता–कार्यकर्ताको जीवनशैली र कार्यशैली अवलम्बन गर्न हरहमेसा निर्देश गरिरहेको हुन्छ ।
कम्युनिस्ट पार्टीले वर्गसंघर्षको माध्यमबाट जनताको जनवादी सत्ता स्थापना गर्न सर्वहारा श्रमजीवी वर्गको नेतृत्व गर्दै क्रान्तिको अगुवाइ गरिरहेको हुन्छ । जबसम्म क्रान्तिले पूर्णता प्राप्त गर्दैन, अझ क्रान्ति सम्पन्न भएपछि पनि समाजमा वर्गहरू कायम रहिरहने हुादा नयाा उत्पादन पद्धतिको विकास नभएसम्म समाजमा वर्गसंघर्ष चलिरहने माक्र्सवादी दृष्टिकोण र विश्व वास्तविकता हो । नेपालमा भर्खरै राजनीतिक क्रान्ति सम्पन्न भएको छ, तर आर्थिक–सामाजिक क्रान्ति नगरी नेपाली क्रान्ति पूर्ण हुन सक्दैन । सन् २००६ को राजनीतिक क्रान्तिमा सर्वहारा श्रमजीवी वर्गको अग्रदूत पार्टी कम्युनिस्ट पार्टी र बुर्जुवा वर्गको प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसलगायतका पार्टीको संयुक्त पहल र नेतृत्वमा सामन्तवाद विरोधी राजनीतिक आन्दोलन सफल भयो । वास्तवमा नेपालका बुर्जुवा वर्गले २००६ को आन्दोलनमा सहभागिता जनाउने र श्रमजीवी वर्गसाग मिलेर आन्दोलनको नेतृत्व गर्नुको मुख्य उद्देश्य सामन्तवादको प्रतिनिधित्व गर्ने राजतन्त्र बुर्जुवा पुाजीपति वर्गका लागि बाधक बन्दै आएका कारण बुर्जुवा वर्ग आन्दोलनकारी बनेको थियो । तर, अब राजनीतिक क्रान्ति सम्पन्न भएपछि बुर्जुवा पुाजीपति वर्गले आर्थिक–सामाजिक क्रान्ति गर्न बाधा उत्पन्न गर्नेछ । श्रमजीवी वर्गमाथि शोषण नगरी पुाजीपति वर्ग बााच्न नसक्ने हुादा अबको राज्यसत्तालाई पुाजीपतिको हित रक्षाको लागि जेजसरी पनि टिकाइराख्न पुाजीपति वर्गले गरिरहेको शोषणलाई कायम राख्न उसले हरहमेसा कोसिस गरिरहने छ ।
तर, अहिले कम्युनिस्ट आन्दोलनभित्र एउटा कोणबाट राजनीतिक क्रान्ति सम्पन्न भइसकेको हुादा आर्थिक सामाजिक रूपान्तरणका लागि पार्टीका नेता कार्यकर्ताहरू उत्पादन र समृद्धितर्फ लाग्नुपर्दछ, व्यवसायी बन्नुपर्दछ र अब ‘‘वर्गसंघर्ष’को औचित्य सकियो भन्दै कार्यकर्तालाई प्रशिक्षित गरिादैछ । वास्तवमा यस किसिमको चिन्तन यथास्थितिवादी र दक्षिणपन्थी सोंच चिन्तनको उपजको रूपमा प्रकट भएको सहजै निष्कर्ष निकाल्न सकिन्छ । औद्योगिकरण गरी उत्पादन वृद्धि गर्न र गराउन श्रमजीवी वर्गको सहभागिता र भूमिका अपरिहार्य रहेको विषयलाई प्रशिक्षित गर्दै वर्गसंघर्ष केन्द्रीत आन्दोलनमा पनि परिचालन गर्न कम्युनिस्ट पार्टीले उत्तिकै ध्यान दिनु पर्दछ । सन् २००६ को क्रान्तिले ६५ वर्ष देखीको सामन्तवाद विरोधी राजनीतिक आन्दोलनको कोर्षलाई पूरा गरि पुाजीवादी चरणमा प्रवेश गरेको नेपाली समाजलाई समाजवादको बाटोमा अगाडि बढाउन श्रम जीविवर्गले वर्गसंघर्षका राजनीतिक, आर्थिक र वैचारिक संघर्षलाइ तीव्र रूपमा अगाडि बढाउन जरुरी छ । सडक, सदन र सरकारको मोर्चालाई सन्तुलित ढंगले वर्गसंघर्षको माध्यमबाट सञ्चालन नगरी श्रमजीवि वर्गको मुक्ति सम्भव छैन भन्ने विषयलाई प्रशिक्षित गर्न जरुरी छ ।
