वामपन्थी आन्दोलन, राष्ट्रवाद र एमाले
नेपालमा यतिबेला राष्ट्रवाद, राष्ट्रवादी, विखण्डनकारी, विखण्डनवादी, वितण्डा, वितण्डाकारी, अन्धराष्ट्रवादीजस्ता शब्द राजनीतिक सन्दर्भमा बढी प्रचलित भइरहेका छन् । यी शब्दहरूमध्ये केही शब्द एक–अर्कालाई आरोप–प्रत्यारोप लगाउन नेता–कार्यकर्ता र दलहरूले प्रयोग गर्न थालेका छन् । खास गरेर नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस र मधेसी दलका केही नेताले नेकपा (एमाले) ‘अन्धराष्ट्रवादी’ भनेर आरोपित गरिरहेका छन् ।
पश्चिमका ६ जिल्ला नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके र बर्दियालाई पहाडी जिल्लाहरूबाट छुट्ट्याएर छुट्टै प्रदेश बनाउन पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको कांग्रेस सामेल सरकारले संसद्मा संविधान संशोधन प्रस्ताव दर्ता गराएपछि देशव्यापी रूपमा देशभक्त नेपालीहरूमा आक्रोश र विरोधको लहर उत्पन्न भएको छ । छुट्ट्याउन खोजिएका तराई र पहाडका जिल्लाहरूमा त संशोधन प्रस्ताव दर्ता नहुँदैदेखि त्यसको विरोधमा ठूलाठूला जनसभा र विरोधका कार्यक्रमहरू भइरहेका छन् । आन्दोलन विभिन्न रूपमा निरन्तर जारी छ र आन्दोलनमा सबै उमेर र समुदायका जनता आक्रोशित रूपमा सहभागी भइरहेका छन् ।
५ नम्बर प्रदेश घोषित क्षेत्रका सबै जिल्लामा भएको यो आन्दोलनमा नेकपा (एमाले) मात्र नभएर ती जिल्लाका माओवादी केन्द्र र नेपाली कांग्रेसबाट निर्वाचित सांसद र स्थानीय नेताहरूसमेत सक्रियतापूर्वक सहभागी छन् । नेकपा (एमाले) ले त सुरुदेखि नै संसद् र आन्दोलनको मैदानमा यो संशोधन प्रस्तावविरुद्ध दृढतापूर्वक खडा भएर नेतृत्व गरिरहेको छ । यही आन्दोलनको नेतृत्व गर्दै संशोधन प्रस्तावविरुद्ध दृढतापूर्वक अडान लिएपछि नेकपा (एमाले) लाई अहिले कांग्रेस र माओवादीका नेताहरूले ‘अन्धराष्ट्रवादी’ भनेर आलोचना गर्न थालेका छन् ।
१. के हो राष्ट्रवाद ?
के नेकपा (एमाले) साँच्चै ‘अन्धराष्ट्रवादी’ भएको हो त ? राजनीतिक वृत्तमा यो प्रश्न खडा गर्न खोजिएका बेलामा राष्ट्रवाद र अन्धराष्ट्रवादबीचको भिन्नताबारे छलफल चलाउनु र स्पष्ट हुनु आवश्यक छ ।
आफ्नो राष्ट्रको उन्नति र हितलाई सर्वोपरि मान्ने, आफ्नो राष्ट्रभित्रका जनताको समृद्धि र अग्रगतिका लागि निरन्तर चिन्तनशील एवं क्रियाशील बन्ने, आफ्नो देशमा बाह्य हस्तक्षेप र थिचोमिचो हुन नदिने एवं आफ्नो देशको स्वाभिमान, अखण्डता र स्वतन्त्रताका लागि कटिबद्ध रहनु नै राष्ट्रवाद हो । आफ्नो देश, जनता, तिनको स्वतन्त्रता र मुक्तिका लागि प्रतिबद्ध भएर लागिरहने विचार, भावना र क्रियाशीलता नै राष्ट्रवादका अभिव्यक्ति र मूर्त रूप हुन् । दासताबाट मुक्ति, बाह्य नियन्त्रण, साम्राज्यवाद र विस्तारवादविरुद्ध स्वतन्त्रताका लागि उठेको आवाज र भएको संघर्ष राष्ट्रवाद वा देशभक्तियुक्त भावनाका व्यावहारिक परिणाम हुन् ।
