दुग्ध विकास संस्थानमा नाफाको लहर
काठमाडौं । सरकारी स्वामित्वमा सञ्चालित अधिकांश संस्थानहरु घाटाले थिलथिलो भइरहेको बेला दुग्ध विकास संस्थान डीडीसी भने विगत केही वर्ष देखि नाफामा गएको छ ।
केही वर्ष अघिसम्म घाटामा रहेको संस्थाले यो अघिल्लो वर्ष भन्दा दोब्बर नाफा आर्जन गरेको हो । गत वर्ष ३ करोड नाफा गरेको सो संस्थानले यस वर्ष छ करोड नाफा गरेको छ । राजनीतिक हस्तक्षेप, कमजोर व्यवस्थापन र संस्थानभित्रका कर्मचारी युनियनको भागबन्डाको संस्कारले ओरालो लागेको यो संस्था स्थापना भएको करिब ४८ वर्षपछि नाफामा गएको हो । संस्थानले साउन १ गते ४८ औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सव कार्यक्रममा पशुपन्छी विकासमन्त्री शान्ता मानवीले आगामी तीन वर्षभत्र नेपाललाई दूधमा आत्मनिर्भर बनाउने दाबी गरिन् ।
वार्षिकोत्सवमा नयाा दुई उत्पादन
संस्थाले वार्षिकोत्सवको सन्दर्भ पारेर शनिबार दुई प्रकारको नयाा उत्पादन सार्वजनिक गरेको छ । ‘दूध चिया’ र गाई भैंसीलाई खुवाइने ‘डीडीसी पशुआहार’ दाना सार्वजनिक गरेको हो ।
संस्थानका महाप्रबन्धक गंगा तिमिल्सेनाले किसानलाई गुणस्तरीय दाना उपलब्ध गराई दूधको उत्पादन वृद्वि गर्न र चियाका पारखीलाई लक्ष्य गरी सन्तुष्टि दिन उक्त वस्तुको उत्पादन तथा बिक्री–वितरण सुरु गरिएको जानकारी दिए । ‘दूध चिया’को मूल्य प्रतिलिटर ६० र दानाको मूल्य प्रतिकिलो ३३ रुपैयाा निर्धारण गरिएको छ । दूधको बिक्री–वितरण संस्थानका विभिन्न निकायबाट र दाना कारखाना मकवानपुर, हेटौंडा नगरपालिका–१० मा स्थापना गरिएको छ । सरकारको पूर्ण स्वामित्व भएको संस्थानले उत्पादन गरेको सो दाना मकैको पीठो, चामलको ढुटो, तोरीको पिना, नुन र डीओसी केमिकलको मिश्रणबाट तयार पारिएको छ ।
आठ करोड लिटर दुध विक्री
वार्षिक ८ करोड लिटर दूध बिक्री गर्दै आएको डीडीसीले करिब ४४ जिल्लामा कार्यक्षेत्र विस्तार गरेको छ । दैनिक २ लाख ५० हजार लिटर दूध किसानबाट संकलन गरी प्रतिदिन १ करोड रुपैयाा भुक्तानी गर्दै आएको संस्थानका महाप्रबन्धक तिम्सिनाले बताए । मुलुकमा प्रतिव्यक्ति प्रतिवर्ष दूध ६४ लिटर उपभोग भएको पाइन्छ । विश्व खाद्य संगठनका अनुसार प्रतिवर्ष प्रतिव्यक्ति ९१ लिटर दूधको आवश्यकता पर्छ ।
४८ वर्षपछि नाफामा