कम्युनिस्ट पार्टी सञ्चालनको मूल आधार लेनिनवादी संगठनात्मक सिद्धान्त हो । वुर्जुवा पार्टी भन्दा कम्युनिस्ट पार्टी सञ्चालनको भिन्न आधार पनि यहि नै हो । लेनिनवादी संगठनात्मक सिद्धान्त जनवादी केन्द्रियताको आधारमा संगठन निर्माण गर्ने, व्यक्ति कमिटीको मातहत रहने, महाधिवेशन पार्टीको सर्वोच्च संस्था हुने, बहुमतबाट निर्णय गरिने र अल्पमतको निषेध होइन सम्मान हुने, पार्टीको तर्फबाट गरिने हरेक निर्णय व्यक्तिले होइन कमिटीबाट गरि संस्थागत ढंगले गर्ने परिपाटीलाई अवलम्बन गर्ने, पार्टीभित्र कामको नियमित रिर्पोटिङ, अनुगमन र मूल्यांकन हुने/गर्ने र आलोचना आत्मलोचनाको पद्धतिलाई जोड दिएको छ । लेनिनले कम्युनिस्ट पार्टी सञ्चालनका सन्दर्भमा अगाडि सार्नु भएको यी मूल्य र मान्यता कै आधारमा विश्वव्यापी रूपमा कम्युनिस्ट पार्टी सञ्चालन हुादै आएका छन् ।
तर अहिले खुल्ला परिवेशमा कम्युनिस्ट पार्टी सञ्चालन गर्दा लेनिनवादी संगठनात्मक सिद्धान्तका मूल्य, मान्यताहरूलाई दृढतापूर्वक आत्मसात् गर्न ध्यान दिनुको सट्टा यसलाई बेवास्ता गरिादैछ, यसलाई आत्मसात् नगर्दा कम्युनिस्ट पार्टी सञ्चालनको विधि पद्धतिमा बुर्जुवाकरण हुादै गएको टिप्पणी हुन थालेको छ । व्यक्तिलाई नियुक्ति गर्दा कमिटी भित्र छलफल नगरी निर्णय गर्ने महाधिवेशन पछिको सर्वोच्च संस्थाको रूपमा रहेको पार्टी केन्द्रिय कमिटीले महत्वपूर्ण निर्णय गर्न नपाउने वा आवश्यक विषयमा केन्द्रिय कमिटीको वैठक बोलाई बैठकमा छलफल गरी निर्णय नगर्ने, महाधिवेशनमा आफूलाई मतदान नगरेको वा भिन्न विचार समूहमा खडा भएको भन्ने आधारमा संस्थापन पक्षबाट भेदभाव गर्ने, समावेशिताका आधारमा कमिटी ठुल ठुला बन्ने, कमिटीको बैठकमा रिपोटिङ गर्ने र रिपोर्टिङ सुन्ने र सोको आधारमा निर्णयमा पुग्ने, र बैठकमा खुल्ला ढंगले छलफल बहस नहुने, पद्धति र परिपाटीले जनवादी अभ्यास कमजोर बन्दै गएको र केवल केन्द्रियताको पक्ष हाबी हुादै जाादा पार्टी निरङ्कुशता र अराजकताको दल दलमा फस्ने निश्चित छ ।
पार्टीभित्र परिभाषित काम अन्तरगत आफ्नो जिम्मेवारीको काम पुरा गर्नुको सट्टा भाषण गर्ने फोरमतर्फ केन्द्रित हुने, पार्टी कामको मिहिन ढंगले अनुगमन नगर्ने, काम गरे पनि हुने, नगरेपनि केही पनि नहुने खालको दण्ड र पुरस्कारको पद्धति निष्प्रभावी बन्दा कम्युनिस्ट पार्टीको सर्वोत्तम सञ्चालन विधिमा खिया लाग्नु स्वाभाविक बन्न पुग्दछ । पार्टीको बैठकभित्र आलोचना र आत्म आलोचना एजेण्डाको विधि र पद्धति स्थापित नगर्ने, बुढेसकालमा पनि कहाा र किन आत्म आलोचना गर्ने ? भनेर कम्युनिस्ट पार्टी सञ्चालनको वैज्ञानिक विधि पद्धतिलाई स्वयं नेतृत्वबाट तिरस्कार गर्न थाल्दा पार्टी कसरी व्यवस्थित ढंगले सञ्चालन हुन सक्छ ? सहज ढंगले भन्न सकिन्छ पार्टी व्यक्तिवादी र बुर्जुवाकरणको दलदलमा फस्ने निश्चित छ ।