संघीयताका नाममा जसरी नेपाललाई जातीय अन्धभावना र द्वन्द्वको भुंग्रोमा पार्ने प्रयत्न विदेशी तŒवहरूले गरिरहेका थिए र छन् । त्यसका विरुद्ध नेपालका राजनीतिक दलहरूले प्रभावकारी ढङ्गले प्रतिरोध गर्न सकेनन् । अझ माओवादी पार्टी त जातिवाद र क्षेत्रवादको नारा बोकेर नेपाली–नेपालीबीच काटमार गराउन उद्यत रह्यो । अहिले पनि सबैजसो विभाजित माओवादीहरूले घुमाईफिराई जातीय संघीयताको पक्षपोषण गरिरहेका छन् भने आफूलाई मधेसवादी भन्ने तर भारतीय इसारामा चल्ने राजेन्द्र महतो, महन्थ ठाकुर, महेन्द्र राय यादव, उपेन्द्र यादवजस्ता नेताहरूले तराईमा दुई प्रदेश मात्र बनाउन थरुहटका नाममा थारूहरूलाई उकासिरहेका छन् ।
अहिले नवलपरासीदेखि बर्दियासम्म छुट्टै एउटा प्रदेश बनाउन सरकारले संसद्मा दर्ता गराएको संविधान संशोधनको प्रस्ताव वास्तवमा भारतीय चाहना र इसारामा प्रचण्ड नेतृत्वको सरकारले अघि सारेको हो । यो प्रस्ताव अखण्ड नेपाल र राष्ट्रका रूपमा एकीकृत र समृद्ध बन्ने नेपाली चाहनाविपरीत छ । संघीयता नै नेपालका लागि आवश्यक छैन भन्ने भावना जनतामा प्रबल बन्दै गइरहेको अवस्थामा सिंगो तराईलाई पहाडबाट पूर्ण रूपमा छुट्ट्याउने षड्यन्त्रलाई पूर्णतातर्फ लैजाने प्रयत्नका रूपमा जनताले यो प्रस्तावलाई बुझेका छन् । त्यसैले, जनतस्तरबाट स्वतःस्फूर्त रूपमा यस प्रस्तावको व्यापक विरोध भइरहेको छ ।
जसरी तराईका आठ जिल्लाको मात्र २ नम्बर प्रदेश बनाइयो, त्यो नै संविधान निर्माणका क्रममा भएको ठूलो गल्ती थियो । अहिले प्रचण्ड नेतृत्वको सरकारले तराईका जिल्लाहरू मात्र रहेको अर्को प्रदेश बनाउन संविधान संशोधनको जुन प्रस्ताव दर्ता गरायो, त्यो पहिले गरेको भयंकर भूललाई दोहो¥याउने र नेपालको तराईलाई कालान्तरमा नेपालबाट छुट्ट्याएर टुक्र्याउने भारतीय रणनीतिलाई मद्दत पु¥याउने काम नै हो । त्यसैले, यस्तो षड्यन्त्रविरुद्ध उठ्नु–जुट्नु र प्रतिरोध गरेर असफल पार्नु वास्तवमा देशभक्तिपूर्ण प्रतिरोध आन्दोलन हो, राष्ट्रवादी भावनाको सही अभिव्यक्ति हो ।
नेकपा (एमाले) ले तराईका जिल्ला मात्र रहेको छुट्टै प्रदेश बनाउने संशोधन प्रस्तावको विरोध गरेर सही काम गरेको छ । यो प्रस्तावको विरोध गरेर मात्र पुग्दैन, यसलाई कार्यान्वयनमा जानबाट रोक्न संसद्मा समेत पराजित गराउनु अत्यावश्यक छ । गुल्मी, अर्घाखाँची, रोल्पा, रुकुम, पाल्पा, प्युठान, नवलपरासी, रूपन्देही, कपिलवस्तुलगायत जिल्लाका जनता, जनप्रतिनिधि र राजनीतिक दलका नेता–कार्यकर्ताले अहिले उठाएको आवाज र गरिरहेको आन्दोलन राष्ट्रवादको मूर्त अभिव्यक्ति हो, देशभक्तिपूर्ण भावनाको प्रस्फुटन हो र बाह्य षड्यन्त्रका विरुद्धको प्रतिरोध आन्दोलन हो । नेपाली राष्ट्रवाद भनेको बाह्य हस्तक्षेप, दबाब र षड्यन्त्रविरुद्ध आफ्नो देशको मामिलासँग सम्बन्धित सबै निर्णय नेपाली जनता आफैंले गर्न पाउने, आफ्नो देशको सम्पन्नता, सबलता र सफलताका लागि आफैं क्रियाशील हुने र आफ्नो स्वाभिमान एवं निर्णय क्षमता आफैंमा कायम राख्दै नेपालको भौगोलिक अखण्डता, सार्वभौमसत्ता, स्वतन्त्रता र स्वाभिमानलाई बलियो बनाउँदै अन्तर्राष्ट्रिय जगतमा नेपालको सम्मान बढाउनु हो । यी कुराहरूलाई व्यवहारमा कार्यान्वयन गर्दै नेपालले अघि बढ्नुपर्नेमा अहिले माओवादी–कांग्रेसको संयुक्त सरकारले नेपालको स्वाभिमान, स्वतन्त्रता र भौगोलिक अखण्डतामा नै आँच पुग्ने गतिविधि गर्न थालेको छ । त्यसैले, पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेतृत्व गरेको माओवादी–कांग्रेस गठबन्धन सरकारका जनताविरोधी र नेपालको सम्प्रभुसत्तालाई कमजोर पार्ने कामहरूविरुद्ध जुध्दै जनतालाई संगठित र परिचालित गर्नु देशभक्तिपूर्ण अभियान हो, आजको राष्ट्रवाद हो ।
यसरी बाह्य शक्ति र देशभित्रका विखण्डनवादीहरूविरुद्ध उभिँदा अहिले नेकपा (एमाले) माथि माओवादी र कांग्रेसी खेमाबाट ‘अन्धराष्ट्रवादी’ भएको जुन आरोप लगाइँदै छ, त्यो आफ्नो देशहितविरोधी कुरूप नीतिलाई ढोकछोप गरेर जनताको ध्यान अन्तै मोड्न खोज्ने चालबाजी मात्र हो ।
२. के हो अन्धराष्ट्रवाद ?
अरू देश, राष्ट्र वा आफूबाहेकका अन्य राष्ट्रियताका मानिसहरूलाई होच्याएर आफ्नो देश मात्र महान्, आफ्नो राष्ट्र मात्र महŒवपूर्ण र आफ्नोजस्तै राष्ट्रियताका मानिसहरू मात्र श्रेष्ठ, सुसंस्कृत र प्रतिभाशाली ठान्ने चिन्तन अन्धराष्ट्रवाद हो । साथै, अरूको स्वाभिमान र स्वतन्त्रतालाई सम्मान नगर्ने, अरूको संस्कृति र जीवनशैलीलाई हेय ठान्ने, अरूको सार्वभौमसत्ता र भौगोलिक अखण्डतालाई पेल्न–ठेल्न खोज्ने, साना र कमजोर देशहरूको हितलाई बेवास्ता गर्दै आफ्ना इच्छाहरू थोपर्न खोज्ने प्रवृत्ति अन्धराष्ट्रवाद हो ।