झन्डैझन्डै टाट पल्टिसकेको दुग्ध विकास संस्थान यो वर्ष नाफामा आएको छ । पटक पटक राजनीतिक हस्तक्षेप र अदक्ष व्यवस्थापनका कारण तहशनहश भइसकेको संस्था निगमकै पुराना कर्मचारी गंगा तिमल्सीना महाप्रवन्धक भएदेखि गत वर्षबाट नाफामा आएको हो । डिडिसीले चालू आर्थिक वर्षमा ६ करोड रुपैयााभन्दा बढि मुनाफा आर्जन गर्न सफल भएको छ । संस्थानमा भएको व्यवस्थापकिय सुधार र चुवाहटलाई न्युनिकरण गरेर नै संस्थान विगत वर्षदेखि मुनाफामा गएको हो । नियमित रुपमा घाटामा गएको डिडिसीले चुहावटलाई नै नियन्त्रण गर्दा यो मुनाफा आर्जन गर्न सफल भएको हो । यो वर्ष उक्त नाफाको रकम वृद्वि हुने डिडिसीले दाबी गरेको छ ।
संस्थानले कर्मचारीलाई उपलब्ध गराइने उपदान, जीवन बिमाको प्रिमियम, आयोजना घाटामा जानु, तलब वृद्धि, बाहिरबाट दूध तथा दुग्धजन्य पदार्थ आयात, लागत खर्च बढ्नुलाई सञ्चित घाटाको मुख्य कारण मानदै आएको थियो ।
संस्थानले आर्थिक वर्ष २०७१–७२ मा कुल खर्च ४ अर्ब ३८ करोड ९० लाख ४७ हजार कुल खर्च गरेको र दुध तथा दुग्ध पदार्थ बिक्रीबाट ४ अर्ब ३७ करोड४० लाख २५ हजार आम्दानी गरेको छ । त्यस्तै विविध आम्दानी ६ करोड ७१ लाख ८२ हजार एवं कुल आम्दानी ४ अर्ब ४४ करोड १२ लाख ७ हजार छ भने कर अघिको नाफा ५ करोड २१ लाख ५९ हजार रहेको छ । आर्थि क वर्ष २०७२–७३ मा नाफा ६ करोड हुने पनि संस्थानले अनुमान गरेको छ ।
सुधारका लागि विविध कार्ययोजना
महाप्रवन्धक तिमसिनाले पछिल्लो समयमा दुध आयातलाई प्रतिस्थापन गर्न सफल भएको बताए । संस्थानको सुधारका लागि विभिन्न कार्ययोजनाहरु ल्याएको भन्दै उनले ग्रामीण क्षेत्रका दुध उत्पादक कृषकहरुलाई दुधको उचित मुल्यका साथै निश्चित बजारको व्यवस्था गर्ने उद्देश्यले नयाा कार्यक्रमहरु ल्याएको जानकारी दिए ।
महाप्रवन्धक तिमल्सिनाले मिल्क होलि डे को समस्या समधानका लागि विराटनगरस्थीत पाउडर प्लाण्टको क्षमता विस्तार गर्ने लक्ष्य रहेको जानकारी दिए । यस्तै संस्थानले सरकारको सहयोगमा बुटवलमा युएचटी प्लाण्टको स्थापना तथा नेपालगञ्ज र अत्तरियामा प्रशोधन कारखानाको क्षमता विस्तार गर्ने, पशु आहार उत्पादन कारखाना व्यवसायीक उत्पादन तथा विक्री वितरण गरिने भएको योजना सार्वजनिक गरेको छ ।
यस्तै पोखरामा दुग्ध पदार्थ उत्पादन कारखाना, खुमलटारमा दहि उत्पादन कारखाना स्थापना गर्ने, चिस्यान केन्द्रहरु तथा प्रशोधन कारखानाहरुमा अटोमेसन गरिने, भुस तथा दाउरा ब्वाईलर सञ्चालमा ल्याई डिजेल खपत घटाउने, दक्ष जनशक्ति आपूर्ति तथा ज्यालादारीहरुलाई स्थायी गर्ने, केन्द्रीय कार्यालयमा रहेको जगगाको उचित व्यवस्थापन गर्ने योजना डिडिसीले अघि सारेको छ ।
यस्तो छ स्थापनाको इतिहास
