तराईका १२ जिल्लामा एमाले नै पहिलो शक्ति
काठमाडौं । स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा तराईका १२ जिल्लाका १ सय ३० तहमा भएको निर्वाचनमा नेकपा (एमाले) ले ५८ स्थानमा जितेर वर्चस्व स्थापित गरेको छ ।
त्यस्तै दोस्रो स्थानमा कांग्रेसले ४३ सिट जितेर एमालेलाई पछ्याएको छ । यी दुई ठूला दलले मात्रै दुई तिहाइभन्दा बढी अर्थात १ सय १ तहमा प्रमुख पद जितेका हुन् ।
त्यस्तै, माओवादी केन्द्रले १२ वटा जितेर तेस्रो, संघीय फोरम र नयाँ शक्तिको गठबन्धनले आठ जितेर चौथो, फोरम लोकतान्त्रिक नेपालले ६ स्थान जितेर पाचौं स्थानमा तराईमा उभ्याएका छन् । राप्रपाले ४ स्थान जितेर छैटौं र राजपाले स्वतन्त्र उम्मेदवारका रूपमा तीन स्थान जितेर सातौं शक्तिका रूपमा तराईमा स्थान सुरक्षित गरेका छन् । नतिजा हेर्दा दुई ठूला दलसँगको प्रतिस्पर्धामा तराई केन्द्रित दलहरू संघीय समाजवादी फोरम, फोरम लोकतान्त्रिक र राजपा कमजोर देखिएका छन् । यी तिनै दलले १ सय २४ मध्ये १७ तहको मात्रै प्रमुख पद जितेका छन् ।
दुई ठूला पार्टीको सिटभन्दा एमालेको धेरै
तराईका १२ जिल्लाको नतिजाअनुसार कांग्रेस र माओवादी केन्द्रले स्थानीय तहको प्रमुख जितेको सिट जोड्दा ५५ हुन्छ । तर एमाले एक्लैले ५८ स्थानमा प्रमुख पद जितेकाले दुई ठूला पार्टीको भन्दा एमालेको सिट बढी देखिएको छ ।
प्रदेश नम्बर १ मा एमाले–कांग्रेसबीच प्रतिस्पर्धा
प्रदेश नम्बर १ का तराईका चार जिल्लामा एमालेले १९, कांग्रेसले १८ प्रमुख पद जितेकाले कडा प्रतिस्पर्धा देखिएको छ । माओवादी केन्द्रको भने दुई स्थानमा प्रमुख जितेर कमजोर उपस्थिति देखिएको छ । झापाका १५ तहमध्ये एमालेले सात, कांग्रेसले पाँच र राप्रपाले तीन स्थानीय तह जितेका छन् । मोरङका १७ तहमध्ये कांग्रेसले नौ, एमालेले पाँच, माओवादी केन्द्रले एक, नयाँ शक्ति र संघीय फोरम गठबन्धनले एक तथा फोरम लोकतान्त्रिकले एक स्थानीय तहको प्रमुख जितेका छन् । सुनसरीका १२ स्थानीय तहमध्ये कांग्रेसले ६, एमालेले तीन, नयाँ शक्ति–संघीय फोरमले एक र फोरम लोकतान्त्रिक नेपालले दुई तहको प्रमुख पद जितेका छन् । उदयपुरका सात स्थानीय तहमध्ये एमालेले ६ तथा कांग्रेसले एक स्थानीय तह जितेको छ भने माओवादी केन्द्रले प्रमुख पद जित्न सकेन ।
प्रदेश नम्बर ५ का ६ जिल्लामा एमाले बलियो
प्रदेश नम्बर ५ का तराईका ६ जिल्लामा एमाले कांग्रेसको तुलनामा झन्डै दोब्बर तहमा प्रमुख पद जितेको छ । जसमध्ये एमालेले २२ र कांग्रेसले १२ प्रमुख जितेको छ भने माओवादी केन्द्रले ६ तहको प्रमुख पद जितेको छ । दाङका १० स्थानीय तहमध्ये एमालेले ६, कांग्रेसले तीन र माओवादी केन्द्रले एक स्थानीय तहको प्रमुख पद जितेका छन् । त्यस्तै रूपन्देहीका १६ तहमा एमालेले सात, कांग्रेसले दुई, माओवादी केन्द्रले एक तथा नयाँ शक्ति–संघीय फोरमले चार र फोरम लोकतान्त्रिकले एक तह तथा राजपाबाट स्वतन्त्र उम्मेदवारले एक तहको प्रमुख पद जितेका छन् ।
त्यस्तै नवलपरासीका सात तहमा कांग्रेसले तीन, एमालेले दुई, माओवादी केन्द्रले एक तथा फोरम लोकतान्त्रिकले एक तह जितेका छन् । बाँकेका आठ स्थानीय तहमध्ये एमालेले चार, कांग्रेसले दुई, राप्रपाले एक तथा संघीय समाजवादी फोरमले एक तह जितेका छन् । बर्दियाका आठ तहमध्ये एमालेले तीन, कांग्रेसले दुई तथा माओवादी केन्द्रले तीन तह जितेका छन् ।
प्रदेश नम्बर ७ मा पनि एमाले पहिलो
प्रदेश नम्बर ७ का कैलाली र कञ्चनपुरमा एमाले एक्लैले ११ तहका प्रमुख जितेको छ भने कांग्रेस र माओवादी केन्द्रले बराबर दुई÷दुई तहका प्रमुख जितेको छ । कैलालीका १३ मध्ये एमालेले सात, कांग्रेसले तीन तथा माओवादी केन्द्रले दुई र फोरम लोकतान्त्रिकले एक प्रमुख जितेका छन् । त्यस्तै, कञ्चनपुरको नौ तहमध्ये एमालेले पाँच, कांग्रेसले दुई, माओवादीले दुई प्रमुख पद जितेका छन् ।
सम्बन्धित समाचार
-
हाई-प्रोफाइल चोरी: चोरीका गहना किनेर गलाउने न्यूरोडका व्यवसायी पक्राउ
-
बुटवलमा फुटपाथ अतिक्रमण हटाउने अभियान सुरु, डोजर चल्यो
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
-
दिल्लीमा देउवाको दौडधुप
-
भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्न टिकट, ग्राउण्ड ह्याण्डलिङदेखि इन्धनसम्म छुट
-
नेपालबाट भारतले थप २५१ मेगावाट बिजुली किन्ने
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
तटीय क्षेत्रका नागरिकको दुःख : नदी तर्न डुंगाकै भर, बाढी आएर लैजाने डर
-
फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
-
काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
Leave a Reply