हिटलर र उनको नाजी पार्टी अनि दोस्रो विश्वयुद्धताको जापानी नेतृत्व यस्तै विचारले ग्रस्त थिए । जर्मनहरूलाई अरूभन्दा श्रेष्ठ ठान्ने अन्धराष्ट्रवादी राष्ट्रियताले हिटलरलाई यहुदीलगायत अन्य राष्ट्रियताका मानिसहरूलाई ग्याँस च्याम्बरमा हालेर मार्ने अमानवीय नीतिमा पु¥यायो भने जापानले लाखौं चिनियाँ र कोरियालीलाई मा¥यो । वर्तमान समयमा विश्वमा अमेरिकी राष्ट्रवाद बेलाबेला अन्धराष्ट्रवादका रूपमा देखा पर्छ र त्यो प्रभुत्व विस्तारका लागि साम्राज्यवादको रूपसमेत लिन पुग्छ । दक्षिण एसियामा हामी बलिया छौं, श्रेष्ठ छौं, अरूभन्दा ठूला छौं र अघि बढ्दै छौं भन्ने घमण्ड भारतीय सत्ताधारीहरूमा देखा पर्ने गरेको छ । यो घमण्ड अन्धराष्ट्रवादको रूपबाट अघि बढ्दै प्रभुत्ववाद र विस्तारवादका रूपमा झाँगिन खोजिरहेको छ । भारतीय सत्ताधारीहरूको यस्तै अन्धराष्ट्रवादी चिन्तन र आन्तरिक द्वन्द्वको सिकार बन्दा सिक्किमले आफ्नो स्वतन्त्रता गुमाएर भारतमा गाभिन बाध्य हुनुप¥यो भने भुटानले आफ्नो परराष्ट्र नीति र सुरक्षा भारतीय हितअनुसार चलाउन बाध्य हुनुपरेको छ । इन्दिरा गान्धीको पालादेखि नै भारत छिमेकी देशलाई हडप्न खोज्ने यही नीतिअनुरूप अघि बढिरहेको छ र नेपाललाई निरन्तर दुःख दिइरहेको छ । नेपालको तराईलाई टुक्र्याएर सके आफ्नो भूमिमा मिलाउने, नसके आफ्नो इच्छानुसार चलाउने र क्रमशः नेपालको स्वतन्त्रता र भौगोलिक अखण्डतालाई समाप्त पार्ने रणनीतिमा भारत लागेको देखिँदै छ । त्यही रणनीतिअन्तर्गत आफ्नो इसारामा चल्ने केही मधेसी र थारू नेताहरूलाई उचालेर एकातिर ‘मधेस प्रदेश’ र अर्कोतिर ‘थरुहट प्रदेश’ बनाएर सिङ्गो तराईमा विभाजन र हस्तक्षेपको खेल खेल्ने दाउमा भारत छ । प्रधानमन्त्री पदको लोभमा परेर शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यही भारतीय दाउपेचलाई मद्दत पु¥याउने काम गरिरहेका छन् ।
आफ्नो आत्मसमर्पणवादी, पदलोलुप, राष्ट्रियताको पक्षमा अडान लिन नसक्ने कमजोर र स्वाभिमानहीन चरित्रलाई छोप्न प्रचण्ड र देउवा मण्डलीले नेकपा (एमाले) लाई ‘अन्धराष्ट्रवादी’ को आरोप लगाएर आफूलाई भारतीय अनुचरका रूपमा परिणत गर्दै छ । नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) ले स्वाभिमान र राष्ट्रिय हितविपरीत भारतीय प्रभुत्ववादसँग सम्झौता गर्दै र उसका स्वार्थहरूको संरक्षण गरेर आफ्नो शासनको आयु लम्ब्याउने नीति र व्यवहार अघि बढाइरहेको छ, जुन आम नेपाली जनता र नेपालको हितविरुद्ध छ । प्रचण्ड–देउवा गठबन्धनको सरकारलाई टिकाएर क्रमशः भारतीय रणनीतिलाई पूरा गर्दै जाने र नेपालको स्वतन्त्रता एवम् सार्वभौमसत्तालाई निरन्तर कमजोर पार्दै लाने भारतीय दाउपेचको मोहराका रूपमा यतिबेला प्रचण्ड–देउवा मण्डली प्रयोग भइरहेको छ । त्यसैले, नेकपा (एमाले) लगायत अन्य साना केही दल र नेपाली जनताले लिएको राष्ट्रहित पक्षको अडानलाई यस्ता तŒवहरूले ‘अन्धराष्ट्रवाद’ का रूपमा चर्चा र लाञ्छित गर्नु अस्वाभाविक छैन ।