कम्युनिस्ट पार्टीले हरहमेसा सर्वहारा श्रम जीवि वर्गको सर्वोत्तम हित र राज्यसत्तामा श्रम जीवि वर्गको प्रतिनिधित्वलाई जोड दिने दृष्टिकोण, नीति र कार्यक्रमका साथ राष्ट्रिय राजनीतिमा भूमिका निर्वाह गर्नुपर्दछ तर भर्खरै जारी भएको संविधानमा सर्वहारा श्रमजीवि वर्गको राज्यसत्तामा सहभागिता र प्रतिनिधित्वलाई उच्च प्राथमिकता दिईएको छैन, संविधान सभामा झण्डै दुई तिहाई संख्यामा रहेका बामपन्थी दलहरूको सहभागिता र नेतृत्वमा बनेको संविधानमा श्रमिक वर्गको अधिकार र प्रतिनिधित्वलाई सुनिश्चित हुन सकेको छैन र संविधानमा लैङ्गिक र जातीय हिसाबले मात्र राजकीय निकायमा सहभागिता र प्रतिनिधित्व गराउने तर्फ ध्यान दिईयो तर वर्गीय प्रतिनिधित्वलाई स्वयं बामपन्थी दलले आाखा चिम्लिदिादा बुर्जुवा वर्गको संविधान निर्माणमा हावी भयो । जुन मुलुकको सर्वहारा श्रम जीवि वर्गको आन्दोलनलाई अग्रगति प्रदान गर्न र निर्णायक बनाउन झन् चुनौती खडा हुने देखिएको छ ।
कम्युनिस्ट पार्टीभित्र गुटगत गतिविधिले पार्टीलाई छिन्न भिन्न बनाउने र अन्तत: पार्टी विभाजनसम्म भएका घटना नेपालको कम्युनिस्ट आन्दोलनमा ताजै छन् । कम्युनिस्ट पार्टीको विभाजनले शक्ति क्षय हुादै जाादा नेपाली क्रान्तिलाई पूर्णता प्रदान गरी नेपाली जनताको समृद्ध बन्ने चाहना झन् पछाडी धकेलिादै गएको यथार्थता छर्लङ्ग छ । तर संस्थापन पक्ष भएर पनि पार्टीभित्र गुप्त भेला बैठक गर्ने, आफ्नो विचार समूहका नाममा भेला बोलाउने, आफ्नो विचार समूहका व्यक्ति र लाइक माइन्डेड व्यक्तिहरूलाई मात्र नियुक्ति र अवसर प्रदान गर्ने, पार्टी कमिटीका बैठकहरू नियमित रूपमा नबोलाउने, भरसक समस्याबाट भाग्न बैठकलाई अनिश्चितकालसम्म स्थगित गर्ने, कम्युनिस्ट पार्टीको लोकतान्त्रिककरणको चर्को कुरा गर्ने तर अधिवेशन/निर्वाचनमा पराजित हुने वित्तिकै समानान्तर संस्था बनाई समानान्तर गतिविधि सञ्चालन गर्ने, असक्षम, अयोग्य भएपनि समूहवन्दीका नाममा उम्मेद्वार बन्ने/बनाउने खालका गतिविधिले कम्युनिस्ट पार्टीको सुसञ्चालनमा गम्भीर चुनौती खडा गर्ने निश्चित छ ।
चालू नेपाली क्रान्तिलाई पूर्णतामा पुर्याउन सामान्तवाद विरोधी राजनीतिक आन्दोलनको सफलतासागै नेपाली भूमि भित्र जरा गाडेर बसेर साम्राज्यवाद र प्रभुत्ववादका विरुद्धको आन्दोलनलाई प्राथमिकता साथ अगाडि बढाउन जरुरी छ । आज विश्व साम्राज्यवाद र पुाजीवादले श्रमजीवि वर्गका विचमा विभाजन ल्याउन साम्राज्यवाद र सोसल डेमोक्रेट्सको पक्षपोषण गर्ने श्रमिक अन्तर्राष्ट्रिय केन्द्रलाई ठूलो रकम प्रदान गरेर अनेक किसिमका आईएनजिओ मार्फत् तेश्रो विश्वका कम्युनिस्ट पार्टी र ट्ेरड युनियनहरूलाई परिचालन गरिरहेको छ, पैसाको लोभमा परेर कतिपय प्रगतिशील ट्ेरड युनियनहरू पनि साम्राज्यवाद र पुाजीवादका गतिविधिलाई मौन समर्थन गर्दै जानेर होस् नजानेर विश्व साम्राज्यवाद र पुाजीवादी आन्दोलनलाई सहयोग पुर्याउने र साम्राज्यवाद विरुद्ध आन्दोलन भुत्ते बनाउन लागेका छन्, जुन कम्युनिस्ट आन्दोलनको अग्रगतिका लागि गम्भिर चुनौतीको विषय बनेको छ ।
सम्बन्धित समाचार
-
पूर्वमन्त्री दीपक खड्का थुनामुक्त — सर्वोच्चको आदेश
-
हेटौँडा कपडा उद्योग फेरि खुल्ने तयारी, प्रहरी पोसाक अब देशमै बन्ने?
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
-
अर्थ मन्त्रालयले तयार पार्यो १०० दिनको कार्ययोजना
-
‘नेपाल फर्स्ट’ परराष्ट्र नीतिको खाँचो
-
अडानबाट पछि हटे हर्क साम्पाङ
-
मुख्यमन्त्रीको प्रत्यक्ष निर्वाचन
-
राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply