कुन म्यानपावरको ठगीविरुद्ध परे उजुरीहरु ?
काठमाडौं । वैदेशिक रोजगारीको क्षेत्रमा ठगीको घटना दिनप्रतिदिन बढ्दै गएको छ । वैदेशिक रोजगार विभागले उपलब्ध गराएको तथ्यांकअनुसार पछिल्ला आठ वर्षमा वैदेशिक रोजगारीमा ठगीको घटना कम हुनुको सट्टा बढ्दै गएको देखाएको छ ।
विभागको तथ्यांकअनुसार सबैभन्दा बढी उजुरी महाराजगन्जमा रहेको आरए एन्ड आर जब ट्रयाकर म्यानपावरविरुद्ध परेको छ । विभागका अनुसार २०६४ साउनपछिको अवधिमा उक्त म्यानपावरविरुद्ध १ सय १५ ठगीको उजुरी परेको छ । त्यसैगरी, ठगीको दोस्रो स्थानमा रहेको गौशालास्थित द रिभर ओभरसिजविरुद्ध १ सय ४, तेस्रो स्थानमा बखुन्डोलस्थित प्याराडाइज इन्टरनेसनल प्राइभेट लिमिटेडविरुद्ध १ सय ३ ठगीको उजुरी यो अवधिमा परेको छ ।
ठगीको उजुरी बढी पर्ने शीर्ष १० भित्र भेरी कर्णाली इन्टरनेसनल प्राइभेट लिमिटेड (७५), मोन्टेज ओभरसिज (६४), सिग्मा इन्टरनेसनल (६३), क्याराभान इम्प्लोइमेन्ट सर्भिस (६१), युनिभर्सल इन्टरनेसनल (५९), एनसीएफ इम्प्लोइमेन्ट सर्भिस (५७) र ट्रस्ट नेपाल ओभरसिज (५६) परेका छन् ।
यसैगरी, सिद्धार्थ गौतम ओभरसिज सर्भिसविरुद्ध ५४, ग्रिनस्टार ओभरसिजविरुद्ध ५१, कपिल म्यानपावरविरुद्ध ५१, क्यापिटल रिक्रुमेन्ट सर्भिसविरुद्ध ५०, एक्का ओभरसिज इम्प्लोइमेन्ट कन्सल्टेन्टविरुद्ध ४९, मिथिला म्यानपावर सर्भिसविरुद्ध ४८, आरक्षण इन्टरनेसनलविरुद्ध ४८, लक्की एचआर सोलुसनविरुद्ध ४७, भण्डारी ओभरसिजविरुद्ध ४५, शिखर इन्टरनेसनल म्यानपावर सर्भिसेजविरुद्ध ४५, आरके म्यानपावर ग्रुपविरुद्ध ४४, पाथीभरा ओभरसिजविरुद्ध ४४ र लाइफ इन्टरनेसनल ओभरसिजविरुद्ध ४२ उजुरी परेका छन् ।
कसरी गरे ठगी ?
निल्को इन्टरनेसनलले विष्णुप्रसाद गौतमलाई जापान पठाइदिने भन्दै १७ लाख ठगी गरेको, दि रिभरले टीकाराम सापकोटालाई दुबई पठाइदिने भन्दै ६ लाख ८० हजार ठगी गरेको, भेरी कर्णाली ओभरसिजले अफगानिस्तान पठाइदिने भन्दै खिमबहादुर पाण्डेबाट ७ लाख लिएको, युनिभर्सल इन्टरनेसनलले पोल्यान्ड पठाइदिने भन्दै नवीन नेपालीबाट ६ लाख ४० हजार ठगी गरेको जस्ता उजुरी विभागमा परेका छन् ।
गएको आठ वर्षमा ठगीका सबैभन्दा बढी उजुरी परेको आरए एन्ड आर जब ट्रयाकर पछिल्लो समय केही सुध्रिएको तथ्यांकले देखाएको छ । यस आर्थिक वर्षको पछिल्लो १० महिनाको अवधिमा भने सो म्यानपावर ठगीको उजुरी पर्ने कम्पनीमध्ये १०औं स्थानमा परेको छ । यो अवधिमा सबैभन्दा बढी उजुरी युनिभर्सल इन्टरनेसनलविरुद्ध २७, द रिभर ओभरसिजविरुद्ध २४ र सी लिन्क ओभरसिजविरुद्ध १९ ओटा परेका छन् ।
यस्तै निल्को १५, लक्की ११, देवान ११, एक्का १०, भेरीकर्णाली १०, आरक्षण १० तथा सिद्धार्थ गौतम, युनाइटेड एचआर, गोर्खाज एसोसिएट्सविरुद्ध नौ/नौ उजुरी परेका छन् ।शिखर, जब वल्र्ड इन्टरनेसनल, मिलिनियम, ट्रस्ट नेपाल, ह्वाइट पर्ल, मा पद्मा प्लेसमेन्ट, अल जफर, दीप गेटवे, आयुष, मोन्टेज, इन्नोभेटिभ र मिथिला म्यानपावरविरुद्ध आठ/आठ उजुरी परेका छन् ।
महानगरीय अपराध महाशाखाको टोलीले मानव बेचबिखनमा संलग्न रहेको भन्दै गत फागुन १२ गते १८ म्यानपावर कम्पनीमा छापा हानेर केही सञ्चालकलाई कारबाही गरेपछि पछिल्लो समय म्यानपावरको ठगी कार्यमा केही कमी आएको छ । महाशाखाका प्रमुख एसएसपी खनालले वैदेशिक रोजगारको क्षेत्रमा केही म्यानपावरको षड्यन्त्र हावी रहेको र त्यस्ता म्यानपावर कम्पनीविरुद्ध प्रहरीले सुरु गरेको कारबाही जारी रहने बताए । उनले राम्रो काम गर्ने म्यानपावरलाई प्रोत्साहन र ठगीमा संलग्नलाई कारबाहीको दायरामा ल्याउन जरुरी रहेको बताए ।
महिनामा एक सय उजुरी
विभाग स्रोतका अनुसार महिनामा सरदर १ सयको हाराहारीमा म्यानपावरविरुद्ध उजुरी पर्ने गरेको छ । विभागमा पर्ने अधिकांश उजुरीमा भनिएअनुसारको तलब नपाएको, भनिएअनुरूपको काम नपाएको, बढी पैसा लिएको र पैसा लिएर पनि नपठाएको जस्ता विषयको हुने गरेका छन् । उजुरी परेपछि आफूहरूले म्यानपावर सञ्चालकलाई विभागमा झिकाएर पीडितलाई क्षतिपूर्ति दिलाउन पहल गर्ने र आवश्यकतानुसार थप कारबाही गर्ने गरेको विभागको दाबी छ ।
नवीकरण नगर्न निर्देशन
संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले ठगीमा पटकपटक संलग्न भई आरोप पुष्टि भएका कम्पनीको नवीकरण नगर्न निर्देशन दिएको छ । समितिले स्पष्ट नीति र मापदण्ड बनाई उनीहरूको अनुमतिपत्र नवीकरण नगर्न श्रम तथा रोजगार मन्त्रालय र वैदेशिक रोजगार विभागलाई निर्देशन दिएको छ । समितिले कामदारबाट बढी रकम असुलेको भनी उजुरी परेर कारबाही भएपछि पनि नसुध्रिएका म्यानपावर कम्पनीहरूको विवरण तयार पारी उनीहरूको अनुमतिपत्र नवीकरण नगर्न समितिले निर्देशन दिएको बताइन्छ ।
अधिकांश मेनपावरलाई उन्मुक्ति
कतिपय मेनपावरले रोजगारीको लोभमा वर्षौंदेखि हजारौं युवायुवतीलाई पटकपटक ठगिरहादा पनि कारबाही भएको छैन । मेनपावरविरुद्ध सयौंपटक उजुरी पर्दा पनि वैदेशिक रोजगारीको नियमन र व्यवस्थापन गर्ने जिम्मेवारी लिएका निकाय तैं चुप मै चुपको अवस्थामा रहेको पीडित युवाको गुनासो छ । वैदेशिक रोजगारीमा युवायुवतीलाई पठाउादै आएका ७ सय ५४ मेनपावरमध्ये अधिकांशविरुद्ध उजुरी परे पनि अहिलेसम्म श्रम तथा रोजगार मन्त्रालय र वैदेशिक रोजगार विभागले त्यस्ता मेनपावरलाई कारबाही तथा खारेज गरेको पाइादैन । जबकि, वैदेशिक रोजगार ऐन २०६४ ले नियमविपरीत रकम असुल्ने, सम्झौताअनुसार पारिश्रमिक र काम उपलब्ध नगराउने मेनपावर खारेज गर्नेसम्मको अधिकार विभागलाई दिएको छ । तर, विभागका अधिकारीमाथि प्रलोभनमा परेर युवायुवती ठगी गर्ने मेनपावरलाई कारबाही गर्न नसकेको आरोप लाग्दै आएको छ । पीडितका अनुसार कुनै मेनपावरविरुद्ध उजुरी परेपछि विभागका कर्मचारी ठगी गर्ने मेनपावरलाई कारबाही गर्नुको साटो उल्टै बार्गेनिङ गर्ने बहाना बनाउाछन् । रोजगारीमा पोर्चुगल पठाइदिन्छु भनी दलाल र मेनपावरले ५ लाख रुपैयाा लिएको बताउने सिन्धुली कमलामाईका राजेश अधिकारी विभागमा डुबेको रकम फिर्ता दिलाइदिन जतिपटक पुग्दा पनि बेवास्ता भइरहेको छ । वैदेशिक रोजगार विभागमा कुनै व्यक्तिका विरुद्ध ठगीका उजुरी दर्ता भए कर्मचारीले कारबाही गरेजस्तो गर्ने र मेनपावरविरुद्ध उजुरी पर्दा बार्गेनिङ गर्ने धन्दा फस्टाएको भन्दै पीडितले गुनासो गरिरहेका छन् । पीडितले लगाउादै आएको यस्तो आरोप विभागका कर्मचारीले मौखिक रूपमा अस्वीकार गरे पनि तथ्यगत रूपमा हेर्दा अस्वीकार गर्ने अवस्था भने छैन । चालू आर्थिक वर्षको जेठ महिनासम्म विभागमा दर्ता भएका व्यक्तिगततर्फ ६ सय ३ र संस्थागत (मेनपावर)विरुद्ध १३ सय ५४ उजुरीमध्ये विभागले व्यक्तिगततर्फका १ सय ९४ र संस्थागततर्फका तीनवटा मुद्दा मात्र वैदेशिक रोजगार न्यायाधीकरणमा दर्ता गरिएको छ । पीडितका अनुसार बार्गेनिङ गर्न पाइने भएकाले मेनपावरविरुद्धका धेरैजसो उजुरी विभागमै रोकिन्छन् भने रकम दिन नसक्नेका व्यक्तिगत उजुरीलाई मात्र न्यायाधीकरण पुर्याउने गरिन्छ । विभागका अनुसार चालू आर्थिक वर्षको साउनदेखि जेठ महिनासम्म वैदेशिक रोजगारीका क्रममा ठगिएको भन्दै पीडितले ६० करोड ५५ लाख ९९ हजार ४ सय २४ रुपैयाा दाबी गरेका छन् । जसमा विभागले ९ करोड ४९ लाख ३ हजार ८५ रुपैयाा मात्र बिगो भराउन सकेको छ ।वैदेशिक रोजगारीको हकमा जतिसुकै कडा कानुन बनाएको दाबी गरे पनि सरकारले राहदानी कब्जा गर्ने एजेन्ट र म्यानपावर कम्पनीलाई तह लगाउन सकेको छैन ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका निवर्तमान अध्यक्ष बलबहादुर तामाङ एजेन्ट र अवैधानिक दलालकै कारण गरिब मजदुरले यस्तो दु:ख पाइरहेको बताउाछन् । उनी भन्छन्–‘गाउाबाट एउटा राहदानी केन्ऽसम्म आइपुग्नै महिनौं लाग्छ, कतैकतै म्यानपावर र विदेशी कम्पनीले पनि समय लगाउाछन् ।’
ऐनमा के छ ?
वैदेशिक रोजगार ऐन, २०६४ को दफा १९ मा ‘श्रम स्वीकृति लिएपश्चात् अवधि किटान भएकोमा सो अवधिभित्र र अवधि किटान नभएकोमा तीन महिनाभित्र वैदेशिक रोजगारीमा पठाइसक्नुपर्ने’ भनिएको छ । समयभित्र पठाउन नसके रकम लिएको भए त्यसमा २० प्रतिशत ब्याजसहित राहदानी फिर्ता गर्नुपर्ने व्यवस्था पनि छ । तर, राहदानी लिएर श्रम स्वीकृति लिनुअघिको अवस्थाबारे भने ऐन अस्पष्ट छ । ऐनको यही छिऽ टेकेर एजेन्ट र म्यानपावर श्रमिकको शोषण गरिरहेका छन् । विज्ञापनपश्चात् कुनै व्यक्तिले दिने राहदानी तीन महिनाभन्दा बढी राख्नेलाई कारबाही गर्न सकिने तर्क वकिलहरूको छ । तर, समस्या भर्पाईमै छ। आफूले राहदानी बुझाएको प्रमाण नभएकै कारण समस्या परेकाहरूले वैदेशिक रोजगार विभागमा उजुरीसमेत गर्न सकेका छैनन् ।
सम्बन्धित समाचार
-
हाई-प्रोफाइल चोरी: चोरीका गहना किनेर गलाउने न्यूरोडका व्यवसायी पक्राउ
-
बुटवलमा फुटपाथ अतिक्रमण हटाउने अभियान सुरु, डोजर चल्यो
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
-
दिल्लीमा देउवाको दौडधुप
-
भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्न टिकट, ग्राउण्ड ह्याण्डलिङदेखि इन्धनसम्म छुट
-
नेपालबाट भारतले थप २५१ मेगावाट बिजुली किन्ने
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
तटीय क्षेत्रका नागरिकको दुःख : नदी तर्न डुंगाकै भर, बाढी आएर लैजाने डर
-
फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
-
काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
Leave a Reply