नेपालभन्दा भुटान सानो छ, तर नेपालले कहिल्यै पनि भुटानको स्वतन्त्रता र सार्वभौमसत्ताको अपमान गरेको छैन । लाखौं भुटानीहरू नेपालीभाषी भएकै कारण त्यहाँबाट खेदिएर भारतको बाटो हुँदै नेपाल आए । त्यो शरणार्थी समस्या समाधान गर्न भारतले कहिल्यै मद्दत गरेन र भारतकै आडमा भुटानले चासै दिएन । भारतीय इसारामा चलिरहेको भुटानको विदेश नीतिमा दायाँ–बायाँ गर्न भुटानलाई भारतले दिएको छैन । भुटानका प्रधानमन्त्रीले चीनबाट केही बस ल्याउने निर्णय गरे भनेर उनले चुनाव गर्ने बेलामा भुटानमा नाकाबन्दी लगाएर उनलाई चुनावमा हराउन भूमिका खेल्यो । श्रीलंकामा तमिलहरू उचालेर आन्दोलन गरायो, तमिल टाइगरहरूलाई भारतमा प्रशिक्षण दिएर श्रीलंकामा गृहयुद्ध मच्चायो र पाकिस्तानको बलुचिस्तानमा घूसपैठ गराएर त्यहाँ अशान्ति उत्पन्न गर्न खोजिरहेको छ । यसरी भारतको अन्धराष्ट्रवाद क्रमशः विस्तारवादको रूप लिँदै दक्षिण एसियालाई आफ्नो इच्छानुसार चलाउने हैकमवादी नीतिमा अघि बढिरहेको छ । भारतीय हैकम र दबाबलाई अस्वीकार गरेकै कारण केपी ओलीले नेतृत्व गरेको सरकार गिरेको घामजत्तिकै छर्लङ्ग छ । भारतीय अग्रसरत र शेरबहादुर देउवा र विमलेन्द्र निधिहरूको संलग्नतामा प्रचण्डलाई प्रधानमन्त्री पदको प्रलोभन दिएर राष्ट्रवादी सरकार गिराउनुको कारण अहिले आम जनताले बुझ्दै गएका छन् । देउवा–प्रचण्डले लिएको लम्पसारवाद र आत्मसमर्पणवादले भारतसामु लाचार बन्न पुगेको माओवादी–कांग्रेस मण्डली यतिबेला आफ्ना लाचार अभिव्यक्ति र गतिविधिका कारण आफ्नै पार्टीभित्र समेत आलोचित बन्न पुगेको छ । देशवासी र नेकपा (एमाले) ले लिएको राष्ट्रहित पक्षका अडानहरूलाई यही कारण प्रचण्ड–देउवाले ‘अन्धराष्ट्रवादी’ देख्न थालेका हुन् ।
नेपाल कहिल्यै अन्धराष्ट्रवादी हुन सक्दैन । नेपालले जस्तो भूराजनीतिक अवस्थिति र जस्ता राजनीतिक परिस्थितिहरू विगतमा सामना गर्नुपरेको थियो र अहिले पनि गर्नुपरिरहेछ, त्यसप्रति अत्यन्त गम्भीर, चनाखो र संवेदनशील भएर आफ्नो भौगोलिक अखण्डता, आत्मनिर्णयको अधिकार, स्वतन्त्रता एवम् स्वाभिमान जोगाउन निरन्तर सक्रिय हुनुपर्ने बाध्यता हाम्रा सामु छ । यस्तो परिस्थिति र दुईतिर भौगोलिक र सामरिक रूपले दुई ठूला देशहरू रहेको र ऐतिहासिक कालदेखि नै दक्षिणको छिमेकीको चेपुवामा पर्दै आइरहेको नेपालले ‘अन्धराष्ट्रवादी’ होइन, प्रखर राष्ट्रवादी भने बन्नैपर्ने