नेपाल सरकार कृषि विभाग अन्तर्गत रहेको तत्कालिन दुग्ध विकास वोर्डले वि.सं २००९ मा टुसाल, काभ्रेपलान्चोक र खरिपाटी, भक्तपुरमा १–१ वटा दुग्ध संकलन केन्ऽ साथै लाङ्गटाङ्ग, रसुवामा एक याक चीज केन्ऽ स्थापना संगसंगै दुग्ध विकासको इतिहासको थालनी भएको पाइन्छ । विसं २०१०–११ मा काठमाडौंको भोटाहीटीमा दुग्धशाला स्थापना गरि दुग्ध प्रशोधन कार्यको थालनी भएको हो ।
वि.सं २०१३ मा थोदुङ्ग, रामेछापमा थप एक याक चीज केन्ऽको स्थापना साथै भोटाहीटी स्थित दुग्धशालाको दुग्ध प्रशोधन क्षमता धेरै न्यून भएकोले २०१३ फागुण २९ गते ५०० लिटर प्रति घण्टा दूध प्रशोधन क्षमताको मेशिन जडान गरि लैनचौर (हाल दुग्ध विकास संस्थान, केन्ऽिय कार्यालय) मा केन्ऽिय दुग्धशाला स्थापना भएको हो ।
वि.सं २०१७ मा सोलुखुम्वुमा थप १ याक चीज केन्ऽको स्थापना भएको थियो । वि.सं २०२६ सालमा दुग्ध विकास वोर्डवाट उल्लेखित २ दुग्ध संकलन केन्ऽ र ३ याक चीज केन्ऽ साथै लैनचौर स्थित दुग्धशाला दुग्ध विकास संस्थानलाई हस्तान्तरण गरिएको थियो । यसको लगत्तै वि.सं २०२७ मा गोसाईकुण्ड, रसुवा, वि.सं २०२८ मा चोर्दुङ्ग, दोलखा र वि.सं २०२९ मा क्यामा, रामेछापमा गरी थप ३ याक चीज केन्ऽ स्थापना भएको देखिन्छ । संगठीत रुपमा दुग्ध व्यवसायलाई बढी प्रभावकारी बनाई ग्रामिण क्षेत्रका कृषकहरुद्धारा उत्पादित दूधको लागि सुरक्षित बजार र शहरी क्षेत्रका उपभोक्ताहरुलाई उच्च गुणस्तरयुक्त प्रशोधित दूध तथा अन्य दुग्ध पदार्थहरु आपूर्ति गर्ने उद्देश्यले तत्कालिन दुग्ध विकास वोर्डलाई संस्थान ऐन २०२१ अन्तर्गत २०२६ साल श्रावण १ गते दुग्ध विकास संस्थानमा परिणत गरिएको हो ।
के के छन् संस्थानका चुनौतीहरु ?
संस्थानले कारोबार बढाएर लगेपनि केही चुनौतीका कारण आफूलाई अफ्ठेरो परेको मशहुस गरेको छ । महाप्रवन्धक तिमल्सीनाले स्थानीय दूध संकलन बढेको अनुपातमा दुध तथा दुग्ध पदार्थमा गिरावट आएको, चितवनस्थित निजी क्षेत्रबाट सञ्चालित स्वदेशी धुलो दुध कारखाना बन्द रहेको र प्रशोधन क्षमता वृद्धि गर्नुपर्ने अवस्था रहेकोमा सो को लागि पर्याप्त पूाजी आफूसंग नरहेको बताए । यि चुनौतीका अतिरीक्त नयाा संकलन क्षेत्र विकासका लागि संस्थानसंग पर्याप्त पूाजी अभाव हुनु, मेशिनहरु पुरानो भएकाले नयाा खरीदका लागि समस्या र अनिवार्य अवकाकाशका कारण दक्ष जनशक्तिको समेत संस्थानमा अभाव हुादै गएको बताइएको छ ।
गंगा तिमल्सीना
महाप्रवन्धक, दुग्ध विकास संस्थान
संस्थान यो पटक नाफामा गयो, कस्तो अनुभूति भइरहेको छ ?
संस्थानमा कहिले नाफा कहिले घाटा भैरहन्थ्यो । यो चोटी नाफा देखियो । विगत २ वर्षदेखि नै हामीले संस्थानलाई नाफामा लगेका छौं । जुनसुकै संस्था नाफामा जानु भनेको एकदम सकारात्मक कुरा हो । संस्थाको राम्रो स्वास्थ्य भनेको आर्थिक अवस्था हो । आर्थिक रुपमा राम्रो भयो भने हरेक संस्थाको जनस्तरको ‘इमेज’ राम्रो बन्छ । त्यतीमात्र होइन त्यस संस्थाभित्र काम गर्ने मान्छेहरुलाई पनि हौसला हुन्छ ।
तपाई नेतृत्वमा आएदेखि लगातार नाफा छ, कसरी सुधार गर्नुभयो ?
संस्थानमा यसअघि मूल्यको तालमेल त्यती मिलेको थिएन । विविध कारणले दुध उद्योग नै धरासायी हुने अवस्था थियो । यसलाई बिचार गरेर हामीले पहिलो नम्मरमा खरीद विक्री मूल्यलाई समायोजन गर्यौं । यसका साथै आन्तरिक खर्च कटौतीको अवधारणा ल्यायौं । कर्मचारीहरुको वृतिविकासलाई विशेष ध्यान दिादा मनोबल बढाएर काम लिन सकियो । उत्पादकत्वमा सहयोग पुग्यो ।
आन्तरिक व्यवस्थापन सुधार गरेर समग्र दुग्ध क्षेत्रको विकासका लागि तपााईका के के योजना छन् ?
संस्थानका कर्मचारीहरुको तलव वृद्धि हुादैछ । संस्थान फेरी पनि घाटामा नजानका लागि बिराटनगरमा धुलो दुध कारखाना मर्मत र क्षमता विस्तार गर्दैछौं । दुध संकलन भयो भने मात्र दुधका उद्योगहरु फाइदामा जान्छन् । पाउडर दुध र मख्खन किनेर कारखाना फाइदामा जाादैनन् । त्यसकारण दुध संकलन वृद्धिका लागि र गुणस्तरीय दुध संकलनका लागि हामीले हेटौंडामा गाइ भैंसीको दानाको कारखाना जुन दैनिक ४० टन क्षमताको छ, त्यसलाई अत्याधिक उपयोगमा ल्याउादैछौं । हाम्रा दुध दिने कृषकहरुलाई दुध संकलनमा सहयोग पुग्ने गरी गुणस्तरीय दाना उपलव्ध गराइरहेका छौं । यस बाहेक लैनचौर स्थितकेन्द्रीय कार्यालयमा रहेको जग्गामा आधुनीक सुविधा सहीतको व्यापारिक कम्प्लेक्स निर्माण गर्ने, अन्य विभिन्न स्थानमा दुग्द पदार्थ उत्पादा कारखाना स्थापना गर्ने लगायतका योजना रहेका छन् ।
सम्बन्धित समाचार
-
हाई-प्रोफाइल चोरी: चोरीका गहना किनेर गलाउने न्यूरोडका व्यवसायी पक्राउ
-
बुटवलमा फुटपाथ अतिक्रमण हटाउने अभियान सुरु, डोजर चल्यो
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
-
दिल्लीमा देउवाको दौडधुप
-
भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्न टिकट, ग्राउण्ड ह्याण्डलिङदेखि इन्धनसम्म छुट
-
नेपालबाट भारतले थप २५१ मेगावाट बिजुली किन्ने
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
तटीय क्षेत्रका नागरिकको दुःख : नदी तर्न डुंगाकै भर, बाढी आएर लैजाने डर
-
फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
-
काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
Leave a Reply