अवस्था छ । यो बाध्यात्मक अवस्थालाई नबुझेर आफ्नो राष्ट्रिय हित र भौगोलिक अखण्डताप्रति संवेदनशील, गम्भीर र प्रतिबद्ध हुन नसक्ने राजनीतिक नेतृत्व र सरकारले मुलुकको हित, स्वाभिमान र स्वतन्त्रतालाई जोगाउन सक्दैन । त्यसैले, नवलपरासीदेखि रूपन्देही हुँदै बर्दियासम्म तराईमा अर्को प्रदेश बनाउन अगाडि सारिएको संशोधन प्रस्तावलाई पारित हुनबाट रोक्नुपर्छ ।
३. वामपन्थ, राष्ट्रवाद र नेकपा (एमाले)
वामपन्थले राष्ट्रवादलाई त्याज्य ठान्दैन, अँगाल्छ । यसले अन्धराष्ट्रवादलाई मात्र आलोचना र अस्वीकार गर्छ । वामपन्थले राष्ट्रवाद मात्र होइन, अन्तर्राष्ट्रवादलाई पनि स्वीकार गर्छ । नेपालका वामपन्थीहरू खास गरेर नेकपा (एमाले) राष्ट्रवाद मात्र होइन, अन्तर्राष्ट्रवादमा पनि विश्वास गर्ने र ‘मानिसको अन्तर्राष्ट्रिय जाति हुनेछ’ भनेर गीत गाउने राजनीतिक दल हो ।
हामी भारत मात्र होइन, अमेरिका, युरोप वा चीन कसैको पनि दबाब र प्रभावमा पर्न चाहँदैनौं र नेपालले आफ्नो निर्णय कसैको पनि दबाब र प्रभावविना आफैंले गर्नुपर्छ भन्ने मान्यता राख्छौं । संसारभरका ठूला साना सबै स्वतन्त्र देशहरू समान छन् र ती देशहरूले ठूला देशहरूको दबाबविना स्वतन्त्रतापूर्वक आफ्नो बाटो आफैंले रोज्न र आफ्नो भविष्य आफैंले खोज्न पाउनुपर्छ भन्ने अडान नेकपा (एमाले) राख्छ । शोषण, दमन, अत्याचार र बाह्य हस्तक्षेपबाट मुक्त हुने अधिकार प्रत्येक मानिस र राष्ट्रलाई हुन्छ । शोषण–दमनबाट मुक्त हुने मानवीय चाहना संसारभर छ र नेकपा (एमाले) त्यस्तो चाहनालाई समर्थन गर्छ, साथ दिन्छ । साना राष्ट्रहरूलाई ठूला देशहरूले हस्तक्षेप र थिचोमिचो गरेर आफ्नो कुरा बलजफ्ती मनाउन खोज्छन्, त्यस्तो दबाबलाई अस्वीकार गर्दा देशभित्रैका देशद्रोही र विखण्डनवादीहरूलाई उचालेर द्वन्द्व मच्चाउँछन्, गृहयुद्धसमेत गराउँछन् । नेकपा (एमाले) यस्तो प्रवृत्तिका विरुद्धमा उभिँदै आएको छ । अरू देशमा त बाह्य हस्तक्षेप हुँदा विरोधको आवाज उठाउने नेकपा (एमाले) ले आफ्नै देशभित्र भारतको हस्तक्षेप हुँदा चुप लागेर बस्दैन, बस्नुहुँदैन र बसेको छैन । त्यसैले, नेकपा (एमाले) वैचारिक रूपमा राष्ट्रवादी र अन्तर्राष्ट्रवादी दुवै हो ।
कमरेड पुष्पलालले स्थापना कालदेखि लिएको यो वैज्ञानिक र देशभक्तिपूर्ण नीतिविरुद्ध भारतीय सत्ताधारीहरूसँग साँठगाँठ गरेर आफूहरू दिल्लीमा बसी सोझासोझा कार्यकर्तालाई नेपालमा सशस्त्र संघर्ष चर्काउन लगाएर त्यो संघर्षलाई शान्तिमा परिणत गर्ने नाममा र आफूहरू सत्तामा जान भारतीय हस्तक्षेप निम्त्याउने काम माओवादीका नेताहरूले विगतमा गरे र अहिले पनि गर्दै छन् । नेपालको वामपन्थी आन्दोलन पुष्पलालले कम्युनिस्ट पार्टी स्थापना गरेदेखि मूलतः देशभक्तिपूर्ण नीतिमा छ । तर, आफूलाई ‘शुद्ध कम्युनिस्ट र क्रान्तिकारी’ ठान्ने माओवादी, त्यसमा पनि विशेष गरेर प्रचण्ड मण्डलीले वामपन्थीहरूको त्यो राष्ट्रवादी निरन्तरतामा विचलन ल्याएको छ । त्यही सैद्धान्तिक र वैचारिक विचलनको उदाहरण हो, नेकपा (एमाले) नेतृत्वको वामपन्थी–राष्ट्रवादी सरकार ढालेर भारतीय योजनामा प्रधानमन्त्री पाउन कांग्रेस र अन्य दक्षिणपन्थी दलहरूको गठबन्धन सरकार बनाउनु हो, जुन सरकारले लिएका जनविरोधी नीति र व्यवहारका कारण अहिले निरन्तर जनआक्रोश बढिरहेको छ ।
स्थापनाकालदेखि नै नेपालको वामपन्थी आन्दोलनको मूलधारले जहिले पनि भारतीय हस्तक्षेप, थिचोमिचो र दबाबको निरन्तर विरोध र प्रतिरोध गर्दै आएको छ, जुन अहिले पनि गरिरहेको छ । कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा रहेको वर्तमान विश्व परिस्थितिमा पनि नेपालमा वामपन्थीहरू लोकप्रिय शक्तिका रूपमा कायमै रहनुको मूल कारण उनीहरूको राष्ट्रवादी अडान र देशभक्ति नै हो । तर, माओवादी नेतृत्व त्यसमा पनि विशेष गरेर प्रचण्ड–बाबुरामहरूका कारण यसमा दाग लाग्ने काम भइरहेको छ ।
अहिले त झन् प्रचण्डको समर्पणवादी नीतिमा कांग्रेस सभापति शेरबहादुर देउवाको सत्तालोलुपता र पदका लागि भारतलाई जे पनि सुम्पने घोर आत्मसमर्पणवादी विचार–प्रवृत्तिसमेत मिसिएको छ । त्यसैले, देशभक्त जनता र राजनीतिक दलहरू अझ सचेत हुनुपर्ने आवश्यकता छ ।
संकट र आन्दोलनका क्रममा नै जनतालाई राजनीतिक रूपले सचेत, संगठित र सक्रिय बनाउने काम अझ प्रभावकारी हुन सक्छ । माओवादी र कांग्रेसले लिएका नीतिहरू किन बेठीक छन् र नेपालको स्वाधीनता र राष्ट्रवाद बलियो बनाउन के गर्नुपर्छ भन्ने जस्ता विषयमा यतिबेला व्यापक रूपमा छलफल हुनु जरुरी छ । संगठित, सचेत र आवश्यकता पर्दा प्रतिरोधमा उत्रन तयार हुने जनता र राजनीतिक दलहरूले मात्र मुलुकको स्वाधीनता रक्षा गर्न सक्छन् ।
– ‘नवयुग’बाट
सम्बन्धित समाचार
-
पूर्वमन्त्री दीपक खड्का थुनामुक्त — सर्वोच्चको आदेश
-
हेटौँडा कपडा उद्योग फेरि खुल्ने तयारी, प्रहरी पोसाक अब देशमै बन्ने?
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
-
अर्थ मन्त्रालयले तयार पार्यो १०० दिनको कार्ययोजना
-
‘नेपाल फर्स्ट’ परराष्ट्र नीतिको खाँचो
-
अडानबाट पछि हटे हर्क साम्पाङ
-
मुख्यमन्त्रीको प्रत्यक्ष निर्वाचन
-
राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply